×

Nic Asia
Dabur
Prabhu Bank

पेस्तोल बेच्ने र खरिद गर्ने दुवै पक्राउ

धनुषा | माघ १४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

धनुषा प्रहरीले पेस्तोल बेच्ने र खरिद गर्ने दुवैलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पेस्तोल खरिद गरेका धनुषा मिथिला नगरपालिका वडा नं ६ बस्ने २८ वर्षीय रोशन महतो र बेच्ने सोही ठाउँ बस्ने २६ वर्षीय शङ्कर महतो रहेको प्रहरीले जनाएको छ ।

yONNEX
IME BANK INNEWS

इलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको संयुक्त टोलीले दुवै जनालाई मिथिला नगरपालिका–२ नक्टाझीस्थित विश्वकर्मा चोकबाट पक्राउ गरेको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

शङ्काको आधारमा रोशनलाई जाँच गर्दा प्रहरीले माउजर पेस्तोल एक थान, पेस्तोलमा लोड गरिएको म्याग्जिन एक थान र म्याग्जिनमा लोड भएको गोली दुई थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बिहीबार राति करिब ८ बजेको समयमा मिथिला नगरपालिका–२ विश्वकर्मा चोकमा एक पुरुष पेस्तोल बोकेर गइरहेको गोप्य सूचनाका आधारमा खटेको प्रहरी टोलीले रोशनलाई शङ्कास्पद अवस्थामा पक्राउ गरेको थियो ।


Advertisment
Lokantar App
Saurya island

पक्राउ परेका रोशनसँग प्रहरीले सोधपुछ गर्दा हतियार सोही ठाउँ बस्ने शङ्कर महतोसँग रू ५० हजार दिई बाँकी २० हजारपछि दिने शर्तमा धनुषाको जटहीस्थित सीमानाकाबाट खरिद गरेर ल्याएको प्रहरीलाई दिएको वयानबाट खुलेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । 

हतियार बिक्री गर्ने शङ्कर महतोलाई तत्कालै पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक खड्काले आज पत्रकार सम्मेलनमार्फत् जनाकारी दिए । रासस

Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ८, २०७९

पछिल्लो समयमा अनलाइन बेटिङ एप्स ‘वान एक्स बेट’बाट करोडौं रुपैयाँको कारोबार हुने गरेको खुलासा भाएको छ । नेपालमा अहिले क्रिकेटलगायतका विभिन्न खेलहरूको आकर्षण बढिरहेको समयमा अनलाइन बेटिङ...

चैत ९, २०७९

बाराको निजगढ नगरपालिका-१३ मा बुधबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  निजगढ साँघुस्थित सडकमा ना२३प ६२७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटना भएको हो। दुर्घट...

चैत ९, २०७९

काठमाडौंको महाराजगञ्ज चक्रपथ चप्पल कारखाना अगाडि बिहीबार दुर्घटना भएको छ।  दिउँसो ३ बजे २ वटा गाडी, २ वटा मोटरसाइकल र एक स्कुटर आपसमा जुधेका हुन्। चक्रपथ रुटमा चल्ने गाडी र भ्यान आपसमा ...

चैत ६, २०७९

प्रभु बैंकको दिक्तेलस्थित शाखाका प्रबन्धक होमराज खतिवडा ग्राहकको पैसा सापटी लिएर एक महिनादेखि सम्पर्कविहीन भएका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ घर भएका प्रभु बैंकका प्रबन्धक खतिव...

चैत ८, २०७९

तिब्बेतियन नागरिकलाई नागरिकता बनाइदिने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।   अपराध अनुसन्धान कार्यालयले काडमाडौँको बबरमहलबाट बुधबार ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा कचनाकवल गाउँप...

चैत ९, २०७९

प्रहरी महानिरीक्षक (आईजीपी)को रेसमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको भर्ना प्रक्रियालाई लिएर लागेको आरोप पुष्टि नहुने देखिएको छ । एआईजी ज्ञवालीको भर्ना प्रक्रियाका विषयमा प्रारम्भिक अ...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x