चैत १३, २०७९
गायक कमल खत्रीले ‘सुनैको चुरा’ बोलको गीत सार्वजनिक गरेका छन् । सोमवार अपरान्ह सार्वजनिक गरिएको गीतमा उनकै शब्द एवं संगीत छ । रिकेश गुरुङले गीतको संगीत संयोजन गरेका छन् । ...
काठमाडाैं | माघ १९, २०७९
मिस नेपाल–२०२३ को आवेदन खुला गरिएको छ । द हिडन ट्रेजरले बिहीवार राजधानीमा एक कार्यक्रमको आयोजना मिस नेपालको नयाँ संस्करणबारे जानकारी दिएको हो ।
सहभागी हुन इच्छुकले चैत १ गतेसम्म आवेदन दिन सक्ने आयोजक हिडन ट्रेजरले जानकारी दिएको छ ।
आगामी जेठ १३ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा मिस नेपालको ग्राण्ड फिनाले हुनेछ ।
मिस नेपाल प्रतियोगितामा न्यूनतम ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्षका अविवाहित नेपाली नागरिकता सहित नेपाली पासपोर्ट भएका युवतीले आवेदन दिन सक्नेछन् । प्रतियोगीतामा भाग लिनका लागि आवेदन शुल्क लाग्ने छैन ।
गत वर्षको मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठले फिलिपिन्समा भएको मिस अर्थ २०२२ प्रतियोगितामा सहभागी भएकी थिइन् । जहाँ उनले बेस्ट इको भिडियो (एसिया) जितेकी थिइन् ।
मिस नेपाल इन्टरनेशनल २०२२ न्यान्सी खड्का जापानको टोकियोमा आयोजित मिस इन्टरनेशनल २०२२ मा सहभागी भएकी थिइन् ।
त्यस्तै मिस नेपाल वल्र्ड प्रियंका रानी जोशी मिस वल्र्ड २०२३ मा सहभागी हुने तयारीमा छिन् । मिस वल्र्ड २०२३ मे महिनामा आयोजना हुनेछ । मिस नेपाल वल्र्ड जोशीले यतिबेला राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट विभिन्न प्रशिक्षण लिइरहेकी छन् ।
यस वर्षको मिस नेपालमा पनि मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनल गरी तीन मुख्य विजेताहरु हुनेछन् ।
प्रतियोगीतालाई फराकिलो बनाउँदै यस पटक सातवटै प्रदेशमा अडिसन आयोजना गरिने द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकरले जानकारी दिए ।
गायक कमल खत्रीले ‘सुनैको चुरा’ बोलको गीत सार्वजनिक गरेका छन् । सोमवार अपरान्ह सार्वजनिक गरिएको गीतमा उनकै शब्द एवं संगीत छ । रिकेश गुरुङले गीतको संगीत संयोजन गरेका छन् । ...
गायक दुर्गेश थापासहित ३ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ । आफूमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले प्रहरी वृत्त महाराजगञ्जमा आइतवार उजुरी दिएका हुन् । रिदमले दुर्गेशसहित मोडल ओबी रायमाझी र सर्...
राजनीतिज्ञ तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालले चलचित्र ‘छक्कापञ्जा ४’ हेरेका छन् । आइतवार कीर्तिपुरस्थित ‘कीर्तिपुर सिनेप्लेक्स’ पुगेर उनीहरूले राजनीतिक विषयवस्तुमा न...
नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ आगामी दशैंको फूलपातीमा प्रदर्शनमा आउने घोषणा गरिएको छ । निर्माण टिमले शनिवार एक भिडियो सार्वजनिक गर्दै फिल्म प्रदर्शनका लागि दशैंको फूलपाती (कात्तिक ३ ...
नेपाली नयाँ वर्षको अवसर पारेर वैशाख १ गते एकैदिन ४ वटा नेपाली चलचित्र प्रदर्शनमा आउँदैछन् । जसमध्ये अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेका २ चलचित्र छन् । आफू अभिनीत दुई चलचित्र एकैदिन प्रदर्शनमा आउन...
यो मायालाई आजै हो देखेको देब्रे गाला चन्द्रमा लेखेको फूल मायामा न भूल आजैको देखेको, देब्रे गाला चन्द्रमा लेखेको फूल मायामा न भूल, ए फूल मायामा न भूल केही दिनयता चर्चामा छ यो गीत । टिकटकमा निक...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...