चैत १३, २०७९
गायक दुर्गेश थापासहित ३ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ । आफूमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले प्रहरी वृत्त महाराजगञ्जमा आइतवार उजुरी दिएका हुन् । रिदमले दुर्गेशसहित मोडल ओबी रायमाझी र सर्...
काठमाडाैं | माघ १७, २०७९
दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा ४’को दर्शकमाझ लोभलाग्दो हाइप देखिएको छ ।
निर्माण घोषणादेखि नै चर्चामा रहेको चलचित्रको पहिलो गीतले यतिबेला युट्युबमा निकै लोभलाग्दो भ्युज पाइरहेको छ ।
सोमवार बेलुका चलचित्रको पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक गरिएको छ, जसले युट्युबमा राम्रो भ्युज पाइरहेको हो ।
मंगलवार दिउँसोसम्म २० घण्टामै गीतले ७ लाख प्लस भ्युज पाइसकेको छ ।
डेभिड शंकर र सहिमा श्रेष्ठले स्वर दिएको उक्त गीतमा राजेन्द्र थापाको शब्द, दीपक शर्माको संगीत र उदयराज पौडेलको एरेन्ज छ ।
कविराज गहतराजको कोरियोग्राफीमा तयार भिडियोमा साथमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, स्वस्तिमा खड्का, राज आचार्य, बुद्धि तामाङ, निर्मल शर्मा लगायतलाई प्रस्तुत गरिएको छ । गीतमा ‘तितोसत्य’का राजको जोडी अभिनेत्री स्वस्तिमा खड्कासँग बाँधिएको छ ।
पछिल्लो समय युट्युबमा चलचित्रको टिजर, ट्रेलर र गीत लगायतको औसत भ्युज घटिरहेको अवस्थामा ‘छक्का पञ्जा ४’ले छोटो समयमै पाएको भ्युज निकै लोभलाग्दो हो । गीत सार्वजनिक भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेर अगाडि आइरहेको छ ।
यसले चलचित्रप्रति दर्शकको क्रेजलाई समेत अनुमान लगाउन मद्धत गर्छ । दीपकराजकै कथा एवं लेखन रहेको ‘छक्का पञ्जा ४’मा अभिनेत्रीद्धय वेनिशा हमाल र मलिना जोशीको समेत अभिनय छ ।
हेमराज बिसीको निर्देशन रहेको चलचित्र फागुनको १९ गतेबाट प्रदर्शनमा आउँदैछ । राजनीतिक विषयवस्तुमा चलचित्र निर्माण भएको सार्वजनिक पहिलो गीतबाट अनुमान लगाउन सकिन्छ । अभिनेता दीपकराज गिरी अर्थात ‘राजा’ पात्र गाउँले नेताको भूमिकामा छन् ।
केदार घिमिरे र निर्मल शर्मा चलचित्रमा कार्यकारी निर्माताका रुपमा समेत छन् । दिपेन्द्र खनिया र केशव न्यौपाने चलचित्रका निर्माता हुन् ।
आमा सरस्वती मुभिज र आइएमईको प्रस्तुति रहेको चलचित्रमा नरेन्द्र मैनालीको डिओपी, निमेश श्रेष्ठको सम्पादन छ ।
गायक दुर्गेश थापासहित ३ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ । आफूमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले प्रहरी वृत्त महाराजगञ्जमा आइतवार उजुरी दिएका हुन् । रिदमले दुर्गेशसहित मोडल ओबी रायमाझी र सर्...
झरनाको चिसो पानी मैयाँ, डाँडामुनी ताल पर्यो राम्री त तिमी राम्री मैयाँ, मलाई किन गाल पर्यो राम्री त तिमी राम्री मैयाँ, मलाई किन गाल पर्यो यो हिट गीत नसुन्ने सायदै होलान् । गीतका रचनाकार सुरेश अधिकारीकै...
राजनीतिज्ञ तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालले चलचित्र ‘छक्कापञ्जा ४’ हेरेका छन् । आइतवार कीर्तिपुरस्थित ‘कीर्तिपुर सिनेप्लेक्स’ पुगेर उनीहरूले राजनीतिक विषयवस्तुमा न...
गायक कमल खत्रीले ‘सुनैको चुरा’ बोलको गीत सार्वजनिक गरेका छन् । सोमवार अपरान्ह सार्वजनिक गरिएको गीतमा उनकै शब्द एवं संगीत छ । रिकेश गुरुङले गीतको संगीत संयोजन गरेका छन् । ...
दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘नाङ्गो गाउँ’को छायांकन सुरु भएको छ । केही दिनको वर्कशपपश्चात गत शुक्रवारदेखि काभ्रेको बेथानचोक गाउँपालिकाबाट सुरु भएको छायांकन एक महिना चल्ने जनाइएको छ ।&nbs...
नेपाली नयाँ वर्षको अवसर पारेर वैशाख १ गते एकैदिन ४ वटा नेपाली चलचित्र प्रदर्शनमा आउँदैछन् । जसमध्ये अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेका २ चलचित्र छन् । आफू अभिनीत दुई चलचित्र एकैदिन प्रदर्शनमा आउन...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...