×

NMB BANK
NIC ASIA

कर्णाली प्रदेश

प्रदेशसभा कामविहीन ! मुख्यमन्त्री र मन्त्रीहरू बधाई ग्रहणमै व्यस्त

माघ १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कर्णालीमा सत्तारुढ दलले प्राथमिकता निर्धारण गर्न नसक्दा प्रदेश सरकार र प्रदेश सभाले गति लिन सकेका छैनन् । मन्त्रिपरिषद् गठन भएको २० दिन बितिसक्दा समेत प्रदेश सरकार र प्रदेशसभा सञ्चालनको गति सुस्त छ । 

Muktinath Bank

पुस २७ गते नियुक्त भएका मुख्यमन्त्री राजकुमार शर्माले भोलिपल्ट २ मन्त्री नियुक्त गरेका थिए । माघ ११ गते मन्त्रिपरिषद्लाई पूर्णता दिएका उनले हालसम्म आफ्नो सचिवालय र सहयोगी टीम बनाउन सकेका छैनन् । मुख्यमन्त्रीको सचिवालयमा प्रमुख स्वकीय सचिव, स्वकीय सचिवहरू, पे्रस संयोजकका साथै विषयगत सल्लाहकारहरू नियुक्त गर्ने व्यवस्था छ तर मुख्यमन्त्री शर्माले कुनै पदमा नियुक्त गरेका छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यमन्त्रीले सचिवालय गठनमा बिलम्ब गर्दा मन्त्रीहरूले पनि सचिवालय निर्माणमा तदारुकता देखाउन सकेका छैनन् । मन्त्रिपरिषद्को हालसम्म एउटा बैठक मात्र बसेको छ । सामान्यतया मन्त्रिपरिषद्को पहिलो बैठकमा सरकारको प्रवक्ता तोक्ने प्रचलन भए पनि माघ १३ बसेको पहिलो बैठकले प्रवक्ताबारे निर्णय गरेन । 


Advertisment
Nabil box
Kumari

१ राज्यमन्त्रीसहित ८ सदस्यीय मन्त्रिमण्डलका सदस्यहरू नियुक्त भएको १ हप्ता बढी बितिसक्दा सम्मान र बधाई ग्रहण गर्नमै व्यस्त छन् । मन्त्रीलाई भेटेर बधाई दिनेहरूको भीडले मन्त्रालय र निवास खचाखच हुने गरेका छन् । नागरिक समाजका अगुवा एवं मध्यपश्चिम विश्वविद्यालयका पूर्व डीन पीताम्बर ढकाल केन्द्रीय सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलबीचको आपसी असमन्जस्यताका कारण त्यसको असर प्रदेशमा पनि परेको हुनसक्ने बताउँछन् ।

Vianet communication
Laxmi Bank

‘सरसर्ती हेर्दा प्रदेश सरकार र सत्तारुढ दलमा केही समस्या देखिँदैन, तैपनि प्रदेश सरकार कुहिरोको कागमा हराएझै भएको छ, सरकारले काम गर्नु त परै जाओस्, केही आशा जगाउने निर्णय गर्न सकेको छैन,’ उनले भने, ‘मुख्यमन्त्री र मन्त्रीहरूले महत्त्वपूर्ण समय खेर फालिरहेका छन् ।’

केन्द्रको राजनीतिको प्रभाव, राष्ट्रपति निर्वाचनका बेला निम्तिन सक्ने सम्भावित समीकरणले गर्दा प्रदेशस्तरमा केही प्रभाव परेको हुनसक्ने उनको भनाइ छ । सत्ता साझेदार दल एमाले सहमतिविपरीत माओवादी केन्द्रले राज्यमन्त्री नियुक्ति गरेकोमा असन्तुष्ट छ । एकातिर चालू खर्च घटाउन मन्त्रालयको संख्या घटाउने, अर्कोतिर मन्त्रीको संख्या थप्ने कुरामा संगति नमिलेको भन्दै एमाले नेताहरूले राज्यमन्त्री उर्मिला विकको शपथग्रहण कार्यक्रम बहिष्कार गरेका थिए । 

माओवादी केन्द्रको नेतृत्वमा गठित प्रदेश सरकारमा एमाले र राप्रपा साझेदार दल हुन् । राप्रपाले पनि मन्त्रालयमा दाबी गरेको थियो । सत्तारुढ मुख्य २ दल एमाले र माओवादी केन्द्रले राप्रपालाई सरकारमा समेटेनन् ।

प्रदेश सरकारले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउन सकेको छैन । जसले गर्दा कुन कामलाई प्राथमिकता दिने भन्नेमा मन्त्री र मन्त्रालयका उच्च कर्मचारीहरू अन्योलमा छन् । 

बिजनेश कुर्दै संसद

प्रदेश सरकार मात्र होइन, कर्णाली प्रदेशसभा पनि बिजनेशको पर्खाइमा छ । प्रदेश सरकारले प्रदेश सभालाई बिजनेश दिन सकेको छैन । प्रदेश सभामा संसदीय समिति गठनको गृहकार्य पनि थालिएको छैन । संसदीय बोर्डमा दलहरूले प्रमुख सचेतक, सचेतक लगायतका आवश्यक पदाधिकारी नियुक्त गर्नतर्फ चासो दिएका छैनन् । माघ ६ गतेयता प्रदेशसभा बैठक बस्न सकेको छैन । सभामुख/उपसभामुख निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिएपछि संसद बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो । 

सभामुख नन्दा गुरुङले पछिल्लोपटक बोलाएको सर्वदलीय बैठक पनि विना निष्कर्ष टुंगिएको थियो । बैठकमा नेपाली कांगे्रसले अघिल्लो सरकारले अघि सारेका विधेयकलाई अघि बढाउन प्रस्ताव राखेको थियो । प्रदेश सभाको पहिलो कार्यकालमा समितिमा छलफल भएका ११ विधेयक निष्क्रिय बनेका थिए । 

कर्णाली सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान विधेयक, प्रदेश प्रहरी सेवा सम्बन्धी विधेयक, प्रदेश निजामती सेवाको गठन, विद्युत् सेवा, पूर्वाधार विकास प्राधिकरण गठन, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय, शान्ति तथा पुनःस्थापना केन्द्र स्थापना, सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक छन् ।

सरकारले चाहेमा सर्वदलीय सहमति जुटाएर यी विधेयकलाई अघि बढाउन सक्छ तर एमाले–माओवादी केन्द्र सम्मिलित सरकारले अघिल्लो कांगे्रस–माओवादी केन्द्र, एकीकृत समाजवादी सरकारले अघि बढाएका विधेयक हुबहुँ अघि बढाउन तयार हुन्छ कि हुन्न चासोको विषय छ ।

सभामुखले बोलाएको सर्वदलीय बैठकमा प्रमुख विपक्षी दलका नेता एवं पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले छलफलबाट टुंगिएका विधेयकलाई प्रक्रिया पूरा गरेर अघि बढाउन प्रस्ताव राखेका थिए । कांगे्रस संसदीय दलका नेता शाही प्रदेशसभा बैठक बोलाउने, प्रदेश सभालाई बिजनेश दिने कुरा सरकारकै हातमा रहेको बताउँछन् । संसद बैठक कहिले बस्छ भन्ने अझै टुंगो छैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x