×

NMB BANK
NIC ASIA

‘टाइगर कप’मा चम्केका रवि केसी

माघ १५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

 भलिबलमा उदाउँदा खेलाडी रवि केसीले टाइगर कपको उपाधि घरेलु टिम गण्डकीलाई दिलाउन योगदान गरे र आफू प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

Muktinath Bank

केसी उनै खेलाडी हुन् जसले गत पुसमा बङ्गलादेशमा भएको ‘बङ्गबन्धु एसियन यु–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा राष्ट्रिय टिमबाट खेलेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोखरामा आयोजित तेस्रो संस्करणको टाइगर कपमा सर्वोत्कृष्ट खेलाडीका रूपमा केसीले रु २५ हजार र ट्रफी हात पारे । राष्ट्रियस्तरको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित हुनुलाई उनले खेल जीवनको उपलब्धिका रूपमा लिएका छन् ।


Advertisment
Nabil box
Kumari

“खुसी छु, मेहनतको फल पाएँ, यसले भलिबलमा अझ राम्रो गर्न प्रेरित गरेको छ”, २२ वर्षीय रविले भने, “दर्शकबाट पाएको माया र हौसलाले पनि उत्साहित छु ।”

Vianet communication
Laxmi Bank

गण्डकीका टिम प्रशिक्षक रमेश केसीले प्रतियोगिताभर रविले उत्कृष्ट खेल प्रदर्शन गरेको बताए । उमेरले जुनियर खेलाडी भए पनि उचाइ र जम्पले केसीलाई साथ दिएको उनको भनाइ छ । “विपक्षी खेलाडीभन्दा धेरै माथिबाट रविले स्पाइक गर्न सक्छन्, उनको एडभान्टेज भनेको हाइट र जम्प गर्न सक्ने क्षमता हो ।”

     “भलिबल टिम वर्क हो, खेल जिताउन सबै खेलाडीको उत्तिकै भूमिका हुन्छ र पनि यसपालि नतिजा निकाल्न रविले उत्कृष्ट योगदान गरे”, प्रशिक्षक केसीले सुनाए । प्रतियोगिताको अनुभव कम भए पनि रवि प्रतिभावान खेलाडीका रूपमा नेपाली भलिबलमा उदाएको उनको भनाइ छ ।

बागलुङको गलकोट नगरपालिका–७ मल्ममा जन्मेका रवि छोटो अवधिमै भलिबलमा चम्किएका खेलाडी हुन् । दुई वर्षअघि काठमाडौँमा भएको ‘एनभिए कप’बाट उनले राष्ट्रियस्तरको प्रतियोगितामा डेब्यु गरेका थिए । 

गलकोट स्पोर्टस् क्लबबाट रविले उक्त प्रतियोगितामा उत्कृष्ट खेल्दै धेरैको मन जितेका थिए । ओपन स्पाइकर रविले पछिल्लो नवौँ राष्ट्रिय खेलकुदमा पनि गण्डकी प्रदेशबाट खेलेका थिए । चौध–पन्ध्र वर्षको उमेरदेखि भलिबल खेल्न सुरु गरेका केसीले अहिलेसम्म कुनै औपचारिक प्रशिक्षण भने लिएका छैनन् । 

प्रतियोगिताकाअघि हुने अभ्यासबाहेक नियमित प्रशिक्षण लिने अवसर नपाएको रविले बताए । उनी अहिलेसम्म कुनै क्लबमा पनि आबद्ध छैनन् । व्यावसायिक सुरक्षा र अवसरको सुनिश्चितता भए भलिबलमै समर्पित भएर लाग्ने रवि बताउँछन् ।

खेल कौशलसँगसँगै अनुशासनमा पनि उनी अब्बल मानिन्छन् । उक्त प्रतियोगितामा महिलातर्फको खेलमा भने सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी सरस्वती चौधरीले सर्वोत्कृष्ट खेलाडीको उपाधि जितेकी थिइन् । उनले पनि नगद रु २५ हजार र ट्रफी हात पारिन् ।

टाइगर ग्रुप अफ पोखराद्वारा आयोजित प्रतियोगिताको पुरुषतर्फ शनिबार भएको फाइनल खेलमा ३–२ सेटले साविक विजेता एपिएफलाई हराउँदै गण्डकी च्याम्पियन बनेको थियो । उपाधिसँगै गण्डकीले रु पाँच लाख हात पारेको छ । 

गण्डकी पहिलो संस्करणको टाइगर कपमा पनि च्याम्पियन बन्न सफल भएको थियो । सात दिनसम्म चलेको प्रतियोगितामा महिलातर्फको उपाधि भने एपिएफले हात पा¥यो । त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ लगातार दोस्रोपटक च्याम्पियन बनेको हो ।

प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टोलीको सहभागिता रहेको थियो । महिलातर्फ गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्बल, एपिएफ क्लब र  न्यू डायमण्ड स्पोर्टस् क्लबले सहभागिता जनाएको थियो । 

पुरुषतर्फ श्रीलङ्काको एसटी जोशेफ वाज स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब र गण्डकी प्रदेश सहभागी थियो । महिला र पुरुष दुवैतर्फ उपाधि विजेताले रु पाँच–पाँच लाख, उपविजेतालाई समान रु दुई लाख ५० हजार नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

यस्तै प्रतियोगितमा तेस्रो हुने टिमलाई नगद रु एक लाख २५ हजार र सान्त्वना हुने टिमलाई रु ६५ हजारसहित ट्रफी प्रदान गरिएको थियो  । विधागतरूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई रु १० हजार र ट्रफीसहित सम्मान गरिएको थियो । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x