चैत १४, २०७९
उच्च अदालत पाटनले रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर), नेपाल कमर्श क्याम्पस र पाटन संयुक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन अन्तरिम आदेश जारी गरेको छ । आज उच्च अदालत पाटनका न्यायाधीश जगदीश...
चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय सौराहास्थित घडियाल प्रजनन केन्द्रमा हुर्काइएका २० घडियाल गोही प्राकृतिक बासस्थानमा छाडिएको छ ।
विश्व सिमसार दिवसको अवसर पारेर निकुञ्जले बिहीबार दुई भाले घडियाल तथा १८ पोथी घडियाल राप्ती नदीमा छाडेको हो । प्राकृतिक बासस्थानमा छाडिएको घडियालमध्ये तीन वटा छ वर्ष उमेरका रहेका निकुञ्जका सहायक संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दि\ए । बाँकी १७ घडियाल गोही सात वर्ष उमेरका रहेको उनले बताए ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जले हालसम्म जम्मा एक हजार सात सय १२ गोही प्रकृतिक बासस्थानमा छाडेको छ । “यो भन्दा पहिला राप्ती नदीमा नौ सय ७२, नारायणी नदीमा चार सय १९, कालीगण्डकी नदीमा ३५, सप्तकोसी नदीमा एक सय १५, कर्णाली नदीमा ४१ र बबई नदीमा एक सय १० गरी जम्मा एक हजार छ सय ९२ गोही हामीले छाडिसकेका छौँ”, उनले भने, “बिहीबार छाडिएको २० गोहीसहित अहिलेसम्म हामीले एक हजार सात सय १२ गोहीलाई प्राकृतिक बासस्थानमा छोडेका छौँ ।”
तिवारीले सङ्कटापन्न अवस्थाका गोही प्रकृतिक बासस्थानमा छाडेपछि उनीहरूको अवस्थाबारे निकुञ्जले अनुगमन गर्ने गरेको भए पनि राष्ट्रियस्तरबाट अनुगमन हुनुपर्ने बताए । “घडियाल गोहीले लामो दूरी विचरण गर्ने गरेको हामीले पाएका छौँ”, तिवारीले भने, “नारायणी तथा राप्तीमा छाडिएका घडियाल घुम्दैफिर्दै भारत हुँदै कोसीसम्म पुग्न सक्ने देखिन्छ ।” नदीबाट बग्दै जाँदा गण्डक ब्यारेज कटेर भारततर्फ पसेपछि नारायणी नदीमा घडियाल फर्किनसक्ने अवस्था नभएको उनले बताए ।
घडियाल गोही अहिले नेपाल र भारतमा मात्रै पाइने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र न्यौपानेले बताए । प्राकृतिक बासस्थानमा गोहीले फूल पारेर बच्चा निकाल्न असुरक्षित हुने गरेपछि निकुञ्जले नदी किनारबाट गोहीका अण्डा टिपेर निकुञ्जको प्रजनन केन्द्रमा लगेर अण्डाबाट प्रजनन गराउने र बच्चा हुर्काउने गरेको उनको भनाइ छ । यसरी हुर्किएका गोहीलाई छ वर्षको उमेर भएपछि प्राकृतिक बासस्थानमा लगेर छाड्ने गरिएको आचार्यले बताए । रासस
उच्च अदालत पाटनले रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर), नेपाल कमर्श क्याम्पस र पाटन संयुक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन अन्तरिम आदेश जारी गरेको छ । आज उच्च अदालत पाटनका न्यायाधीश जगदीश...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ७५ हजार रुपैयाँ घुस रकमसहित २ जनालाई पक्राउ गरेको छ। काठमाडौंको नापी कार्यालय मनमैजुमा सेवाग्राहीबाट लेखापढी व्यवसायीमार्फत घुस रकम लिइरहेको अवस्थामा नापी सर्वेक्ष...
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण गण्डकी र कोशी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाल...
सरकारले मिटरब्याजलाई कारबाही गर्ने गरी कानून बनाउने निर्णय गरेको छ । मिटर ब्याजलाई अपराध घोषणा गरेर मुलुकी अपराध संहितामा संशोधन गर्ने निर्णय मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको छ । मिटरब्याजलाई अ...
सर्वोच्च अदालतले न्यायाधीशको दरबन्दी रिक्त हुँदा सेवाग्राहीलाई समयमै न्याय दिन नसकेको बताएको छ। मंगलवार सर्वोच्च अदालतले पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतमा न्यायाधीशको आवश्यक दरबन्दी नहुँदा न्याय सम्पादन...
मधेश प्रदेशमा मन्त्रालयहरूको नाम परिवर्तन भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित हाल ११ वटा मन्त्रालय छन्। मधेश प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाहेक अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा पर्य...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...