×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा : राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन घोषणादेखि गृह मन्त्रालयमा गलफतीसम्म

माघ १७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको निर्णयअनुसार आगामी फागुन २५ बिहीवार राष्ट्रपति र चैत ३ गते शुक्रवार उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी मिति तोकिएको छ ।
दुवै पदका लागि तोकिएको दिन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र मतदान केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
००००
राष्ट्रिय योजना आयोगमा रिक्त ३ सदस्य नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले सदस्यहरू नियुक्त गरेको हो । सञ्चारमन्त्री रेखा शर्माकाअनुसार सदस्यमा सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्रबहादुर महतलाई नियुक्त गरिएको छ ।
००००
नेकपा माओवादी केन्द्रका पदाधिकाकारीहरूले गृहमन्त्री माओवादीले नै राख्नुपर्ने दबाब पार्टी बैठकमा दिएका छन् । स्वतन्त्र पार्टीका रवि लामिछानेको सांसद र मन्त्री पद बदर भएपछि गृहमन्त्री माओवादीले नै लिनुपर्ने गरी पार्टीभित्र दबाब बढेको हो । यता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने गैरसांसदको रुपमा आफूलाई नै मन्त्री बनाउन भन्दै दौडधुप थालिसकेका छन् । उनले प्रधानमन्त्रीसहित सत्ता साझेदार दलसँग छलफल गरेका छन् भने पार्टीले गृह रास्वपाले नै पाउनुपर्ने निर्णय गरिसकेको छ।  तर, रविको पासपोर्टको विवाद अझै कायम रहेकाले उनलाई अहिले मन्त्री बनाउन नहुने आवाज पनि उठेको छ ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद दिवसका अवसरमा लैनचौरस्थित शहीद स्मारकमा पुगेर सम्मान अर्पण गरेका छन् ।
सोमबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइएको छ । 
००००
सूचनाको हकलाई नै निष्प्रभावी बनाउने गरी गरिएको सूचना वर्गीकरणसम्बन्धी निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरोकारवालाहरूसँग सोमवार भएको छलफलमा वर्गीकरण हाललाई स्थगित गर्ने समझदारी भएको हो ।
००००
परराष्ट्रमन्त्री विमला राई पौडेल श्रीलंका जाने भएकी छन् । सार्क मुलुक श्रीलङ्का स्वतन्त्रताको ७५औँ वार्षिकोत्सवमा सहभागी हुन परराष्ट्रमन्त्री त्यसतर्फ जाने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । श्रीलंकाले हरेक वर्षको फेब्रुअरी ४ मा  स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।
००००
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने दुई सय ५९ जना सवारी चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाएको छ ।
००००
लुम्बिनी प्रदेशमा माघ २५ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङले सोमबार तीनजना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । 

Muktinath Bank

सत्ता गठबन्धनबाट नेकपा एमाले र नागरिक उन्मुक्तिको छुट्टाछुट्टै उम्मेदवारी यही माघ ११ गते दर्ता भएको थियो । त्यस्तै विपक्षी दल नेपाली कांग्रेसले पनि उम्मेदवारी दर्ता गरेको थियो ।
००००
व्यवसायीहरूले बैंकको उच्च ब्याजदरले उद्योग व्यवसायमा पारेको समस्या समाधान गरी लगानीमैत्री वातावरण निर्माण गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल राष्ट्रिय व्यवसायी महासङ्घ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, नेपाल फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन लगायतका व्यवसायी संस्थाले आज माइतीघरमा सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न माग गर्दै सडक प्रदर्शन गरेका हुन् ।
००००
मन्त्रालय र मातहत निकायको कामलाई प्रभावकारी बनाउने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पूर्वसचिवहरुसँग छलफल गरेका छन् । मन्त्रालयमा भएको छलफलमा उनले पर्यटन एवं हवाई क्षेत्रको विकास एवं सम्वद्र्धनका विषयमा पूर्वसचिवहरूको रायसुझाव लिएका हुन् ।
००००
काठमाडौँ महानगरपालिका–१३ सीतापाइलास्थित सडकमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका अर्का एकको पनि मृत्यु भएको छ । योसँगै उक्त दुर्घटनामा मृत्यु हुने दुई पुगेका छन् । अन्य तीनजना घाइते भएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।
००००
नेपाल उद्योग वाणिज्य महासंघले गहुँको आयात खुलाउन र स्टार्टअप कार्यविधि स्वीकृत गर्न माग गरेको छ । महासंघको प्रतिनिधिमण्डलले सोमवार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेटी सो माग राखेको हो ।
००००
धनुषास्थित ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार भएका थुनुवाहरूमध्ये १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मिथिला नगरपालिका–६ बस्ने रोशन महतोलाई सोमवार साँझ ६ बजेतिर पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
००००
अर्थ मन्त्रालयले ३ महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयमा सोमवार बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लेखा परीक्षण हुन नसक्नु चिन्ताको विषय भएको बताउँदै २०८० वैशाख १६ भित्रमा लेखापरीक्षण सम्पन्न गर्न निर्देशन दिए ।
००००
नियमावली मस्यौदा समितिको सोमवार बसेको बैठकले शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले ७ दिनभित्रमा सदनलाई उपलब्ध गराउनुपर्ने निर्णय गरेको छ ।
समितिले प्रतिनिधिसभा नियमावली २०७५ को परिच्छेद ४ को नियम ११ देखि १६ सम्म दफावार छलफल गरेको थियो । छलफलपछिको निष्कर्षमा नियम १५ को शून्य र विशेष समयको दफा २ को १ मा ५ दिनको सट्टामा ७ दिनभित्र सभामुखमार्फत सदनलाई जवाफ उपलब्ध गराउनुपर्ने निर्णय भएको प्रतिनिधि सभाका प्रवक्ता एकराज गिरीले जानकारी दिए ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४१ दशमलव ०१ अंकले ओरालो लागेर २ हजार १२७ दशमलव ५२ मा सीमित भएको छ ।
००००
नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकमलाई (यूटीएल) बक्यौता बापतको रकम भुक्तानी गर्न निर्देशन दिएको छ । प्राधिकरणले सोमवार एक सूचना जारी गर्दै आगामी माघ मसान्तसम्म बाँकी बक्यौता रकम भुक्तानी गर्न यूटीएललाई निर्देशन दिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x