×

NMB BANK
NIC ASIA

नेसनल प्याब्सनको जिल्लाव्यापी खेलकुद सप्ताह हुँदै

माघ १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेसनल प्याब्सन काठमाडौंको आयोजना र नेसनल प्याब्सन काठमाडौं महाननगर समितिको संयोजनमा काठमाडौं जिल्लाव्यापी खेलकुद सप्ताह हुने भएको छ । नेसनल प्याव्सन काठमाडौंले मंगलबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो ।

Muktinath Bank

खेलकुद सप्ताहमा काठमाडौं जिल्लाभरिका करिब ६० वटा विद्यालयले भाग लिने बताइएको छ । कार्यक्रममा मार्चपास, बास्केट बल, टेबल टेनिस र टग अफ वार (डोरी तान्ने) खेल समावेश गरिएको छ । कार्यक्रमको उदघाटन माघ १८ गते टुँडीखेलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीबाट हुने बताइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माघ १८ गते टुँडिखेलमा उदघाटन समारोहसँगै मार्चपास खेल हुनेछ । त्यसैगरी बास्केट बल माघ १९ गते मनास्लु वल्र्ड कलेज चुच्चेपाटीमा, टेबल टेनिस प्रतियोगिता माघ २० देखि २१ गतेसम्म युनिभर्सल सेकेन्डरी स्कुल धुम्बराहीमा, टग अफ वार (डोरी तान्ने) खेल माघ २२ मा काठमाडौं स्कूल अफ सेन्टर स्टेट कालिमाटीमा हुने बताइएको छ । 


Advertisment
Nabil box
Kumari

सबै खेलहरु आधिकारिक संगठनको नियमानुसार खेलाइने बताइएको छ । खेलमा सहभागी भएर प्रथम, दोस्रो र तेस्रो हुनका लागि मेडल र प्रमाणपत्र, सिल्ड, ट्रफीको व्यवस्था रहेको आयोजकको भनाइ छ ।  

Vianet communication
Laxmi Bank

नेसनल प्याब्सन काठमाडौंका अध्यक्ष भीष्म पाण्डले विद्यार्थीको सर्वाङ्गिण विकासका लागि खेलकुदको महत्वपूर्ण भूमिका हुने बताए । कार्यक्रममा आधा दर्जनभन्दा बढी खेल समावेश गर्ने इच्छा भए पनि समय अभावको कारण चार वटामात्रै खेल समावेश गरिएको उनको भनाइ छ । 

‘विद्यार्थी भाइबहिनीहरुलाई उनीहरुको आ–आफ्नो खेल क्षमता विद्यालयको कम्पाउन्डभित्र मात्रै नभएर अन्य स्कुलका विद्यार्थीसँग प्रतिष्पर्धा गराएर क्षमता पहिचान गर्न सकौं भनेर कार्यक्रम आयोजना गरेका छौं’ पाण्डेले भने । 

प्याब्सन काठमाडौंका उपाध्यक्ष विजय खरेलले विद्यार्थीको सर्वाङ्गिण पक्षको विकासका लागि खेलको महत्व रहेको बताए । विद्यार्थीको वौद्धिकताको विकास, शारीरिक विकास, सामाजिक विकास र संवेगात्मक विकासका लागि खेलको महत्वपूर्ण भूमिका रहने उनको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x