फागुन ३०, २०७९
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार कालो अंगुरको अधिकतम मूल्य प्रतिकिलो २२० रुपैयाँ रहेको छ भने हरियो अंगुरको १५० रुपैयाँ रहेको छ...
भारतको अग्रणी एसयूभी निर्माता महिन्द्रा एण्ड महिन्द्राले आफ्नो फ्ल्यागशिप ग्लोबल एसयूभी–एक्सयूभी ७०० नेपालमा सार्वजनिक गरेको छ ।
एक्सयूभी ७०० नेपाली उपभोक्ताका लागि उपयुक्त भएकोमा महिन्द्रा विश्वस्त रहेको छ । एक्सयूभी ७०० नेपालको पहिलो महिन्द्रा एसयूभी बनेको छ, जुन नयाँ पहिचान ट्विन पिक्स लोगोका साथ आएको छ ।
भारतबाहिर दक्षिण अफ्रिकापछि नेपाल एक्सयूभी ७०० लन्च गरिएको दोस्रो बजार रहेको कम्पनीले जनाएको छ ।
‘नेपालमा एक्सयूभी ७०० पाँच र सात सिट क्षमताको म्यानुअल र अटोमेटिक अप्सनसहितको पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ ।
एक्सयूभी ७०० भारतको सबैभन्दा प्रतिष्ठित इन्डियन कार अफ द इयर अवार्ड २०२२ को विजेता र कूल ३१ पुरस्कारहरू विजेता सबैभन्दा सम्मानित कार हो, जसमा २४ घण्टामा ४००० किलोमिटर दूरी तय गर्ने सहनशक्ति रेकर्ड ब्रेक पनि समावेश छ । एक्सयूभी ७०० भारतको सबैभन्दा अग्लो मोटरेबल सडक उमलिंग ला यात्रा गर्ने पहिलो भारतीय एसयूभी बनेको छ,’ कम्पनीद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।
महिन्द्रा एक्सयूभी ७०० लाई परिचयात्मक मूल्य ७४ लाख रुपैयाँमा सार्वजनिक गरिएको छ । परिचयात्मक मूल्य फेब्रुअरी २०२३ मा प्रारम्भिक डेलिभरी हुने गरी सार्वजनिक गरिएको मितिदेखि १ महिनाका लागि लागू हुने जनाइएको छ ।
‘एक्सयूभी ७०० ले नेपालको प्रिमियम एसयुभी सेगमेन्टमा नयाँ मानक स्थापित गरेको छ । एसयूभीमा १०.२५ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम र क्लस्टर, सिक्स वे पावर्ड ड्राइभर सिट र १२ सोनी स्पिकर सहितको क्लास लिडिङ म्युजिक सिस्टम प्रिमियम सुविधाहरू रहेको छ । यसमा प्यानोरमिक सनरुफ र डुअल जोन क्लाइमेट कन्ट्रोल पनि रहेको छ । महिन्द्राले वयस्क सुरक्षाका लागि जीएनसीएपीद्वारा फाइभ स्टार सेफ्टी रेटिङको साथ एक प्रमुख कोसेढुङ्गा पनि हासिल गरेको छ र एसयूभी सुरक्षा विकल्पको रूपमा स्वायत्त इमर्जेन्सी ब्रेकिंग (एईबी) प्रदान गर्ने पहिलो मेड–इन–इन्डिया र स्वामित्व ब्रान्ड भएको पनि बनेको छ । यसको साइ–फाइ टेक्नोलोजी, उत्साहजनक प्रदर्शन विश्वस्तरीय सुरक्षाको साथ, एक्सयूभी ७०० यसअघि कहिल्यै नभएको एड्रेनालाईन डायल गर्न इन्जिनीयर गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
महिन्द्राले ३० वर्षभन्दा बढीको सम्बन्धलाई सुदृढ गर्दै अग्नि इन्कर्पोरेटेडमार्फत नेपालमा एक्सयूभी ७०० लन्च गरेको छ । महिन्द्राका लागि नेपाल ठूलो बजार हो ।
‘एक्सयूभी ७०० ट्विन पिक्स ब्राण्डको एसयूभी शोरुमबाट उपलब्ध गराइनेछ, जुन नेपाली ग्राहकलाई प्रिमियम अनुभव प्रदान गर्नकै लागि संरचित गरिएको छ,’ कम्पनीले भनेको छ । शुरूमा एक्सयूभी ७०० काठमाडौंका २ ट्विन पिक ब्राण्डका शोरुमबाट उपलब्ध हुनेछ । ट्विन पिक्स नेटवर्क आगामी मार्च २०२३ सम्ममा नेपालभरका ५ वटा शोरुममा विस्तार गरिने जनाइएको छ । नयाँ शोरुमग्राहक अनुभवलाई उन्नत बनाउन र महिन्द्राको लागि नयाँ ग्राहक आधार ल्याउन डिजाइन गरिएको छ ।
‘जोशपूर्वक इन्जिनीयर गरिएको एसयूभीले आफ्नो केन्द्रमा रहेको २.० मिटरस्टालियन टर्बो पेट्रोल इन्जिनबाट १४७ किलोवाट पावर र ३८० एनएम टर्क प्रदान गर्दछ, जुन यसअघि कहिल्यै अनुभूति गरिएको थिएन । पावरहाउसमा स्मुथ–सिफ्टिङ ६ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसन सिस्टम रहेको छ, जसले सहज र रोमाञ्चक ड्राइभ अनुभव प्रदान गर्दछ,’ कम्पनीले भनेको छ, ‘पूर्ण स्वायत्त सस्पेन्सन सेटअपबाट उच्च स्थिरता र अद्वितीय गतिशील क्षमताहरू आउँछ, जुन धेरै खालका भू–भागहरूलाई मध्यनजर गरेर विकसित गरिएको छ । एक्सयूभी ७०० ले स्टेबलाइजर बार र एफएसडी (फ्रिक्वेन्सी सेलेक्टिभ ड्याक्पिङ) टेक्नोलोजीको साथ मल्टी–लिंक सस्पेन्सनको माध्यमबाट उत्कृष्ट प्रदर्शन प्रदान गर्दछ । उत्कृष्ट सवारी आरामको ग्यारेन्टी गरिएको छ, यसले कार्यदक्षता अनुरूप अद्वितीय गतिशील क्षमताहरू पनि प्रदान गर्दछ ।’
एक्सयूभी ७०० मा नयाँ ट्विन पिक्स लोगो, वाइड ट्रयाक लेन्थ र अथेन्टिक एसयूभी स्टान्ससहितको आकर्षक फ्रन्ट ग्रिलसहित कारको उच्च कार्यसम्पादन क्षमताको संकेत गरेको जनाइएको छ । फस्र्ट–इन–सेगमेन्ट विशेषताहरूमा ‘स्मार्ट डोर ह्यान्डल्स्’ ह्वील आर्चहरूमाथि प्रमुख ह्वील हन्चहरू र अटोमेटिक बुस्टिङ सहितको एलईडी क्लियर–भ्यू हेडल्याम्पले स्पोर्टी स्टान्सलाई अझ मजबुत बनाएको कम्पनीको दाबी छ ।
साई–फाई टेक्नोलोजी
एक इमर्सिभ ड्राइभ अनुभव भित्रका सुविधाहरूको संयोजनबाट प्राप्त हुन्छ । वायरलेस चार्जिङ र पूर्ण रूपमा स्वचालिक (अटोमेटिक) इलेक्ट्रोनिक डोर ह्यान्डलका साथ सोनीको इमर्सिभ १२–स्पिकर थ्रीडी साउण्ड अनुभूतिले ग्राहकहरूलाई आनन्दित तुल्याउँछ । एक्सयूभी ७०० रेन्जको शीर्ष स्थानमा रहेको महिन्द्राको स्काइरुफ– टीएम–ले हावायुक्त र हलुका क्याबिन वातावरण सिर्जना गर्दछ ।
विश्वस्तरीय सुरक्षा
‘सुरक्षा’ एक्सयूभी ७०० अनुभवको एक मुख्य स्तम्भ हो । सन् २०२१ मा ग्लोबल एनसीएपीबाट ‘सेफर च्वाइस’ अवार्ड विजेता एक्सयूभी ७०० को नोभेम्बर २०२१ मा दुर्घटना परीक्षण (क्र्यास टेस्ट) सम्पन्न गरिएको थियो र यसले वयस्क सवारीको सुरक्षाका लागि पूर्ण फाइभ स्टार रेटिङ र बाल सवारी सुरक्षका लागि फोर स्टार प्राप्त गरेको थियो । प्रमाणिक एसयूभीमा ७ वटा एयरब्यागहरू छन् । यसले एएक्स सेभेन भेरियन्टमा कम्प्रिहेन्सिभ एडभान्स ड्राइभिङ असिस्टेन्स सिस्टम (एडीएएस) प्रदान गर्दछ । यसमा स्मार्ट पाइलट असिस्ट, एडेप्टिभ क्रुज कन्ट्रोल, स्वचालित आपतकालीन ब्रेकिङ (अटोमेटिक इमर्जेन्सी ब्रेकिङ), अर्को लेन प्रवेश गर्दा चेतावनी (लेन डिपार्चर वार्निङ), आफ्नै लेनमा कायम रहन सहयोग (लेन किप असिस्ट) र इभेन्ट ट्राफिक साइन रिकग्निसन मानकका रुपमा रहेका छन् । नयाँ पुस्ता स्थिरता नियन्त्रण सबै भेरियन्टहरूमा मानकका रूपमा रहेको छ । हाइ बिम असिस्टको साथ स्वचालित हेडल्याम्पहरूले सडकमा अँध्यारो क्षेत्रहरूको प्रकाशलाई गतिशील रूपमा समायोजन गर्दछ, आउँदै गरेको ट्राफिकको दृष्टिमा अत्यधिक उज्यालोले असर नपार्ने गरि यो प्रविधिले काम गर्छ । टायर प्रेसर मोनिटरिङ सिस्टम, अतिरिक्त रिभर्स क्यामेरा, ड्राइभरको निद्रा पत्ता लगाउने इन्टेलिजेन्ट प्रणाली र स्टप एन्ड गो ड्राइभिङ फङ्सनले यसको एडेप्टिभ क्रुज कन्ट्रोलको एक भागको रूपमा सुरक्षालाई थप ध्यान दिन्छ ।
अग्नि इन्कर्पोरेटेडको बारेमा
अग्नि इन्कर्पोरेटेड प्रालि महिन्द्रा युटिलिटी भेहिकल्स र ट्रयाक्टरको आधिकारिक वितरकको रूपमा अग्नि देशको अग्रणी युटिलिटी भेहिकल वितरक रहँदै आएको छ र यसले नेपालमा महिन्द्रा ब्राण्डको विरासतलाई सफलतापूर्वक निरन्तरता दिइरहेको छ । अटोमोबाइल आयातकर्ता भएदेखि नै अग्नि ग्रुपले अटोमोबाइल्स, स्पेयर्स र सेवाहरूको प्रिमियम बिक्रेताको रूपमा अथक प्रगति गरेको छ भने आकार, नेटवर्क र क्षमताहरूमा यो अतुलनीय छ । अग्नीको देशभर ८० भन्दा बढी डिलर र शाखाहरू रहेको व्यापक सञ्जाल छ र अटोमोबाइल व्यवसायमा अतुलनीय प्रतिष्ठा छ ।
महिन्द्राको बारेमा
सन् १९४५ मा स्थापित महिन्द्रा समूह १०० भन्दा बढी देशहरूमा २ लाख ६० हजार कर्मचारीहरू भएको कम्पनीहरूको सबैभन्दा ठूलो र सबैभन्दा प्रशंसनीय बहुराष्ट्रिय महासंघ हो । यसले भारतमा कृषि उपकरण, उपयोगिता वाहन, सूचना प्रविधि र वित्तीय सेवाहरूमा अग्रणी स्थान हासिल गरेको छ तथा संख्यात्मक आधारमा विश्वको सबैभन्दा ठूलो ट्रयाक्टर कम्पनी हो । यसको नवीकरणीय ऊर्जा, कृषि, बन्दोबस्ती (लजिस्टिक), आतिथ्य र रियल इस्टेटमा पनि बलियो उपस्थिति छ । महिन्द्रा समूहले समुदाय र सरोकारवालाहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यका ग्रामीण समृद्धि सक्षम तुल्याउन र सहरी जीवनयापनमा सुधार गर्ने गर्ने उद्देश्यसहित विश्वव्यापी रूपमा ईएसजीको नेतृत्व गर्र्ने कुरामा स्पष्ट ध्यान केन्द्रित गरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार कालो अंगुरको अधिकतम मूल्य प्रतिकिलो २२० रुपैयाँ रहेको छ भने हरियो अंगुरको १५० रुपैयाँ रहेको छ...
दाङको तुलसीपुर बजारका पसलमा मूल्यसूची राख्ने गरेको पाइएको छैन । पसलमा अनिवार्य मूल्यसूची राख्नुपर्ने प्रावधान भए पनि यसो गरेको नपाइएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा सेनले ज...
दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य वृद्धि गरेको छ । डीडीसीले आजदेखि लागू हुनेगरी दूधको मूल्य बढाउने निर्णय गरेको हो। मन्त्रिपरिषदले निर्णय अनुसार वृद्धि भएको मूल्यमा संस्थानले किसानवाट...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार कालो अंगुरको अधिकतम मूल्य प्रतिकिलो २२० तथा हरियो अंगुरको १५० रुपैयाँ रहेको छ ।&nb...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार अंगुर कालोको अधिकतमक मूल्य २२० रुपैयाँ निर्धारण भएको छ भने हरियो अंगुरको १५० रुपैयाँ छ । ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार अंगुर कालोको अधिकतम मूल्य प्रतिकिलो २०० रुपैयाँ तोकिएको छ भने हरियो अंगुरको १२० रुपैयाँ त...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...