×

Nic Asia
Dabur
Prabhu Bank

सफलता

सधैं अब्बल रञ्जना : कृषि विकास बैंकको लेखापालदेखि राष्ट्र बैंकको निर्देशकसम्म

बुटवल | माघ १४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

सेवाग्राहीप्रति उत्तरदायी र पेशाप्रति बफादार रञ्जना पण्डित संयोगवश बैंकिङ क्षेत्रमा प्रवेश गरेकी छन् । बुवा कृष्णप्रसाद पौडेल छोरी रञ्जनाले निजामती सेवातर्फ पाइला चालेको चाहन्थे ।

yONNEX
IME BANK INNEWS

नेपाल राष्ट्र बैंकको प्रदेश स्तरीय कार्यालय सिद्धार्थनगर रूपन्देहीको निर्देशक पदमा कार्यरत पण्डित विक्रम संवत् २०५१ सालमा पहिलोपटक कृषि विकास बैंकको लेखापालबाट सरकारी बैंकिङ सेवामा प्रवेश गरेकी हुन् । २८ वर्षे बैंकिङ यात्रा र २६ वर्ष नेपाल राष्ट्र बैंकमा काम गरेकी उनी अहिले निर्देशक (सहसचिव सरह) को उपल्लो पदमा छिन् । यहाँसम्म पुग्न प्रतिस्पर्धा गर्दा रञ्जना सधैं अब्बल ठहरिँदै आइन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

निर्देशक पदमा अहिले नेपाल राष्ट्र बैंकमा देशभर जम्मा ८ जना महिला मात्र कार्यरत छन् । सिद्धार्थनगर शाखाले लुम्बिनी प्रदेशका ८ जिल्ला हेर्ने गर्छ भने बाँकेको नेपालगञ्ज शाखाले ४ जिल्लामा हेर्छ तर प्रदेशका १२ वटै जिल्लामा रहेका बैंकका रिपोर्ट र ‘डाटा कलेक्सन’ र ‘मोनिटरिङ’ पण्डित कार्यरत बैंकको सिद्धार्थनगर शाखाबाट हुन्छ ।

१ वर्ष अगाडि नेपाल राष्ट्र बैंक वित्त व्यवस्थापन विभागबाट सरूवा भएर रूपन्देही आएकी रञ्जनाले बैंकको माथिल्लो तहमा पुगेर महिलाले सक्दैनन् कि भन्ने कुनै समय समाजमा रहेको सोचलाई पूरै परिवर्तन गर्न सफल भएकी छन् । 


Advertisment
Lokantar App
Saurya island

बैंकिङ शाखा हाँक्दा उनी काममा अब्बल ठहरिएकी छन् । एउटा लक्ष्य लिएर जो व्यक्तिले सपना देख्छ, त्यो सफल भएर छाड्ने उनी बताउँछिन् । ‘निरन्तरको लगाव, कठिन परिश्रम सहितको अध्ययन र दृढताका साथ अगाडि बढेमा संसारमा असम्भव भन्ने केही छैन,’ रञ्जना भन्छिन्, ‘महिलाको पदीय मर्यादा र हैसियतलाई संकुचित मानसिकताबाट हेर्नेहरू पनि समाजमा अझै छन् । त्यसैले आइपर्ने जस्तोसुकै जिम्मेवारीलाई पन्छाउने नभई क्षमता देखाउन कुर्चीमा जाँचिने आँट महिलामा हुनुपर्छ/गर्नुपर्छ ।’ 

स्याङ्जाको साविक विचारीचौतारा गाविस हालको आँधीखोला गाउँपालिकामा जन्मिएकी रञ्जनाको परिवारको आर्थिक अवस्था मध्यम थियो तर छोरीले पनि पढ्नुपर्छ भन्ने परिवारमा चेतनाको विकास भएको थियो । 

Vianet communication

५ कक्षासम्म उनले गाउँमै पढिन् । ६ कक्षा पढ्न उनी काठमाडौंको कालिमाटीस्थित जनप्रभात माविमा गइन् । बुवा कृष्णप्रसाद वाणिज्य बैंकको जागिरे भएको हुँदा उनी काठमाडौं पुगेकी हुन् । तत्कालीन प्रवेशिका परीक्षा (एसएलसी) विक्रम संवत् २०४८ सालमा उनले त्यहीँ विद्यालयमा उत्तीर्ण गरिन् । 

पदमा कन्या क्याम्पसमा व्यवस्थापन संकायबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेपछि उनी वाणिज्य बैंकको लेखापालको परीक्षामा सहभागी भइन् । उनले प्रशासन सेवातर्फ अध्ययन गरेकी थिइन् तर पहिलो प्रयासमा वाणिज्य बैंकमा नाम निस्किएपछि उनको लक्ष्य र सपना मोडियो । बैंकिङ सेवासँगै उनले शंकरदेव क्याम्पसमा स्नातक तह पढ्दै नेपाल राष्ट्र बैंकको सहायक पदमा परीक्षा दिइन् । त्यसमा पनि पहिलो प्रयासमै नाम निकाल्न सफल भइन् उनी ।

२०५५ सालमा तनहुँको भानु नगरपालिकाका राजेन्द्र पण्डितसँग उनको विवाह भयो । पण्डितको परिवार अहिले काठमाडौंको टोखामा बस्दै आएको छ । 

राजेन्द्र पनि राष्ट्र बैंकको अधिकृत तहमा कार्यरत छन् । ‘मेरो रूचि पनि बैंकिङ क्षेत्रमा भन्दा निजामती सेवातर्फ जाने थियो,’ रञ्जना भन्छिन्, ‘बुवाले त अझै निजामतीको पनि परराष्ट्र सेवातर्फ जानुपर्छ भन्नुहुन्थ्यो तर रुचि एकातिर, सेवा अर्कोतर्फ जस्तो भयो । शुरूमा परीक्षा दिएको नाम निस्किहाल्यो अनि यतैतिर लागियो ।’

त्यसपछि बैंकको आन्तरिक प्रतिस्पर्धाबाट अधिकृत तृतीय, द्वितीय हुँदै अधिकृत प्रथम (सहसचिव) तहमा पुगिन् उनी । यो स्थानमा पुग्न उनलाई कहिल्यै पछाडि फर्किनुपरेन । 

अधिकृत प्रथमको परीक्षा दिनुअघि उनी अमेरिकामा अन्तर्राष्ट्रिय मुद्रा कोषमा कार्यरत थिइन् । ‘२ वर्ष त्यहाँ काम गरी परीक्षामा सहभागी हुन आउँदा नेपालमा कोभिड महामारी फैलिएको थियो । अमेरिकाबाट चार्टर्ड उडानमार्फत नेपाल आउँदै गरेको जहाजबाट आएर प्रतिस्पर्धा गरेकी थिएँ, उत्तीर्ण भएँ,’ उनले भनिन् । यसबीचमा उनले व्यवस्थापन विषय र अर्थशास्त्रमा स्नातकोत्तर पनि पूरा गरेकी छन् ।

बैंकिङ क्षेत्र अहिले महिलाका लागि आकर्षक क्षेत्रमा परेको छ । ‘बैंकिङ क्षेत्रमा महिलाका लागि चुनौतीभन्दा अवसर धेरै छन् । महिलाले नेतृत्व गरेको कार्यालयमा अझै पनि शंकाको नजरले हेर्ने गरिन्छ । जसले गर्दा यस क्षेत्रमा धेरै महिलाले आफ्नो क्षमता देखाएर सफल हुनुपर्नेछ,’ उनले भनिन्, ‘चुनौती नभएको कुनै पनि सेक्टर नै हुँदैन, महिलालाई घरपरिवार, बालबच्चा र कार्यालयको दोहोरोतेहोरो जिम्मेवारी हुन्छ । सबै काम सकेर कार्यालय पुग्नुपर्छ । अफिसमा पनि उत्तिकै जिम्मेवारी हुन्छ । आएका जिम्मेवारी र चुनौतीलाई बोझिलो नमानी सामना गर्दै समाधान गरे सफलता छिटो मिल्छ ।’

मुलुक हाँक्ने स्थायी संयन्त्र सरकारी कर्मचारीमा महिलाको संख्या वृद्धिसँगै महिलाको कदर पनि हुँदै गएको छ । रञ्जनाका अनुसार महिला शिक्षित भएसँगै वित्तीय र प्रशासनतर्फ पहुँचमा वृद्धि भएको छ । ‘महिलालाई अझै पनि विश्वास गर्दैनन्,’ उनी भन्छिन्, ‘यस्तो भन्नेलाई गरेर देखाउने क्षमता राख्ने रणनीति बनाउनुपर्छ । फिजिकल काममा महिला केही कमजोर होलान् तर अन्य काममा पुरुषभन्दा कम छैनन् ।’

झण्डै ३ दशकको बैंकिङ सेवाको दौरान जोडिएका हरेक पक्षबाट रञ्जनाले राम्रो ‘रेस्पोन्स’ पाएकी छन् । ‘काम गर्दा धेरै समस्या र चुनौतीसँग जुध्नुपर्छ । सरकारी कार्यालयहरू अझै पनि पूर्ण रूपमा लैंगिकमैत्री छैनन् । केही परिवर्तन त भएका छन् । एकैपटक परिवर्तन नभए पनि बिस्तारै हुने क्रम जारी छ,’ उनले भनिन् । सेवासँगै बचत हुने आफ्नो सीमित समयलाई खेर जान नदिई उनले क्षमता विकास, पारिवारिक जिम्मेवारी र पेशाप्रतिको उत्तरदायित्वलाई सँगै हिँडाएकी छन् ।

सरकारी बैंकको सेवा प्रवाहमा ढिलासुस्ती भएको गुनासो सुनिन्छ । प्रक्रिया पूरा गर्ने नाममा सेवाग्राहीले सास्ती व्यहोर्नुपर्ने अवस्था कम हुँदै गएको उनको अनुभव छ । रूपन्देहीमा बस्दा उनले यहाँ ठूलो लगानीयोग्य सम्भावना पनि देखेकी छन् । ‘यहाँ सबै क्षेत्रबाट लगानीयोग्य वातावरण मैले देखें,’ उनी भन्छिन्, ‘बैंकदेखि उद्योगीहरूले लगानी गर्नका लागि रूपन्देही उर्वर जस्तै छ तर कोरोना महामारीपछि आर्थिक चलायमान हुन सकेको छैन ।’

उद्योगीहरूले बैंकबाट लिएको कर्जाको साँवा र व्याज तिर्न नसक्ने भनेर आन्दोलन गर्नु अपराध गरे बराबर रहेको उनको बुझाइ छ । ‘व्यवसायीले अहिले जुन धम्क्याइरहेका छन्, त्यो भन्नु भनेको सिस्टम नै मान्दिनँ भन्नु बराबर हो,’ उनले भनिन् ।

उद्योगी/व्यवसायीले जुन उद्देश्यले बैंकबाट कर्जा लिएका हुन्, त्यो क्षेत्रभन्दा अन्यत्र अनुत्पादक क्षेत्रमा लगानी गर्दा अहिलेको अवस्था सिर्जना भएको उनले बताइन् । ‘अहिलेको अवस्था पार लगाउन धैर्य भएर पार लगाउनुपर्छ । अराजक स्थिति आउन दिनु हुँदैन, सिस्टममा ह्रास आउने अवस्था आए राष्ट्र बैंकले हस्तक्षेप गर्नुपर्छ,’ उनले भनिन् ।

hAMROPATRO BELOW NEWS
JYOTI
Maruti inside
TATA Below
चैत ११, २०७९

पालतो शरीर, आकाशे रंगको निलो सर्ट, कालो जिन्स पाइन्ट अनि खुट्टामा सामान्य चप्पल ।  जाडो सकिएर तराईमा गर्मी उकालो चढ्दै थियो । कपिलवस्तुको पुरातात्विक तिलौराकोट क्षेत्रभित्र उभिएर त्यहाँको महत्त्वबारे जानका...

चैत ८, २०७९

काठबाट निर्माण गरिएका झ्याल, तोरण, टुँडाल र ढोका हेर्दा निकै सुन्दर देखिन्छन् । यी सुन्दर मात्र होइनन्, टिकाउ पनि उत्तिकै हुन्छन् तर काष्ठकला निर्माणमा लाग्ने खर्च र मेहनत भने कम्ता छैन । यसबारे अनुमान लगाउन मुस्किल...

चैत १२, २०७९

अर्घाखाँची–कपिलवस्तुको सीमा नजिकै पर्छ सूर्य ओढार । बाणगङ्गा क्षेत्रको पूर्वपश्चिम राजमार्गबाट उत्तरी क्षेत्रको जंगली एरिया कटेर सूर्य ओढार पुग्न सकिन्छ । विगतमा खासै चर्चामा नआएको यो स्थान पछिल्लो समय  ...

चैत ८, २०७९

काठको ठेकी बनाउने चुँदाराले श्रम अनुसारको ज्याला पाउन सकेका छैनन् । लामो समयदेखि यो पेशा गरे पनि ठेकी कुँदेर जीवनयापन गर्न अप्ठ्यारो पर्ने गरेको उनीहरूको गुनासो छ । विगत वर्षमा धेरैले यो पेशा गर्दै आए पन...

चैत ११, २०७९

आधुनिकताको बढ्दो प्रभावसँगै मौलिक सीप, हस्तकला र काष्ठकलाका सामग्रीको प्रयोग घटेको छ । नयाँ संरचनामा प्रयोग नहुने र पुराना नासिँदै जाँदा मौलिक सीपयुक्त काष्ठकलाका सामग्री लोप हुँदै गएका छन् ।  सीपय...

चैत ८, २०७९

बुटवलका केही सामुदायिक स्कूल पढाइ, साधनस्रोत र विद्यार्थी संख्यामा अब्बल रूपमा दरिएका छन् तर एउटा इतिहास बोकेको फरक विद्यालय विद्यार्थी र स्रोतसाधनको अभावले छट्पटिएको छ । बुटवल उपमहानगरपालिकाको काखैमा रहेको...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x