×

Nic Asia
Dabur
Prabhu Bank

दमकका भूमिहीनले धनीपुर्जा पाएपछि भए खुसी

झापा | माघ २०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

झापाको दमक –१० आमबाडीका अमर विश्वकर्माले ८१ वर्षको उमेरमा जग्गाको मालिक बनौँला भन्ने आशा गर्नै छोडिसकेका थिए । श्रीमती पवित्रासहित पाँच छोराका धनी विश्वकर्मा यो उमेरसम्म जग्गाको धनी भने हुनै सकेका थिएनन् । आफू वर्षौँदेखि बसिआएको आमबाडीको त्यो जग्गा श्रीमती पवित्रा विश्वकर्माको नाममा आएपछि विश्वकर्मा परिवारमा पहिलो पटक खुसी भित्रिएको छ । चार दशकदेखि ती दलित दम्पती परिवार सुकुम्बासीका रूपमा बस्दैआएका थिए । 

yONNEX
IME BANK INNEWS

बिहीबार दमक –१० को वडा कार्यालयमा दमक नगरपालिकाले आयोजना गरेको दलित भूमिहीन, भूमिहीन तथा अव्यवस्थित बसोबासीको जग्गा धनीपुर्जा वितरण कार्यक्रममा विश्वकर्मा दम्पतीको फोटो टाँस गरिएको जग्गा धनीपुर्जा हात परेपछि खुसीले हर्षविभोर भए । बुढेसकालमा आफूहरूले पाएको जग्गाको मालिक बन्ने सपना पूरा भएको दम्पतीले सुनाए । उनीहरुले एकै स्वरमा भने, “जीवनमा यो भन्दा ठूलो खुसी अरु के हुन्छ र ?”


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

भूमि आयोगका राष्ट्रिय अध्यक्ष केशव निरौलाको हातबाट जग्गाधनी प्रमाण पुर्जा ग्रहण गरेका विश्वकर्मा दम्पतीजस्तै सोही वडाकी सञ्चमाया लिम्बूलाई पनि १५ धुर एक पावा जग्गाको धनीपुर्जा हात पर्दा मन उसैगरी खुसीले गद्गद भएको छ ।

विश्वकर्मा र सञ्चमायाजस्तै सोही ठाउँका ६३ वर्षीय कालीचन्द्र दास पनि यो उमेरमा आएर आफूले बसोबास गरिरहेको जग्गाको स्वामित्व आफ्नै नाममा आउँदा उस्तै खुसीले रमाए । उनीहरूजस्तै सो वडाका कुल २७ परिवारलाई बिहीबार राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष निरौलाको प्रमुख उपस्थितिमा जिल्लामा क्रियाशील तिलकसिंह पाण्डे नेतृत्वको राष्ट्रिय भूमि आयोगले नापजाँच यकिन गरी जग्गाको धनीपुर्जा प्रमाणपत्र वितरण गरेको हो ।


Advertisment
Lokantar App
Saurya island

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको अध्यक्षतामा आयोजित सो धनीपुर्जा वितरण कार्यक्रममा नगरप्रमुख थापा र उपप्रमुख रेगिना भट्टराईले आफूहरूले चुनावताका जनताका घरदैलोमा पुगेर गरेको वाचामध्येको पहिलो प्राथमिकता भूमिहीनलाई जग्गा धनीपुर्जा दिलाउने नै भएको बताए । 

दमक–१० का वडाध्यक्ष राजेन्द्रप्रसाद भण्डारीले सो वडामा जग्गा धनीपुर्जाका लागि आवेदन गरेका छ सय बढी आवेदनमाथि आयोगले छानविन गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेर धनीपुर्जा उपलब्ध गराइरहेको बताए । उनले भने, “वडाले हालसम्म भएका अनेकौँ प्रयत्न सफल नहुँदा जग्गाको स्वामित्व पाउन नसकेका भूमिहीनको समस्यालाई वडा कार्यालयले नजिकैबाट बुझेको र जिल्लास्थित भूमि आयोगले समेत सक्रियतापूर्वक काम गर्दा सात महिनामा नै जग्गाधनी पुर्जा दिलाउन सफल भएका छौँ ।”

Vianet communication

उनले आवेदन गरेका अन्य आवेदकलाई समेत यथाशीघ्र धनीपुर्जा दिलाउन आफू प्रयत्नशील रहेको बताए । सो अवसरमा आयोगको जिल्ला नेतृत्व, नगरस्तरीय जग्गा धनीपुर्जा प्राप्ति सहजीकरण समितिलाई विशेष धन्यवाद प्रकट गरिएको थियो । रासस

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत १३, २०७९

सहुलियत दरमा ऋणको व्यवस्था गर्नुपर्ने माग गर्दै मिटर ब्याज पीडितले आज प्रदर्शन गरेका छन् । मिटर ब्याज पीडित सङ्घर्ष समितिको नेतृत्वमा आयोजित प्रदर्शनमा उनीहरुले मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने, मिटर ब्याजविरुद्ध कान...

चैत १३, २०७९

नेपाल सरकारले चालू आर्थिक वर्षको बजेटको बुँदा नं १४१ मा व्यवस्था गरेको मिर्गौला पीडितलाई डाइलासिसका लागि मासिकरूपमा रु पाँच हजार दिने व्यवस्था सबै स्थानीय तहमा कार्यान्वयनको माग गरिएको छ । मिर्गौलापीड...

चैत १३, २०७९

नेपाल बार एसोसिएसनले राज्यको प्रमुख अङ्गका रुपमा रहेको न्यायपालिकाको नेतृत्वको मर्यादाक्रममा ल्याइएको फेरबदल शक्ति पृथकीकरणको सिद्धान्त, संविधानको मर्म र प्रचलन विपरीत रहेको ठहर छ । बारका महासचिव अन्जिता खनाल...

चैत १३, २०७९

पूर्वी नवलपरासीको विनयीत्रिवेणि गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा बम फेला परेका नौवटा बमलाई आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरास...

चैत १३, २०७९

नेपालमा प्रतिलाखमा एक सय ५१ जना आमाको मृत्यु हुने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले संयुक्तरूपमा नेपालमा पहिलो पटक राष्ट्रिय जनगणनासँगै ...

चैत १३, २०७९

बुर्किना फासोको सरकारले सोमबार फ्रान्सेली टेलिभिजन च्यानलहरूले अल-कायदा इन द इस्लामिक मगरेब (एक्यूआईएम) का एक नेतासँग गरेको अन्तर्वार्तापछि फ्रान्स २४ को प्रसारण निलम्बन गर्न आदेश दिएको छ। सरकारका प्रवक्ता जीन-इम...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x