×

Nic Asia
Dabur
Prabhu Bank

बाँकेबाट पक्राउ परेका सांसद चौधरी धनगढी जिप्रकामा

कैलाली | माघ २०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

बाँकेबाट बिहीबार पक्राउ परेका कैलाली २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीलाई हवाईजहाजबाट धनगढी ल्याइएको छ । नेपालगन्जबाट जहाजमै काठमाडौं लगिएका उनलाई त्यहाँबाट श्रीएयरलाइन्सको जहाजमा धनगढी ल्याइएको हो । उनको साथमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवम प्रतिनिधि सभा सदस्य रन्जिता श्रेष्ठ चौधरी पनि धनगढी आएकी छ्न् । 

yONNEX
IME BANK INNEWS

दुबै जना जिल्ला प्रहरी कार्यालयमा रहेको अध्यक्ष श्रेष्ठले जानकारी गराइन् । १३ वर्ष अगाडि २०६६ मा थरुहट आन्दोलनको क्रममा ट्रयाक्टर जलाइएको घट्नामा प्रतिनिधि सभा सदस्य चौधरीसहित तीन जनालाई दोषी ठहर गरी कैलाली जिल्ला अदालतले ६ महिना जेल सजाय र जरिवाना सुनाएको थियो । सोही सजाय भुक्तानका लागि चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यद्यपि, अदालतको फैसला सरकार र आन्दोलरत थरुहट पक्षको सहमति विपरित रहेको नागरिक उन्मुुक्ति पार्टीले जनाएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

आन्दोलनको क्रममा लगाइएको सबै मुद्दा फिर्ता लिने र तत्काल आन्दोलन रोक्ने दुबै पक्षबीच २०६९ जेठ १० गते सहमति भएको थियो । अदालतले भने २०७० मा फैसला गरेर दोषी ठहर गरेको थियो । सो पार्टीले पक्राउ परेका सांसद चौधरीलाई अविलम्ब रिहाइको माग गरेको छ । 


Advertisment
Lokantar App
Saurya island
Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत १३, २०७९

 वैशाख १० गते हुने तय भएको उपनिर्वाचनमा बारा २ बाट नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेको छ । कांग्रेस जिल्ला कार्यसमितिले पूर्वसंविधान सभा सदस्य राधेचन्द्र यादवको एकल नाम सिफारिस गरेको हो ।  ...

चैत १३, २०७९

मधेस केन्द्रित साना दलहरूले आपसी सहकार्य गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा गठन गरेका छन् । आज जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी तराई–मधेस लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनत...

चैत १३, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख १० गते उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । आज पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा पदाधिकारी बैठकले तनहुँ–१,...

चैत १३, २०७९

कोशी प्रदेश सरकारले पदमबहादुर लिम्बू (लाजेहाङ(को परिवारलाई  ३ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । नामकरणको विरोधमा भएको प्रदर्शनमा चैत्र ५ गते उनी घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थ...

चैत १३, २०७९

कास्की ।  गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिक अस्थिरता अन्त्य नगरेसम्म नेपालमा दीगो विकास र समृद्धि अगाडि बढ्न नसक्ने बताएका छन् ।  जिल्ला समन्वय समिति कास्कीको छौटौँ जिल्ला सभाम...

चैत १३, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्री बनेपछि आफू सोह्रश्राद्धको बाहुनजस्तो भएको बताउनुभएको छ ।  आइतवार काठमाडौंमा आयोजित अमिन नेसनल म्युजिक अवार्डको कार्यक्रमलाई सम्बोधन गर्दै उनल...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x