चैत १३, २०७९
सातौँ संस्करणको विराट गोल्डकपमा घरेलु टिम विराटनगर सिटी फाइनलमा प्रवेश गरेको छ । सहिद रङ्गशालामा आज साँझ भएको पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब जावलाखेल युथ क्लबलाई २–१ गोलले हरा...
नेपाल क्रिकेट सङ्घ (क्यान)को पोखरामा बसेको बोर्ड बैठकले सङ्घको विशेष साधारणसभा आउँदो जेठ मसान्तभित्र आयोजना गरी जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको छ ।
आज पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गर्दै सङ्घले सोको जानकारी गराएको हो । बोर्डले यु–१९ राष्ट्रिय क्रिकेट टिमको कप्तानमा गुल्सनकुमार झालाई मनोनयन गर्ने निर्णय गरेको सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले बताए।
बैठकले पूर्वप्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्कीको संयोजकत्वमा सङ्घका एन्टी करप्सन अफिसर रितेश सिंह र एक सदस्य पछि थप्ने गरी तीन सदस्यीय ‘क्यान इन्टिग्रिटी कमिटी’ गठन गर्ने निर्णय गरेको उनको भनाइ छ ।
यस्तै सङ्घको वार्षिक साधारणसभा आउँदो फागुन १४ र १५ गते सुर्खेतमा गर्ने निर्णय गरिएको छ । बैठकले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको निलम्वन पुकुवा गर्ने निर्णय गरेको छ । अनुशासन उल्लङ्घनको कारबाहीमा परी लामिछाने निलम्वनमा परेका थिए।
यस्तै छ आउँदो महिनाका लागि १८ जना पुरुष र १२ जना महिला खेलाडीलाई केन्द्रीय करारमा राखिने भएको छ । जसमा पुरुषतर्फ ग्रेड ‘ए’मा रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख ग्रडे ‘बी’ मा आरिफ शेख, कुशल भूर्तेल र ज्ञानेन्द्र मल्ल रहेका छन् ।
ग्रेड ‘सी’ मा कमलसिँह ऐरी, विनोद भण्डारी, गुल्शनकुमार झा, अर्जुन साउँद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव रहेका छन् ।
महिलातर्फ ग्रेड ‘ए’ मा रुविना क्षत्री, सीता रानामगर, इन्दु बर्मा, ग्रेड ‘बी’मा काजोल श्रेष्ठ, कविता कँुवर, अस्मिना कर्माचार्य, ग्रेड ‘सी’मा कविता जोशी, विन्दु रावल, सङ्गीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम रहेका छन् ।
नेपाल टी–२० लिगमा भएको ‘स्पट फिक्सिङ’ कार्यमा संलग्न खेलाडी र व्यक्तिमाथि आइसिसी र क्यानको ‘कोड अफ कण्डक्ट’ बमोजिम कारबाही अघि बढाइने सङ्घले जनाएको छ । नेपाल टी–२० प्रतियोगिता सम्पन्न भइसकेकाले ‘गर्भनिङ काउन्सिल’लाई विघटन गरिएको सङ्घले जनाएको छ ।
सङ्घले कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जिम्मेवारी त्यागेकाले कार्यसमिति सदस्य दुर्गाराज पाठकलाई कार्यवाहक सचिवको जिम्मा दिएको छ । बागलुङ र पर्वत जिल्ला क्रिकेट सङ्घ तदर्थ समितिलाई मान्यता दिने निर्णय पनि बैठकले गरेको छ । रासस
सातौँ संस्करणको विराट गोल्डकपमा घरेलु टिम विराटनगर सिटी फाइनलमा प्रवेश गरेको छ । सहिद रङ्गशालामा आज साँझ भएको पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब जावलाखेल युथ क्लबलाई २–१ गोलले हरा...
डिफेण्डिङ च्याम्पियन न्युरोड टिम एनआरटी १–० को संघर्षपूर्ण जित निकाल्दै सिमरामा जारी १३ औं जगदम्बा जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । ‘बी’ डिभिजन क्लब बीरगञ्ज यूनाईटेडस...
थ्री स्टार क्लब धनगढीमा जारी छैटौँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान ब...
पेरिस ओलम्पिकका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीले एसिया छनोटको पहिलो चरणमा भियतनामसँग मात्र खेल्ने भएको छ । अन्तिम समयमा आन्तरिक कारण देखाउँदै प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले ...
दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगिता हुने भएको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा विराटनगरमा चैत १५ देखि २५ गतेसम्म विराटनगरको जुट मिलको खेल मैदानमा क्रिकेट प्रतियोगिता हुने भएको...
साफ यू–१७ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपाल रसियासँग पराजित भएको छ । बङ्गलादेशको ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा आज भएको खेलमा रसियाले नेपाललाई ३–० ग...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...