×

NMB BANK
NIC ASIA

स्पट फिक्सिङको गम्भीर अपराधलाई बाटो खोलिएको भन्दै क्यान कार्यसम्पादन समितिको राजीनामा माग

माघ १५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल क्रिकेट संघ (क्यान) का सात केन्द्रीय सदस्यहरूले नेपाली टी–२० लिगको दौरानमा स्पट फिक्सिङ जस्तो गम्भीर अपराधका लागि बाटो खोलिदिएको भन्दै कार्यसम्पादन समितिको राजीनामा मागेका छन्।

Sagarmatha Cement
Muktinath Bank

क्यानका केन्द्रीय सदस्यहरू ऋषिराम गौतम, दाउन अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले आइतबार पत्रकार सम्मलेन कार्यसम्पादन समितिमा रहेका अध्यक्ष चतुरबहादुर चन्द, कार्यबाहक सचिव प्रशान्त मल्ल, कोषाध्यक्ष रोशन सिंह र केन्द्रीय सदस्य दुर्गाराज पाठक र पदक खड्कालाई राजीनामा दिन माग गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्द्रीय सदस्य छुम्बी लामाले गैरकानुनी काम गरेको क्यान नेतृत्वले गल्ती भयो भन्दैमा उम्किन नपाउने र सम्झौता गलत भएको दाबी गरे।


Advertisment
Nabil box
Kumari

गलत तरिकाले गरिएको सम्झौताका कारण उदीययमान खेलाडी सीआईबीको हतकडीमा पर्नुमा क्यान नेतृत्व दोषी रहेको लामाले बताए।

Vianet communication
Laxmi Bank

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयमा आयोजना भएको टी–२० लिग प्रतियोगितामा क्यानसँग सम्झौता गरेको रणनीतिक र व्यावसायिक साझेदार कम्पनी सेभेन थ्री स्पोट्र्सकै प्रमुख स्पट फिक्सिङमा संलग्न हुनु दुखद् रहेको भन्दै कार्यसम्पादन समिति दोषी रहेको आरोप लगाएका छन् ।

उनीहरूले लिगको साझेदार कम्पनी नै फिक्सिङमा संलग्न हुनुको मुख्य दोष क्रिकेटको क्यान नेतृत्व भएको र महत्वपूर्ण निर्णय गर्ने क्यानको कार्यसम्पादन समिति नै यसको जिम्मेवार हुनुपर्ने पत्रकार सम्मेलनमा उपस्थित एक सदस्य ऋषिराम गौतमले बताए।

उनीहरूले स्पट फिक्सिङ हुँदा संस्था विरलै प्रत्यक्ष रुपमा संलग्न हुने गरेको तर साझेदार कम्पनी नै फिक्सिङमा संलग्न भएको भन्दै क्यान नेतृत्व र कार्यसम्पादन समिति स्पट फिक्सिङको दोषबाट भाग्न नमिल्ने गौतमले बताए।

नेपाल क्रिकेट संघभित्र अवाञ्छित विधानविपरीत काम गर्ने र नेपाल क्रिकेट संघलाई डुबाउने नेतृत्वलाई बर्खास्ती र कारबाही माग गरेका हुन् ।

सम्झौतामाथि टिप्पणी गर्दै आफूहरूले दुर्घटना हुने भन्दै सचेत गराउँदा पनि कार्यसम्पादन समितिले नेपाल टी–२० लिगको आयोजनाका लागि रणनैतिक र व्यावसायिक साझेदारका रुपमा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग सम्झौता गरेर गल्ती गरेको नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य सञ्जयराज सिंहले बताए।

उनले नेतृत्वलाई बारम्बार सचेत गराउँदा समेत नेतुत्वले अ‍ेटरी गरेको आरोप लगाए।

आगामी दिनमा यस्तो नजिर नबस्न कारबाही हुनुपर्ने सिंहले माग गरे।

पुस ९ गतेबाट २७ गतेसम्म आयोजना भएको प्रतियोगितामा खेलाडीले पारिश्रमिक नपाएको र फिक्सिङका लागि अप्रोच आएको सहभागी खेलाडीले नै बताएका थिए ।

खेलाडीको सो अभिव्यक्तिपछि लिगमा विवाद बाहिरिएको थियो । सो घटनाक्रमपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल लिगमा स्पट फिक्सिङ भएको निस्कर्ष निकालेको थियो ।

प्रारम्भिक अनुसन्धानपछि सीआईबीले पूर्वराष्ट्रिय खेलाडी महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदील अन्सारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

साथै एकेन्द्र कुँवरको संयोजकत्वमा गठित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को छानबिन समितिले क्यान र सेभेन थ्री स्पोर्ट्सबीचको सम्झौता प्रतिवेदनले प्रचलित ऐन, नियमबमोजिम प्रक्रिया पूरा नगरिएकाले तत्काल खारेज गर्न सुझाव दिएको थियो ।

क्यान र सेभेन थ्री स्टारबीच लिग आयोजनाका लागि आठ वर्षको सम्झौता भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x