चैत १४, २०७९
सत्ता गठबन्धनको बैठकमा माओवादीबाहेकका दलहरुले मन्त्रालयमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा मन्त्रालयको भागबण्डाबारे छलफल हुँदा कांग्रेसले ९ मन्त्रालयमा आफ्नो द...
नेपाली कांग्रेस सुनसरी क्षेत्र १ ले गत स्थानीय तह र प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धमा समीक्षा गरेको छ । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा आइतबार समीक्षा कार्यक्रम गरेको हो ।
कार्यक्रममा अधिकांशले पार्टीले लिएको चुनावी गठबन्धनको नीति र सीट बाँडफाट गलत भएको बताएका थिए । गठबन्धन गर्दा सुनसरी क्षेत्र नं. १ मा आंशिक गठबन्धन गरिनु गलत भएको सहभागीहरुले बताए ।
उनीहरुले पार्टीको चुनावी गठबन्धन नीति र सीट बाँडफाट गलत हुनु नै हारको मूख्य कारण रहेको ठहर गरेका छन् । गुटगत भावना र महाधिवेशनको तिक्तता पनि हारको अर्को कारण बनेको उनीहरुको बुझाई छ ।
संगठन राम्रो हुँदाहुंदै केन्द्रीय नेतृत्वको कमजोरीका कारण कार्यकर्तामा उत्साह नआएको, विद्रोहीपन उत्पन्न भएको र गुटगत प्रतिशोध पैदा गराएकाले केन्द्रीय नेतृत्वलाई नै अनुशासनको कारवाही गर्नुपर्ने बक्ताले सुझाव दिए । पार्टीका आधिकारीक उम्मेदवारलाई हराउन प्रत्यक्ष भूमिका खेलेका स्थानीय नेता कार्यकर्तालाई पनि अनुशासनको कारवाही गर्नुपर्नेमा जोड दिएका छन् ।
सभापति तामाङले समीक्षा कार्यक्रमवाट आएका सुझाव, गुनासा र विचारमाथि स्थानीय नेतृत्वको बैठक बसी आवश्यक निर्णय लिने बताए । कार्यक्रममा केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, पूर्व केन्द्रीय सदस्य तथा पूर्व सांसद मिना सुब्बा, प्रदेश सदस्यद्धय गणेश परियार र अन्जना राई, जिल्ला सचिव माधव घिसिङ, प्रदेश सांसद ममता तामाङ, महासमिति सदस्यहरु तिलक राई, जगतबहादुर कार्की र कृष्णकला मादेन, प्रदेशसभा १ (१) र १ (२) सभापति क्रमशः अनिल श्रेष्ठ र मुरारी भट्टराई, नगर सभापति श्याम पोखरेल लगायतले धारणा राखेका थिए ।
सत्ता गठबन्धनको बैठकमा माओवादीबाहेकका दलहरुले मन्त्रालयमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा मन्त्रालयको भागबण्डाबारे छलफल हुँदा कांग्रेसले ९ मन्त्रालयमा आफ्नो द...
कर्णाली प्रदेश प्रमुख तिलक परियारले सङ्घीयता कार्यान्वयन हुनसके कर्णालीका लागि वरदान सावित हुने बताएका छन्। कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनअन्तर्गत आज बसेको आठौँ बैठकलाई सम्बोधन गर्दै प्रदेश प्रमुख परियारले सङ्घी...
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले मिटरब्याजबाट पीडित समूहको आन्दोलनप्रति समर्थन गर्दै ऐक्यबद्धता जनाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आ...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भिजन नभएका युवा राजनीतिमा आएर देशमा परिवर्तन नहुने बताएका छन् । टिकटकमा चटके कुरा गरेको भरमा कोही सरकारमा मन्त्री बनेको उनले टिप्पणी गरे । पाल्पाको तानसेन ...
सरकार विस्तार गर्न मन्त्रालय भागबन्डा गर्न बसेको सत्तारुढ गठबन्धन शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन सकिएको छ। प्रधानमन्त्री निवासमा बसेको बैठकले कुनै सहमति गर्न नसकेको हो । अब अर्को बैठक बुधबार बिहा...
सरकार विस्तारको तयारीलाई अन्तिम रूप दिन बालुवाटारमा सत्तारुढ दलको बैठक चलिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को सरकारी निवास बालुवाटारको बैठकमा कांग्रेस, माओवादी क...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...