×

Nic Asia
Dabur
Prabhu Bank

वित्तीय दायित्वले नयाँ योजना र कार्यक्रम बनाउन अप्ठ्यारो : मन्त्री जुग्जाली

पाेखरा | माघ १५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

गण्डकी प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले पूर्ववर्ती सरकारले सिर्जना गरेको वित्तीय दायित्वका कारण तत्काल नयाँ योजना र कार्यक्रम बनाउन अप्ठ्यारो परेको बताएका छन् ।

yONNEX
IME BANK INNEWS

मन्त्री नियुक्त भएपछि गृहजिल्ला म्याग्दी आएका उनले शनिवार विभिन्न ठाउँमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सिर्जना भइसकेको दायित्व पूरा नगरेसम्म प्रदेश सरकारलाई नयाँ कार्यक्रम र योजना बनाउन अप्ठ्यारो परेको बताए ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

‘३० अर्बको हाराहारीमा पुँजीगत भएको गण्डकीमा यसअघिका सरकारले ठेक्का लगाएका र शुरू गरेका आयोजनामा सिर्जना भएको १३ अर्ब ५० करोडको वित्तीय दायित्वले अप्ठ्यारो पारेको छ,’ उनले भने, ‘शुरू गरेका कार्यक्रम र ठेक्का लागिसकेका योजनालाई पूर्णता दिन प्रदेश सरकारले जोड दिएको छ । सिर्जना भएको वित्तीय दायित्व पूरा भएपछि नयाँ कार्यक्रम र योजना ल्याउने छलफलमा छौं ।’ 

मन्त्री जुग्जालीले गण्डकी प्रदेशको समृद्धिको प्रमुख आधार घोषणा भएको पर्यटनसँग सम्बन्धित मन्त्रालयमा कूल बजेटको ४ प्रतिशत मात्र बजेट भएकाले लगानी बढाउन पहल गर्ने बताए । वन र वातावरणको संरक्षणसँगै उपयोगमार्फत रोजगारी सिर्जना र नागरिकले लाभ लिने किसिमको नीतिगत व्यवस्थामा जोड दिने प्रतिबद्धता जनाए ।


Advertisment
Lokantar App
Saurya island

प्रदेशको औचित्य पुष्टि गराउन प्रभावकारी काम र व्ययभार घटाउन मन्त्रालयको संख्या १२ बाट घटाएर ७ बनाइएको मन्त्री जुग्जालीले बताए । म्याग्दी प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित मन्त्री जुग्जालीलाई नेकपा माओवादी केन्द्रको जिल्ला कमिटी, तातोपानी कुण्ड व्यवस्थापन समिति, म्याग्दी उद्योग वाणिज्य संघ, म्याग्दी उद्योग वाणिज्य, मंगला र मालिका गाउँपालिकाले स्वागत तथा बधाई ज्ञापन गरेका थिए ।

Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत १४, २०७९

सरकार विस्तार गर्न मन्त्रालय भागबन्डा गर्न बसेको सत्तारुढ गठबन्धन शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन सकिएको छ।  प्रधानमन्त्री निवासमा बसेको बैठकले कुनै सहमति गर्न नसकेको हो । अब अर्को बैठक बुधबार बिहा...

चैत १४, २०७९

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले मिटरब्याजबाट पीडित समूहको आन्दोलनप्रति समर्थन गर्दै ऐक्यबद्धता जनाउने निर्णय गरेको छ ।  पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आ...

चैत १४, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाएपछि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले देशको भूगोल घटाएको आरोप लगाएका...

चैत १४, २०७९

सरकार विस्तारको तयारीलाई अन्तिम रूप दिन बालुवाटारमा सत्तारुढ दलको बैठक शुरू भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताको बैठक शुरू भएको हो ।  ...

चैत १४, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भिजन नभएका युवा राजनीतिमा आएर देशमा परिवर्तन नहुने बताएका छन् । टिकटकमा चटके कुरा गरेको भरमा कोही सरकारमा मन्त्री बनेको उनले टिप्पणी गरे ।  पाल्पाको तानसेन ...

चैत १४, २०७९

नेकपा (एमाले) का नेता भीम रावलले पार्टीले बस्न पाइँदैन भनेको अवस्थामा मात्र विकल्प खोज्ने बताएका छन्।  धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रियता, विधि, पद्धतिका विषयमा आवाज उठाउँदा आफूलाई एम...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x