चैत ८, २०७९
भ्रष्टाचारी ठहर भएका यातायात कार्यालय इटहरीका ३ उपसचिवलाई विशेष अदालतले ८ वर्ष कैद सजाय तोकेको छ । विशेष अदालतका सूचना अधिकारी नारद प्रसाद भट्टराईका अनुसार उपसचिवहरू रमेशप्रसाद दाहाल, विष्णुप्रसाद पौडेल,...
‘कुमारी आमा’ भनिने निहारिका राजपुत र आरोपी शिवराज श्रेष्ठले अदालतमा मिलापत्र गरेका छन् । जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा उनीहरुले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र गरेका हुन् ।
मिलापत्रअनुसार श्रेष्ठले अब निहारिकालाई श्रीमतीका रुपमा स्वीकार्ने भएका छन् । जिल्ला अदालतमा अंश मुद्दा दिएकी निहारिकाले आफूहरु दुईबीच पति–पत्नीका रुपमा बस्ने निर्णय भएको बताएकी छन् ।
मिलापत्रमा भनिएको छ, “म र नाबालक छोरासमेतलाई इज्जतअनुसार खान, लाउन, औषद्योपचार खर्च, छोराको पढाइलेखाइ खर्च तथा पिता पतिको हुने कर्तव्य निर्वाह गर्छु भनेर विपक्षीले स्वीकार गरेकाले म पनि एकासगोलमा नै बस्ने गरी फिराद दाबी छाडेको ।” विसं २०७६ कात्तिक ६ गतेदेखि जनकपुरधाम उपमहानगरपालिका–४ का शिवराज श्रेष्ठले आफूलाई ललाइफकाइ तथा डर धम्की देखाएर पटक–पटक जबर्जस्ती करणी गरेको भन्दै निहारिकाले जिल्ला अदालत धनुषामा मुद्दा हालेकी थिइन् ।
यस मुद्दामा न्यायाधीश परशुराम भट्टराईको इजलासले शिवराजलाई सफाइ दिएको थियो । न्यायाधीश भट्टराईको इजलासले श्रेष्ठलाई सफाइ दिएपछि सो मुद्दा उच्च अदालत जनकपुरमा पुनरावेदन गरिएको थियो । उच्च अदालतको आदेशमा शिवराज र निहारिकाको छोराको डिएनए परीक्षण गर्दा मिलेको थियो ।
विसं २०७८ माघ २४ गते जिल्ला अदालतले सफाइ दिने फैसला गरेपछि सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेकोमा अहिले पनि बलात्कार आरोपको मुद्दा विचाराधीन छ । विसं २०७६ कात्तिक ६ गते शिवराजले जबर्जस्ती करणी गरेको आरोप लगाएकी निहारिकाले २०७७ भदौ ५ गते छोरालाई जन्म दिएकी थिइन् ।
आफू बलात्कृत भएको भन्दै उनले आफ्नो बच्चाको डिएनए जाँच गरिनुपर्ने, मुद्दाको बारेमा घटनाको सुरुआतदेखि नै पुनः जाँच गरिनुपर्ने माग राख्दै उनी पटक पटक अनशन बसेकी थिइन् । उच्च अदालत जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए जाँच गर्न ८ भदौमा आदेश दिएपछि गरिएको परीक्षणमा उनको छोराको डीएनए शिवराजसँग मिलेको थियो । डिएनए मिलेपछि निहारिकाले अदालतमा अंश मुद्दा दिएकी थिइन् ।
निहारिकाले २७ साउनमा शीतलनिवास अगाडि आत्मदाहको प्रयास समेत गरेकी थिइन् । विसं २०७८ माघ २४ गते जिल्ला अदालतले सफाइ दिने फैसला गरेपछि सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेकोमा अहिले पनि बलात्कार आरोपको मुद्दा विचाराधीन छ ।रासस
भ्रष्टाचारी ठहर भएका यातायात कार्यालय इटहरीका ३ उपसचिवलाई विशेष अदालतले ८ वर्ष कैद सजाय तोकेको छ । विशेष अदालतका सूचना अधिकारी नारद प्रसाद भट्टराईका अनुसार उपसचिवहरू रमेशप्रसाद दाहाल, विष्णुप्रसाद पौडेल,...
जिल्ला अदालत काठमाडौँमा ऊर्जा व्यवसायी गुरुप्रसाद न्यौपानेविरुद्ध रु तीन करोड २३ लाख बिगो र कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको छ । धितोपत्रको भित्री कारोबार (इन्साइडर ट्रेडिङ)को अभियोगमा न्यौपानेविरुद्ध जि...
सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिनेगरी गरेको निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार गरेको छ। रामेछाप मन्थलीका कल्याण बुढाथोकी समेतले जनयुद्ध दिवस सरकारी स्तरमै मनाउ...
शेयरको भित्री कारोबारमा चलखेल गर्ने हाइड्रोपावर व्यवसायी गुरुप्रसाद न्यौपाने विरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ । रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष न्यौपानेले शेयरमा भित्री कारोबार (इन्स...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियुक्तिपत्र नै नभएको व्यक्तिलाई शिक्षक बनाउने जिल्ला शिक्षा कार्यालय, बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टसमेत ६ जनाउपर भ्रष्टाचार मुद्दा दायर गरेको छ। तत्...
जबरजस्ती करणीजस्तो गम्भीर फौजदारी मुद्दामा अभियुक्तले सफाइ पाउने सम्भावना ज्यादै कम हुन्छ । सामान्यतः मुद्दाका तथ्य र प्रमाणको मूल्यांकन गर्दा करीब दुईतिहाइ अभियुक्तमाथि कसुर ठहर हुने फैसला आउने गरेको छ । ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...