जेठ १८, २०८०
सुदूरपश्चिम प्रदेशसभा सदस्यले गेटा मेडिकल कलेजलाई विश्वविद्यालयको प्रारूपमा सञ्चालनको पहल गर्न सदनको ध्यानाकर्षण गराएका छन् । आज (बिहीवार) बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने सदस्यले नेपाल सरकार मन्त्रिपरि...
नागरिकता विवादमा सांसद पद खारेजसँगै गृहमन्त्री पनि गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीलाई सरकारबाटै फिर्ता गराउनेसम्मको तयारी गरेका छन् ।
गैरसांसदकै रुपमा आफूलाई गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई रविले पटकपटक दबाब दिंदै आएका थिए ।
बिहीबार बिहान पनि रवि प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । सो भेटमा पनि रविले आफूलाई गृहमन्त्री दिन दबाब दिएका थिए ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविजी बिहीबार बिहान पनि बालुवाटार आउनुभएको थियो । यसअघि जस्तै उहाँको कुरा त्यही गृहको नै हो’, बालुवाटार स्रोतले भन्यो, ‘प्रधानमन्त्रीबाट पहिले जस्तै अदालतको पूर्णपाठ आउन दिनुस् अनि एउटा टुंगोमा पुगौंल भन्ने जवाफ आएपछि उहाँ फर्किनुभएको थियो । त्यसपछि सामाजिक संजाललमा लेख्ने र पार्टीको बैठक बोलाउनेसम्मको तयारी गर्नुभएको होला ।’
प्रचण्डले सर्वोच्च अदालतले मुद्दामा पूर्णपाठ पनि नदिएको भन्दै हतार नगर्न भनेका थिए । तर प्रचण्डको जवाफ सकारात्मक नआएपछि फर्किएलगत्तै रविले सामाजिक संजालमा धम्कीपूर्ण रुपमा केही नगरे आजै मौनता तोड्ने चेतावनी दिएका थिए ।
'अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।ु लामिछानेले लेखेका थिए ।
रविले स्टाटस लेखेलगत्तै रास्वपाले आजै दिउँसो साढे ४ बजेलाई पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।
यही यो बैठकबाट पार्टीलाई सरकारबाट फिर्ता बोलाउनेसम्मको निर्णय गर्ने तयारीमा रास्वपा पुगेको छ ।
रविको नागरिकतामात्रै होइन अरू मन्त्रीका विषयमासमेत प्रश्न उठेपछि नयाँ पार्टीका रूपमा उदाएको रास्वपामाथि चौतर्फी दबाब परेको छ ।
यसअघि पनि रविले दुईपटक प्रधानमन्त्रीसँग भेट गरी आफूलाई गृहमन्त्रालयमा फर्काउन प्रधानमन्त्रीलाई दबाब दिएका थिए ।
तर प्रधानमन्त्री प्रचण्ड नागरिकता र पासपोर्ट विवादमा मुछिएका रविलाई तत्काल कुनै हालतमा गृह मन्त्री बनाउन तयार नभएका हुन् ।
सुदूरपश्चिम प्रदेशसभा सदस्यले गेटा मेडिकल कलेजलाई विश्वविद्यालयको प्रारूपमा सञ्चालनको पहल गर्न सदनको ध्यानाकर्षण गराएका छन् । आज (बिहीवार) बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने सदस्यले नेपाल सरकार मन्त्रिपरि...
नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमाथि प्रश्न गरेका छन् । भ्रमणको पहिलो दिन बुधवार भारतीय कर्मचारीसँग प्रचण्डको भेटवार्ता भएको सन्दर्भमा सामाजिक सञ्ज...
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बुधवार साँझ बुटवलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलको पुत्ला दहन गरेको छ । राष्ट्रपतिले विवादास्पद नागरिकता विधेयक...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै संघीय संसद् सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएका छन् । आर्थिक स्रोतको उचित उपयोग हुन नसक्ने भन्दै रास्वपाका ...
४ दिने औपचारिक भ्रमणको शिलशिलामा प्रधामनन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिल्लीमा भेटवार्ता शुरू गरेका छन् । बुधवार अपराह्न दिल्ली पुगेका प्रचण्डले पहिलो भेट प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाह...
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज बिहीवार भेटवार्ता हुँदैछ । औपचारिक भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड बुधवार भारतको नयाँदिल्ली पुगिसकेका ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...