×

Nic Asia
Dabur
Prabhu Bank

चितवनको माडीमा राष्ट्रपति रनिङ शिल्ड शुरु

चितवन | माघ १८, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

चितवनको माडी नगरपालिकाको आयोजनामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बुधबारबाट शुरु भएको छ । वसन्तपुर बजारस्थित खुल्ला चौरमा शुरू भएको सो प्रतियोगिताको माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले सटपmुट फालेर प्रतियोगिताको औपचारिक उद्घाटन गरेकी छन् ।

yONNEX
IME BANK INNEWS

सो अवसरमा नगरप्रमुख महतोले विद्यालयस्तरमा हुने खेलकुद प्रतियोगिताले विद्यार्थीको भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । माडी नगरपालिकाको शिक्षासँगै खेलकुदको विकासलाई पनि अघि बढाउने लक्ष्यलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले थप टेवा दिने बताइन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

माघ २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा माडीका ८ सामुदायिक तथा २ संस्थागत विद्यालयगरी १० विद्यालयले सहभागिता जनाएका छन् । पालिकास्तरबाट छनोट भएका खेलाडीहरु जिल्ला, प्रदेश हुँदै केन्द्रस्तरीय प्रतियोगितामा सहभागिताका लागि चयन हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा माडी नगरपालिकाका नगर उपप्रमुख खेमप्रसाद महतो, प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकाल, नगर प्रवक्ता दण्डपाणि पौडेल, सामाजिक विकास अधिकृत दीपेन्द्रराज पौडेल, युवा, खेलकुद तथा सांस्कृतिक समितिका संयोजक पुरन महतोलगायतले मन्तव्य राखेका थिए । विद्यालय तहमा अध्ययनरत १८ वर्षमुनिका विद्यार्थीको सहभागिता रहेको सो प्रतियोगितामा मार्शल आर्ट्स र एथलेटिक्स समूहका खेलहरुमा प्रतिस्पर्धा शुरू भएको छ ।


Advertisment
Lokantar App
Saurya island

प्रतियोगिताको बुधबार सम्पन्न १५०० मिटर दौडमा छात्रतर्फ माडी मावि, वसन्तपुरका अमन बोट र छात्रातर्फ सोमेश्वर मावि, बरूवाका अस्मी सुनारले स्वर्ण पदक पाएका छन् । छात्रतर्फको सो प्रतिस्पर्धामा जनकल्याण माविका मन्दिप नेपालीले रजत र माडी माविका कमल खनालले कास्य पदक प्राप्त गरेका छन् । सोहीअनुसार छात्रातर्फ माडी माविकी पुनिता सहनीले रजत र कृष्णनगर माविकी मनीषा परियारले कास्य पदक जितेका छन् ।

त्यस्तै, ८०० मिटर दौडमा छात्रतर्फ सगरमाथा मावि, हनुमानझुलाका बुद्ध लोप्चन र छात्रातर्फ सोमेश्वर माविकी आयुषा थापामगरले स्वर्ण पदक प्राप्त गरे भने छात्रतर्फ जनजीवन माविका निशान हरिजनले रजत र सोमेश्वर माविका सौरभ महतोले कास्य प्राप्त गरे । छात्रातर्फ माडी माविकी कल्पना रोकाले रजत र सगरमाथा माविकी रूसिता प्रजाले कास्य पदक प्राप्त गरेका छन् । 

Vianet communication
hAMROPATRO BELOW NEWS
JYOTI
Maruti inside
TATA Below
चैत १३, २०७९

पेरिस ओलम्पिकका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीले एसिया छनोटको पहिलो चरणमा भियतनामसँग मात्र खेल्ने भएको छ । अन्तिम समयमा आन्तरिक कारण देखाउँदै प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले ...

चैत १३, २०७९

बारा । ‘ए’ डिभिजन डर्बीमा सातदोबाटो युथ क्लबलाई पन्छाउँदै हिमालयन शेर्पा क्लब सिमरामा जारी १३ औं जगदम्बा जीतपुरसिमरा गोल्डकपको सेमिफइनलमा प्रवेश गरेको छ । पहिलो हाफमा बनाएको अग्रता जोगाउन नसक्दा ...

चैत १३, २०७९

आयरल्याण्डविरुद्धको पहिलो टी २० खेलमा बंगलादेशले सहज जीत हात पारेको छ । २०८ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले वर्षाले खेल रोकिनु अगाडि ८ ओभरमा ८१ रन बनाउँदा ५ विकेट गुमाएपछि डिएलस मेथडमा बंगलादेशले २२ रन...

चैत १४, २०७९

धनगढी रङ्गशालामा जारी ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप २०७९ फुटबल प्रतियोगिता’को आजको खेलमा सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले नेपाल पुलिस क्लबलाई ४–० गोलले प...

चैत १३, २०७९

विराट गोल्डकप फुटबलमा लुका सकर क्लब सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । विराटनगरको शहीद रंगशालामा आइतबार भएको खेलमा निर्धारित र अतिरिक्त समयमा गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि पेनाल्टीमा पनि दुवै...

चैत १४, २०७९

सातौं संस्करणको विराट गोल्डकप फूटबल प्रतियोगितामा विराटनगर सिटी क्लब फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित शहीद रंगशालामा सोमवार राति भएको पहिलो सेमिफाइनल खेलमा विराटनगर सिटीले जावलाखेल युथ क्लबलाई २&...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x