×

NMB BANK
NIC ASIA

गृहका कारण टसल

फैसलाको पूर्णपाठ कुर्न भनिएको हो, रास्वपाले सरकार छाड्नुहुँदैन– प्रधानमन्त्रीका सल्लाहकार

माघ १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का राजनीतिक सल्लाहकार एवं नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा राखिरहन प्रयास भइरहेको बताएका छन् । उनले प्रधानमन्त्रीको अप्ठ्यारो बुझिदिन आग्रह समेत गरे ।

Muktinath Bank

रास्वपाले सरकार छाड्ने तयारी गरिरहेका बेला राजनीतिक सल्लाहकार गजुरेलले प्रधानमन्त्रीलाई सहज निर्णयको वातावरण बनाइदिन सो पार्टीसँग आग्रह गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रधानमन्त्रीलाई अप्ठ्यारो परेको छ, पब्लिकको कुरा पनि सुन्नुपर्‍यो, अदालतको कुरालाई पनि ध्यान दिनुपर्‍यो,’ गजुरेलले लोकातरसँग भने, ‘सर्वोच्चको पूर्णपाठ आएको छैन, अहिल्यै प्रधानमन्त्रीलाई निर्णयमा पुगिहाल भन्नु हतारो हुन्छ ।’


Advertisment
Nabil box
Kumari

तत्काल सरकारबाट बाहिरिने कुराले राम्रो म्यासेज नजाने राजनीतिक सल्लाहकार गजुरेलको भनाइ छ ।

Vianet communication
Laxmi Bank

‘सरकार अस्ति भर्खर बनेको हो, तत्काल सरकार छाड्ने कुराले राम्रो म्यासेज जाँदैन, तुरुन्तै गृहमन्त्री बनाउने कुराले पनि राम्रो म्यासेज जाँदैन,’ गजुरेलले लोकान्तरसँग भने । 

रास्वपा सभापति रवि लामिछानेले बिहीवार बिहान प्रधामनन्त्री प्रचण्डलाई भेटेर तत्काल गृहमन्त्री नियुक्त नगरे सरकार छाड्ने चेतावनी दिएका थिए ।

प्रचण्डले भने सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ कुर्न आग्रह गरेका थिए । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीवार नै विराटनगर पुगेर रविको पार्टीलाई गृहमन्त्री दिन सर्वोच्चको पूर्णपाठ कुर्नुनपर्ने बताएका थिए ।

सरकारबाट बाहिरिने या बसिराख्ने भन्ने निर्णय लिन रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक (आज) बिहीवार अपराह्न बस्दैछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x