चैत १३, २०७९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख १० गते उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । आज पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा पदाधिकारी बैठकले तनहुँ–१,...
काठमाडाैं | माघ १९, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।
आज (बिहीबार) साँझ अबेसम्म करिब साढे चार घण्टा लामो समयसम्म बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि प्रवक्ता डा मुकुल ढकालले दुई दिनभित्र आफ्नो दलले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिनेसम्मको निर्णयमा पुग्ने जानकारी दिएका हुन् ।
‘सत्ता गठबन्धनबीच गृह मन्त्रालय हाम्रो पार्टीलाई दिने भनेको हो । हाम्रोमा हस्तक्षेप नहोस् भनका हौं । गृहको अडानबाट पछाडि हट्दैनौं । अन्य पार्टीले को पठाउने भन्ने होइन,’ ढकालले भने, ‘प्रधानमन्त्रीले गृहमन्त्रीको नाम पठाउनुस् भनेर पठाएपछि पार्टीले निर्णय गर्छ । शुक्रबार र शनिबारको समय छ । दुई दिन थप छलफल गरेर बसौं । दुई दिनभित्र राजनीतिक सहमततिका आधारमा इमानदारीता देखाएन भने पार्टीले जे निर्णय पनि लिन सक्छ ।’
बिहीबार नै सरकारबाट बाहिरिने तयारीमा रहे पनि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको फोन आएपछि आफूहरू रोकिएको उनले बताए ।
‘पार्टी बैठक बस्नु अगावै प्रचडको फोन, आयो । एमाले अध्यक्ष केपी ओलीको पनि फोन आयो । यो सबै गरेपछि बैठकलाई सन्देश पठाउनुभयो । दुवैले एउटै सन्देश पठाउनुभएको छ’, उनले भने, ‘समग्र परिस्थितिलाई ध्यान दिँदै दुवै जना नेताले दुई दिनको समय माग्नुभएको कारणले गर्दा हामी रोकियौं । उच्चस्तरीय संयन्त्रको बैठक पनि बस्ने र दुई दिनपछि आवश्यक निर्णय लिने र छलफललाई जारी राख्ने निर्णय गरेका छौं ।'
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख १० गते उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । आज पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा पदाधिकारी बैठकले तनहुँ–१,...
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिक अस्थिरता अन्त्य नगरेसम्म नेपालमा दीगो विकास र समृद्धि अगाडि बढ्न नसक्ने बताएका छन् । जिल्ला समन्वय समिति कास्कीको छौटौँ जिल्ला सभाम...
सरकार विस्तारका लागि भागबण्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । सोमवार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा प्रचण्डलाई भेट्न प्र...
राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका छन् । सोमवार काठमाडौंमा पूर्व मन्त्री स्व. नविन्द्रराज जोशीको शालिक अनावरण गर्दै उनले राजनीति समाज र जनताप्रतिको सेवाभा...
कोशी प्रदेश सरकारले पदमबहादुर लिम्बू (लाजेहाङ(को परिवारलाई ३ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । नामकरणको विरोधमा भएको प्रदर्शनमा चैत्र ५ गते उनी घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थ...
मधेशकेन्द्रित साना ४ दलले लोकतान्त्रिक मधेशी मोर्चा गठन गरेका छन् । मधेशकेन्द्रित साना दलहरू तराई–मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी र राष्ट्रिय सद्भावना पार्टीले सोमवार ल...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...