×

NMB BANK
NIC ASIA

घुन्सामा अझै हिउँ परेन

माघ १५, २०७९

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

समुद्र सतहदेखि ३ हजार ५०० मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पेमा शेर्पा गत मंसिर तेस्रो हप्ता गाउँ छाडेर काठमाडौंतिर लागिन् । उनले बसाइसराइ गरेका होइनन् । उनी हिउँ छल्न काठमाडौं गएका हुन् ।

Sagarmatha Cement
Muktinath Bank

उनी विगतदेखि नै हिउँ पर्ने समयमा हिउँ छल्न गाउँ छोडेर सदरमुकाम फुङ्लिङ बजारसम्म पुग्थे तर यस वर्ष भने काठमाडौं नै पुगेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिमपात हुँदा धेरै जाडो हुने भएकाले जोडो छल्न सोही गाउँका उटुक शेर्पा पनि घुन्सा गाउँ छोडेर काठमाडौं पुगेका छन् । पेमा र उटुक २ जनाले मात्र हिउँ छल्न गाउँ छोडेका भने होइनन् ।


Advertisment
Nabil box
Kumari

गाउँका आधा घरपरिवारले हिउँ छल्न गाउँ छोडेर सदरमुकामदेखि काठमाडौंसम्म पुकेका छन् ।

Vianet communication
Laxmi Bank

विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमशिखरको आधार शिविर प्रवेशद्वार हो घुन्सा गाउँ । यहाँको समुदाय प्रत्येक वर्ष हिउँ छल्न गाउँ छोडेर सदरमुकामदेखि काठमाडौँसम्म पुग्ने गरेको घुन्साका स्थानीय टासी तेन्जिङ शेर्पाले बताए । उनका अनुसार घुन्सा गाउँमा ३३ घर परिवार बसोबास गर्दै आएका छन् ।

गत मंसिर शुरू भएसँगै २० घर परिवारले हिउँ छल्न गाउँ छोडेर सदरमुकाम फुङ्लिङ बजार कोही पुगेका छन् भने कोही काठमाडौं पुगेका छन् । अहिले १३ घर परिवार मात्र गाउँमा रहेका छन् । यस गाउँका प्रमुख आम्दानीको स्रोत पर्यटन र पशुपालनमा निर्भर रहेको छ ।

जाडोका कारण विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमशिखर अवलोकन गर्न आउने पर्यटकको आगमन ठप्प छ । केही चौरी याक गोठ हुने मात्र गाउँ रुङ्गालो बसेको स्थानीय पेम्पा शेर्पाले बताए ।

ताप्लेजुङको हिमाली क्षेत्रमा विगतका वर्षमा मंसिरको तेस्रो हप्तादेखि हिमपात शुरू हुन्थ्यो । हिउँले छोपिएर हिमाल सेताम्य हुन्थ्यो तर अहिले हिमाली क्षेत्र हिमपात भएको छैन । विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमशिखर दिनदिनै हिउँ बग्लेर कालो चट्टान जस्तै बन्दै गएको छ ।

मंसिर तेस्रो हप्ता हिउँ छाल्न गाउँ छोडेर काठमाडौं पुगेका पेमा शेर्पाले भने, ‘हिउँ पर्छ भने गाउँ छोडेर काठमाडौं पुगेको २ महिना भयो तर अहिलेसम्म गाउँमा हिउँ परेको छैन । मैले हिजो मात्र गाउँमा फोन गरेको थिए ।’

माघसम्ममा पनि गाउँमा हिमपात नभएमा काठमाडौं छोडेर गाउँ फर्कने योजनामा रहेको शेर्पाले बताए ।

समुद्र सतहदेखि ४ हजार २ मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–७ याङमा गाउँमा हो ताम्मलिङ शेर्पा समयमै हिमपात नभएसँगै अहिले निराशामा छन् । याङमा गाउँ जिल्लाकै उच्च स्थानमा रहेको बस्ती हो । हिमालको फेदीमा पर्दछ । शेर्पा जाडो छल्न सदरमुकाम फुङ्लिङमा आएका हुन् ।
    
अहिले शेर्पाले हिमालहरू काला पत्थर जस्तै भएको हेर्दै दिन बिताए । चिन्तित हुँदै उनले भने, ‘हिउँ पग्लेर हिमाल सुख्खा हुन थाल्यो । हिमाल सुख्खा भयो भने पानीको मुहानहरू सुक्छ । चौरी याकहरूले पानी खान पाउँदैन । जमिन सुक्का हुँदै गए पछि घाँस उम्रिदैन । घाँस नभए पनि चौंरी याकहरू तिर्खा र भोकले मर्ने छन् ।’

याङमा गाउँका समुदायको मुख्य पेशा चौंरी याक पालन हो । उच्च हिमाली स्थान भएकाले अन्न हुँदैन । त्यसैले चौरी याक गोठ नै मुख्य आम्दानीको स्रोत हो । त्यसैले सदरमुकाम बसेर ताम्लिङ शेर्पा हिमालमा हिउँ पग्लेर ढडेलो लागेको जस्तै कालो पत्थर जस्तै हिमाल हुदै गएसँगै चिन्ताले पिरोल्न थालेको हो । 

‘हिमालमा हिउ पग्लिँदै गएको छ । खेतबारीहरू सुख्खा हुँदैछ,’ सिरिजंघा गाउँपालिका–६ मामांखेका लोकेन्द्र लिम्बूले भने, ‘बारीमा जौं गहँु खेती उम्रने बाला लाग्न नपाई सुक्दै गएको छ । केही कसैले त पाइपमा पानी ल्याएर स्प्रीङकल (सिँचाइ गर्ने एक प्रकारको मशिन) खेतबारीमा घुमाउँदै छन् ।’

अहिले लिम्बू अलैंची बगानमा सिँचाइ गर्न व्यस्त छन् । पानी नपर्ने र हुरी बतास मात्र चल्ने भएकाले खरेडीबाट अलैंची बगान जोकाउनका लागि बिहान बेलुका अलैंची बगानमा सिँचाइ गर्न व्यस्त भएको लिम्बूले बताए । – दिलकुमार लिम्बू/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x