चैत १३, २०७९
गायक दुर्गेश थापासहित ३ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ । आफूमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले प्रहरी वृत्त महाराजगञ्जमा आइतवार उजुरी दिएका हुन् । रिदमले दुर्गेशसहित मोडल ओबी रायमाझी र सर्...
काठमाडाैं | माघ १९, २०७९
अभिनेता जितु नेपालले ‘ह्यारी कि प्यारी’ चलचित्रलाई आफ्नो जीवनकै कोशेढुंगा भनेका छन् ।
चलचित्र प्रदर्शनको पूर्वसध्न्यामा बिहीवार बेलुका फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै उनले भने – ‘भोलिका दिनमा म आफैले चलचित्र बनाएँ वा अरु कोही निर्देशकले मलाई लिँदा पनि यस किसिमको रोल पाउँदिन् । यो मेरो जीवनकै कोशेढुंगा हो ।’
अभिनेता जितुले चलचित्र प्रदर्शनमा आउँदै गर्दा मुटु ढुकढुक गरेको बताए । पहिले–पहिले मुख्य भूमिका पाइएन् (हिरो भइएन्) भन्ने चिन्ता भएको स्मरण गर्दै उनले अगाडि भनेका छन्, ‘अहिले हिरो भइयो । फेरि चल्ला कि नचल्ला भन्ने चिन्ता भयो ।’
प्रिमियरमा सबैबाट पाएको सकारात्मक प्रतिक्रियाले भने उत्साहित बनाएको उनले भनेका छन् । पहिले ‘मुन्द्रे’ बनेर दर्शकहरुको घरघरमा आएकोमा अहिले ‘ह्यारी’ बनेर फरक खालको भूमिकामा हलहलमा आएको उनले बताएका छन् ।
‘प्रिमियरमा कतिले जितुले रुवायो भन्नुभयो । वास्तवमा चलचित्र हेरेर निस्किएपछि सबैजनाको आँखा रसाउँछ’ उनले भनेका छन्, ‘जितुले रुवाउँछ भन्दा बडो अचम्म लाग्छ । फेरि जितुको हिरोइन साम्राज्ञी भन्दा त्यो पनि अचम्म लाग्छ । कसरी यिनिहरुको लभ पर्ला ? त्यो पनि अचम्म लाग्छ । त्यसकारण केही फरक र अलिकति अचम्म अवश्य लाग्छ ।’
उनले एउटा राम्रो चलचित्र बनेको बताउँदै हेरिदिन दर्शकहरुमा आग्रह गरेका छन् ।
उनले आफूसहित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अर्का अभिनेता विजय बरालसहित हलहलमा पुग्ने र दर्शकहरुसँग भेट्ने समेत बताएका छन् ।
डा. भोला रिजालको निर्माण रहेको चलचित्रलाई उनका जेठा छोरा डा. कपिल रिजालले लेखन एवं निर्देशन गरेका हुन् । चलचित्र शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको हो ।
गायक दुर्गेश थापासहित ३ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ । आफूमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले प्रहरी वृत्त महाराजगञ्जमा आइतवार उजुरी दिएका हुन् । रिदमले दुर्गेशसहित मोडल ओबी रायमाझी र सर्...
नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ आगामी दशैंको फूलपातीमा प्रदर्शनमा आउने घोषणा गरिएको छ । निर्माण टिमले शनिवार एक भिडियो सार्वजनिक गर्दै फिल्म प्रदर्शनका लागि दशैंको फूलपाती (कात्तिक ३ ...
दर्शकमाझ प्रतीक्षित मानिएको नेपाली फिल्म ‘परदेशी २’ आगामी दशैँमा प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले एक भिडियो सार्वजनिक गर्दै २०८० सालको विजया दशमीमा फिल्म प्रदर्शनमा ल्याउने घोषणा गरेक...
फागुनको १९ गतेबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘छक्का पञ्जा ४’ ले नेपालमा मात्र नभइ विदेशमा समेत राम्रो कमाई गरेको छ । नेपालमा शुक्रवारदेखि चौथो सातामा प्रदर्शनरत चलचित्रले १८ करोड हाराहारी क...
यो मायालाई आजै हो देखेको देब्रे गाला चन्द्रमा लेखेको फूल मायामा न भूल आजैको देखेको, देब्रे गाला चन्द्रमा लेखेको फूल मायामा न भूल, ए फूल मायामा न भूल केही दिनयता चर्चामा छ यो गीत । टिकटकमा निक...
झरनाको चिसो पानी मैयाँ, डाँडामुनी ताल पर्यो राम्री त तिमी राम्री मैयाँ, मलाई किन गाल पर्यो राम्री त तिमी राम्री मैयाँ, मलाई किन गाल पर्यो यो हिट गीत नसुन्ने सायदै होलान् । गीतका रचनाकार सुरेश अधिकारीकै...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...