×

Nic Asia
Dabur
Prabhu Bank

गहुँ आयात प्रतिबन्धले मैदाको चरम अभाव, ३८ उद्योग संकटमा

काठमाडाैं | माघ १२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेपालमा गहुँ आयात हुन नसक्दा बजारमा मैदाको चरम अभाव हुन थालेको छ ।

yONNEX
IME BANK INNEWS

भारत सरकारले ३० वैशाख २०७९ मा गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा मैदा/आँटाको चरम अभाव देखिएको नेपाल मैदा उद्योग संघले जानकारी दिएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

संघका अनुसार मैदा/आँटा कच्चा पदार्थको रूपमा प्रयोग हुने बिस्कुट, चाउचाउ, बेकरी, तन्दुुरी/नान, भोजनालय, रेष्टुरेण्टलगायत ठूला–साना सबै होटललाई समस्या भएको छ ।

मागअनुसार मैदा/आँटा मैदा उद्योगले उपलब्ध गराउन नसक्दा बजारमा चरम अभावको अवस्था सिर्जना भएको संघको भनाइ छ । मैदाको सहज आपूर्ति हुन नसक्दा  मैदा व्यवसायी चिन्तित भइरहेका पनि संघले जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ ।


Advertisment
Lokantar App
Saurya island

आम उपभोक्ताको दैनिक खाद्यान्नका रूपमा चामलको सट्टा स्वस्थलाई ध्यानमा राखी रोटी खाने बानीको विकास भएकाले आम उपभोक्तालाई गहुँ आयातमा लागको प्रतिबन्धनले प्रत्यक्ष प्रभाव पारेको छ । 

भारत सरकारको प्रतिबन्धपश्चात् मैदा उद्योगले बजारबाट महँगो मूल्यमा गहुँ खरिद गरिरहेको र हुँदा मैदा/आँटाको मूल्य बढिरहेकाले उपभोक्तालगायत सबै क्षेत्रलाई प्रभाव परिरहेको छ ।

Vianet communication

गहुँ आयात नहुँदा र यसले नित्याएको समस्याबारे संघले सरकारलाई समेत जानकारी गराइसकेको छ । 

अहिले पछिल्लो समयमा बजारमा गहुँ नै छैन, जसको कारण देशभरिका ८० प्रतिशत मैदा उद्योग नै बन्द हुने अवस्थामा पुगेका छन् भने बाँकी उद्योगहरू पनि एक हप्तामा पूर्ण बन्द हुने अवस्थामा पुगेका छन् । मैदा उद्योगले बजारमा मैदा/आँटा दिन सक्ने अवस्था नै छैन । योे विषम परिस्थितिबाट केही हदसम्म राहत पाउन तोकिएको कोटा तुरुन्त पाउनुपर्ने संघको भनाइ छ । 

मैदा उद्योग कृषिमा आधारित उद्योगमध्ये नेपालमा आत्मनिर्भर भइसकेको उद्योग हो ।

गहुँको अभावमा मैदा/आँटाको अभाव सिर्जना भएकोले नेपाल सरकारसँग संघले अनुरोध गरेको छ ।

भारत सरकारसँग कुरा गरी चाँडो भन्दा चाँडो थप गहुँ उपलब्ध गराइदिन अनुरोध छ । अहिले प्राप्त पचास हजार मेट्रिक टन गहुँ सबै मैदा मिलले मिलिङ गर्न पाउँदा पनि हाराहारी २० दिनलाई पुग्छ, त्यसपश्चात् फेरि हाहाकार मच्चिन सक्छ । नेपालमा गहुँको सिजन आउन अझ ३ महिना बाँकी छ । 

नेपाल मैदा उद्योग संघले भारत सरकारले दिएको ५० हजार मेट्रिक टन गहुँ तुरुन्त मगाउन पनि सरकारलाई आग्रह गरेको छ ।

बाँकी ३ महिनाका लागि ३८ वटा उद्योगका लागि लगभग २ लाख मेट्रिक टन गहुँ आवश्यक पर्छ । गहुँ उपलब्ध भएमा यहाँका उद्योग चल्ने र सबै क्षेत्रलाई फाइदा पुग्ने हुँदा मैदा आयातको सट्टा गहुँ आयात गर्न तुरुन्त प्रक्रिया अगाडि बढाइदिन समेत नेपाल सरकारसमक्ष संघको तर्फबाट अनुरोध गरिएको नेपाल मैदा उद्योग संघका महासचिव राधेश्याम अग्रवालले बताए ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत १३, २०७९

पुष्प व्यवसायको विकास, विस्तार र प्रवर्द्धनका लागि भन्दै फ्लोरिकल्चर एशोसियशन नेपालले यही चैत १७ देखि २० गतेसम्म काठमाडौँमा ‘२४औँ फ्लोरा एक्स्पो’ आयोजना गर्ने भएको छ । एशोसियशनले आज पत्रकार सम्मेलन गर्द...

चैत १४, २०७९

नेपाल राष्ट्र बैंकले मंगलवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ । अमेरिकी डलर १ को खरिद दर १३१ रु...

चैत १२, २०७९

चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा सरकारले रु एक खर्ब ३८ अर्ब ५६ करोड १० लाख बराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ । अर्थ मन्त्रालयका अनुसार आठ महिनामा नेपालले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय...

चैत १४, २०७९

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी अन्जन श्रेष्ठले बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदरमा २० प्रतिशतभन्दा धेरै नाफा खाएका बताएका छन्। लुम्बिनी प्रदेशको कपिलव...

चैत १२, २०७९

प्रदेश र स्थानीय तहले चालु आर्थिक वर्ष २०७९/०८० का लागि केन्द्र सरकारबाट पाएको बजेटको तुलनामा उनीहरूले आगामी आवमा पाउने बजेट घट्ने देखिएको छ ।  केही सङ्घीय मन्त्रालयले पनि चालु आवको तुलनामा आगामी वर्ष...

चैत १३, २०७९

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको लापरबाही र गैरजिम्मेवारीको कारण काठमाडौं–मलेसियाको नियमित उडान रोकिएको छ । निगमले समयमा नै मलेसियाको नागरिक उड्डयन प्राधिकरणबाट फरेन एयर अपरेटर ...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x