चैत १३, २०७९
पूर्वी नवलपरासीको विनयीत्रिवेणि गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा बम फेला परेका नौवटा बमलाई आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरास...
काठमाडाैं | माघ १५, २०७९
नेपाल प्रहरीमा सरुवासम्बन्धी नयाँ कार्यविधि लागु हुने भएको छ।
नयाँ कार्यविधिअनुसार इन्चार्ज जाने प्रहरी अधिकृतले एउटा दर्जामा २ पटक भन्दा धेरै नपाउने व्यवस्था गर्न लागिएको छ ।
प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार पछिल्लो समयमा प्रहरी अधिकृतहरूले राजनीतिक पहुँच पुर्याएर लगातार ‘कमाउ ठाउँ’मा सरुवा माग्ने प्रवृत्ति बढेपछि त्यसलाई निरुत्साहित गर्न कार्यविधि बनाउन लागिएको हो ।
प्रहरीमा यसभन्दा अगाडि पनि सरुवासम्बन्धी कार्यविधिहरू बने पनि प्रहरी अधिकृतहरूले पहुँचका भरमा आफूले चाहेको ठाउँमा सरुवाका लागि दबाब दिन थालेपछि कार्यविधि आउन लागेको हो।
नयाँ कार्यविधिमा तराईका जिल्लामा जिल्लापति भएका इलाकापति भएका प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डीएसपी)ले पहाडी जिल्लामा मात्रै इन्चार्ज पाउने व्यवस्था गर्न लागिएको छ ।
कार्यविधिमा इन्चार्ज पाउने अधिकृतहरूले एउटा दर्जामा २ पटकभन्दा धेरै इन्चार्ज नपाउने भएका हुन् ।
यसअनुसार डीएसपीमा २ पटक इन्चार्ज पाएकाले एसपी नभई तेस्रो इन्चार्ज नपाउने भएका छन् भने एसपीमा २ पटक इन्चार्ज पाएकाले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नभएसम्म नपाउने व्यवस्था कार्यविधिमा गर्न लागिएको छ ।
जिल्लाहरूलाई ‘क’, ‘ख’, ‘ग’ बनाएर त्यसअनुसार सरुवा गर्नेगरी कार्यविधि बनाउन लागिएको छ भने तालिमकेन्द्र गणहरूलाई पनि वर्गीकरण गरेर सरुवा गर्नेगरी कार्यविधि बन्न लागेको छ ।
२ साता अगाडि गृह मन्त्रालयले जिल्ला प्रमुख अधिकारी (सीडीओ)हरूको सरुवासम्बन्धी कार्यविधि बनाएर सरुवा गरेको थियो ।
उपप्रधान तथा गृहमन्त्री भएका बेला रवि लामिछानेले सरुवासम्बन्धी कार्यविधि बनाउन निर्देशन दिएपछि नयाँ कार्यविधि बनाइएको हो ।
पूर्वी नवलपरासीको विनयीत्रिवेणि गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा बम फेला परेका नौवटा बमलाई आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरास...
इलाका प्रहरी कार्यालय पोखरियाले १० केजी लागुऔषध चरेसहित १ जनालाई पक्राउ गरेको छ । पर्साको कालिकामाई गाउँपालिका–१ तिनदुविया गाउँ बस्ने ३८ वर्षीय बृजेश प्रसाद कुर्मीलाई अवैध लागुऔषध चरेस आन्दाज...
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । २०७७ सालदेखि अहिलेसम्म ८१ जनालाई उनीहरूले अमेरिका पठाइदिने बहानामा साढे १३ करोड रुपैयाँ ठगी गरेको&nbs...
बैंकको रकम लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गत फागुन १० गते सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ३ बताहा पुलस्थित कल्याणपुर जाने बाटोमा ग्लोबल आईएमई बैंकका कर्मचारीले बोकेको...
तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानीको ट्यांकीमा शव भेटिएको छ । पृथ्वीराजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्यांकीमा आज बिहान शव भेटिएको हो । घरघरमा वितरण ग...
नेपाली सेना र अमेरिकी सेनाबीच द्विपक्षीय सैन्य छलफल हुने भएको छ । छलफल सोमवारदेखि बुधवारसम्म काठमाडौंमा हुने नेपाली सेनाले जनाएको छ । 'बाइल्याटरल ल्यान्ड फोर्सेस' नामक यस छलफल अघिल्लो वर्ष अमेरिका...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...