×

Nic Asia
Dabur
Prabhu Bank

सरसर्ती २४ घण्टा

प्रतिपक्षी दलको नेतासम्बन्धी रिट दरपीठ, रास्वपा खारेजीको माग गर्दै उजुरी

काठमाडाैं | माघ १९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सर्वोच्च अदालतका रजिस्ट्रार नारायणप्रसाद पन्थीले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलको नेता सम्बन्धी विषयमा परेको रिट दरपीठ गरेका छन् । विपक्षी दलको मान्यता दिने विषय संसदको आन्तरिक कारवाहीको विषय भएकाले रिट दरपीठ गरिएको रजिस्ट्रारको आदेशमा उल्लेख छ । अधिवक्ता विमल पोखरेलले उत्प्रेषण परमादेशको मुद्दा लिएर सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेजी गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। सिन्धुलीका युवराज पौडेल (सफल)ले एउटा गैरनागरिक उपप्रधान तथा गृहमन्त्री हुँदा राष्ट्रिय गोपनीयता भंग हुने रास्वपा तत्काल खारेज गर्नुपर्ने भन्दै उजुरी दिएका हुन् ।

yONNEX
IME BANK INNEWS

उनले सो पार्टीका सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले उमेदवार बन्दा पेस गरेको नागरिकता अवैधानिक ठहर गरेकोले खारेजी गर्न माग गरेका छन्।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेट भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र सत्ता साझेदार एमालेका अध्यक्ष तथा उच्च स्तरीय राजनीतिक समितिका संयोजक ओलीबीच वर्तमान राजनीति तथा राष्टपतिको निर्वाचनका विषयमा केन्द्रीत भएर छलफल भएको सचिवालयको भनाइ छ । यस्तै रवि लामिछानेलाई गृहमा फर्काउने या नफर्काउने भन्नेबारे पनि छलफल भएको बताइएको छ।  लामिछानेले आफूलाई गृहमा फर्काउन निरन्तर दवाव दिँदै आएका छन् । 
००००
सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले  बुधबारका लागि बोलाएको पदाधिकारी र स्थायी समिति बैठक स्थगित गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारको कामले व्यस्त भएपछि बैठक विहीबारका लागि सारिएको महासचिव देव गुरुङले जानकारी दिए।
००००
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरिएको छ । संविधान विपरीत निर्वाचनको मिति तय गरेको उल्लेख गर्दै धिवक्ता ज्ञानेन्द्रराज आरणले रिट दायर गरेका हुन् ।
००००
नेपाल क्रिकेट सङ्घ (क्यान)को पोखरामा बसेको बोर्ड बैठकले सङ्घको विशेष साधारणसभा आउँदो जेठ मसान्तभित्र आयोजना गरी जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको छ ।
बुधबार पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गर्दै सङ्घले सोको जानकारी गराएको हो । बोर्डले यु–१९ राष्ट्रिय क्रिकेट टिमको कप्तानमा गुल्सनकुमार झालाई मनोनयन गर्ने निर्णय गरेको सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले बताए । बैठकले सन्दीप लामिछानेको निलम्बन पनि फिर्ता लिएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठक बसेको छ । बैठकमा सांसद गगन थापाले कुखुरा पालन गरेका साना किसानहरूले अप्रिय निर्णय नगरेसम्म सरकारले उनीहरूको ऋण नतिर्दिने हो भन्दै प्रश्न गरेका छन्। 
बैठकको शून्य समयमा सांसद थापाले यस्ता किसान सयौंको संख्यामा रहेका भन्दै यस्ता साना किसानहरू दिनहुँ रोएर कृषि मन्त्रालय धाइरहेका बताए। बैठकमा विभिन्न सांसदहरुले समसामयिक विषयमा आफ्नो धारणा राखेका थिए भने सभामुखले रवि लामिछानेको पद रिक्त भएको जानकारी सदनलाई गराएका थिए । 
००००
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले २० वर्ष पुगेका सवारी साधनलाई यान्त्रिक परीक्षण गरेर सञ्चालन गर्न दिनुपर्ने माग गरेको छ ।
महासङ्घका निवर्तमान अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यको टोलीले आज उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर २० वर्ष पुगेका सवारी साधनलाई यान्त्रिक परीक्षण गरेर सञ्चालन गर्न दिनुपर्ने माग गरेको हो ।
००००
आयल निगमले चोरीको इन्धन किन्ने दुई वटा पेट्रोल पम्पमाथि १ लाख रुपैयाँ जरिवाना गरेको छ । यस्तै कारबाहीस्वरुप ६ महिनाका लागि आपूर्ति बन्द गर्ने निर्णय पनि निगमले गरेको छ ।  
निगमले बुधबार जारी गरेको विज्ञप्तिमा सप्तरीको शम्भुनाथ नगरपालिका १ स्थित भण्डार आयल स्टोर र कसरा गाउँपालिकास्थित दिलिप ट्रेडर्सले ट्यांकर चालकसँगको मिलोमतोमा डिजेल खरिद गरेको उल्लेख छ । 
००००
विद्यालयको पाठ्यपुस्तक छपाइ गर्दै आएको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा नेकपा एकीकृत समाजवादी० को विद्यार्थी सङ्गठन अनेरास्ववियुले बुधबार दिनभर धर्ना दिएर घेराउ गरेको छ ।     
जनक शिक्षालाई भ्रष्टाचारको अखडा बनाएको, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कमिसनका खेलमा लागेर पुस २९ गते कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी छापाखानालाई छाप्न दिने निर्णयको गरेको भन्दै त्यसको विरोधमा धर्ना दिएर घेराउ गरेको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले बताए ।
००००
जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचनमा घात अन्तरघात गर्नेहरुलाई स्पष्टीकरण सोध्ने कार्य तीव्र बनाएको छ ।  पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य शिवलाल थापाको संयोजकत्वमा बनेको छानवीन समितिले जिल्ला जिल्लामा पुगी स्पष्टीकरण लिन थालेको हो ।  निर्वाचनको समयमा पार्टी हित विपरीत कार्य गरेको आरोप लागेका नेता, कार्यकर्ताहरुको विवरण संकलन गर्ने र बयान लिने कार्य गरिरहेको जसपा प्रचार विभागले जनाएको छ ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आ–आफ्नो मन्त्रालयमा थाती रहेका विधेयकहरु तत्काल संसदमा पेश गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।  प्रधानमन्त्री दाहालले गत माघ १६ गते सोमबार सम्पन्न मिन्त्रपरिषद बैठकमा मन्त्रीहरुलाई सो निर्देशन दिएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले जानकारी दिए । बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले संसदलाई बिजनेश दिने सन्दर्भमा पनि प्रधानमन्त्रीबाट सो निर्देशन आएको स्पष्ट पारे ।
००००
कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा उनीसहित चार जनालाई  प्रहरीले पक्राउ गरेको हो । 
००००
भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। पेट्रोल र डिजेलको मूल्य भारतीय आयल निगम (एनओसी) ले बढाएर पठाएको हो। आईओसीले पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर ८ रुपैयाँ बढाएर नयाँ मूल्यसूची पठाएको छ। त्यस्तै मट्टीतेलमा साढे ४ रुपैयाँ बढाएर पठाएको हो।
००००
नेकपा एमाले निकट अनेरास्ववियुले २३औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि विद्युतीय मतदान उपकरण प्रयोग गर्ने भएको छ । 
००००
सिंहदरबारको पूर्वीगेट अगाडि ढल फुटेर दुर्गन्ध फैलिएको छ । ढल फुटेर सडकको आधा भाग ओगट्दा यस रुटमा चल्ने यातायातमा अवरोध सिर्जना भएको हो । ढलका कारण सडक हिलाम्मे भएको छ भने पैदल यात्री र सवारीसाधन चालकहरूले सास्ती बेहोर्नुपरेको छ ।


Advertisment
Lokantar App
Saurya island
Vianet communication
hAMROPATRO BELOW NEWS
JYOTI
Maruti inside
TATA Below
चैत १४, २०७९

काठमाडौँ । मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल र आवश्यक निर्णय लिन सत्ता साझेदार दलको बैठक आह्वान भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार अपराह्न ४ बजेका लागि सत्ता साझेदार दलको बैठक आह्वान भएको हो ।...

चैत १३, २०७९

निजामती कर्मचारी अस्पताल र आन्दोलनरत रहेका चिकित्सकरकर्मचारीबीच छ बुँदे सहमति भएको छ ।  सहमतिपछि चिकित्सक र कर्मचारीले गर्दै आएको अन्दोलनका कार्यक्रम सबै फिर्ता भएको अस्पतालका उपसचिव कृष्णप्रसाद सापकोटाले...

चैत १४, २०७९

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– प्रधानन्यायाधीशको मर्यादाक्रम घटाएर प्रतिनिधि सभाका सभामुख र राष्ट्...

चैत १४, २०७९

आफ्नो माग पूरा गर्न दवाव दिने उद्देश्यले काठमाडौँ आएका मिटरब्याजी पीडितले गएराति सडकमै रात बिताएका छन् । न्याय माग्न भन्दै उनीहरु ११ दिन पैदलै हिँडेर महोत्तरीबाट काठमाडौं आइपुगेका थिए । पहिलो दिन माताती...

चैत १३, २०७९

नेपाल मुद्रा सङ्कलक सङ्घको आयोजनामा तीन दिने अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी बबरमहलस्थित नेपाल कला परिषद्को सभाकक्षमा सुरु भएको छ । राष्ट्रियस्तरको प्रदर्शनी यसअघि पनि आयोजना भएको थियो । अन्तर्राष्ट्रियस्तरको प्र...

चैत १४, २०७९

सत्ता साझेदार दल १० दलको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबारको गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको बैठकपछि नेपाली ...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x