×

NMB BANK
NIC ASIA

इरानमा दुई दिनमा तीन सडक दुर्घटना, ९ जनाको मृत्यु, २० घाइते

माघ १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

इरानको दक्षिणपूर्वी प्रान्त केरमानमा शनिबार एक इन्टरसिटी सडकमा सवारी सवारीसाधनहरू एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु हुनाका साथै अन्य १३ जना घाइते भएको आईआरआईबी समाचार एजेन्सीले जनाएको छ।
करमान शहरबाट सिरजान शहर जाने सडकमा दुईवटा सेमी-ट्रेलर ट्रक र पाँचवटा सेडान एक आपसमा ठोक्किँदा   ती दुर्घटना भएको आईआरआईबीले देशको आपतकालीन सेवाका प्रवक्ता मोजताबा खालेदीलाई उद्धृत गर्दै जनाएको छ।
उनले दुर्घटनाको कारण सडकको चिसो अवस्था रहेको भन्दै घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको पनि  बताएका छन् ।
शनिबार बिहान पनि उत्तरपूर्वी प्रान्त खोरासान रजावीमा सडकमा तीनवटा सवारीसाधनको ठक्करबाट तीन जनाको मृत्यु हुनाका साथै अन्य चारजना घाइते भएको आईआरआईबीले प्रान्तको रेड क्रिसेन्ट सोसाइटीका प्रमुख मोहसेन जाकेरियनलाई उद्धृत गर्दै  जनाएका छन् ।
एकापसमा ठोक्किएपछि तीनवटा कारमा आगो लागेको र पूरै जलेको उनले  जानकारी दिएका छन्  ।
यसैगरी शुक्रबार राति उत्तरपश्चिमी प्रान्त कुर्दिस्तानमा बस र मिनीबस ठोक्किँदा भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएको  प्रान्तीय रेड क्रिसेन्ट सोसाइटीका प्रमुख पायम जलालीलाई उद्धृत गर्दै आईआरआईबीले बताएको छ ।
आधिकारिक तथ्याङ्कले इरानमा वार्षिक २०  हाजरभन्दा बढी मानिसको सडक दुर्घटनामा मृत्यु हुने र दुईलाख भन्दा बढी घाइते हुने गरेको देखाएको छ ।  दुर्घटनामा सवारी चालकको अनुभवको कमी र सडकको कमजोर मर्मतसम्भार मुख्य कारण हुने अनुसन्धानले देखाउने गरेको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x