×

Nic Asia
Dabur
Prabhu Bank

ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन

जाजरकोट | माघ २०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

बारेकोट गाउँपालिकामा १५ शैयाको अस्पतालका निर्माणका लागि शिलान्यास गरेको १८ महिना पुग्यो । तर अहिलेसम्म जग पनि खनिएको छैन । गाउँपालिका, कर्मचारी र ठेकेदार कम्पनीको लापरवाहीका कारण भवन निर्माण हुन नसकेको हो । यी तीन वटै निकायबीच अस्पतालको भवन निर्माणमा गोलमाल भएको छ । 

yONNEX
IME BANK INNEWS

गाउँपालिकाको दाबीअनुसार ठेकेदार कम्पनी (खानी र धुलिखेल र जेके बिल्डक्स जेभी) को लापरवाहीका कारण अस्पतालको भवन निर्माणमा ढिलाइ भएको हो । भवन निर्माणमा जग्गाको समस्या बताउँदैआएको ठेकेदार कम्पनीले भने दुई चरणमा गरी साढे दुई करोड बढी रकम लिइसकेको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

पन्ध्र शैयाको अस्पताल निर्माणका लागि निर्माण व्यवसायीले पहिलो चरणमा रु ८० लाख रकम पेश्की र दोस्रो चरणमा थप रु एक करोड ८१ लाख पेश्की लिइसकेको छ । सम्झौताअनुसार कुल लागतको दश प्रतिशत बजेट अग्रिम पेश्की लिएको हो । साढे दुई करोड बढी रकम लिइसकेको ठेकेदारले भने गाउँपालिकाले जग्गा उपलब्ध गराउन नसकेका कारण भवन निर्माणमा ढिलाइ भएको दाबी गरेको छ ।

गाउँपालिकाले जग्गा नदिएर भवन बनाउन अवरोध गरेको ठेकेदारले दाबी गरेको छ । पन्ध्र शैयाको अस्पताल भवन बनाउन करिब ११ कठ्ठा जग्गा आवश्यक हुन्छ । तर हालसम्म लिम्सा स्वास्थ्यचौकीको नाममा चार रोपनी मात्र जग्गा रहेको छ । भवन निर्माण गर्न अस्पतालकै नाममा जग्गा धनीपुर्जा हुनुपर्ने कानुनी व्यवस्था रहेको छ । जसले गर्दा भवन निर्माणमा थप ढिलाइ भएको हो ।


Advertisment
Lokantar App
Saurya island

स्थानीय तहको हचुवाको निर्णयले अस्पताल निर्माणमा थप समस्या आएको ठेकेदारको भनाइ छ । तत्कालीन गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले अस्पतालको जग्गा प्राप्त नगरी भवन निर्माणको बोलपत्र गराएका थिए । तर गाउँपालिकाले भने ठेकेदारकै कारण भवन निर्माणमा ढिलाइ भएको जनाएको छ । 

भवन निर्माणका लागि जग्गाको खासै समस्या नभएको बारेकोट गाउँपालिका उपाध्यक्ष निशान गिरीले बताए । “अस्पताल भवन बनाउन पर्याप्त जग्गा छ”, उनले भने, “तर ठेकेदारले तीनपटक म्याद थप गर्दासमेत काममा चासो दिएन”, ठेकेदारको लापरवाहीका कारण काम हुन नसकेको उनको दाबी छ । कर्मचारीहरू ठेकेदारसँग मिलेर भवन निर्माणमा थप ढिलाइ गरेको उपाध्यक्ष गिरीले बताए । 

Vianet communication

यता स्वास्थ्य शाखा प्रमुख रामबहादुर रोकाय सार्वजनिक जग्गा पर्याप्त नभएका कारण भवन निर्माणमा ढिलाइ भएको बताए । गाउँपालिकाले यही पुस २८ गते स्वास्थ्यको भवन निर्माणका लागि जग्गा व्यवस्थापनका लागि विद्यालयको जग्गा प्राप्ति गर्ने निर्णय गरेको उनले बताए । 

लिम्सामा १५ शश्याको अस्पतालको भवन निर्माणका लागि रु २३ करोड बजेट लागत अनुमान गरिएको थियो । ठेकेदारले घटेर रु १८ करोड ३९ लाख ४९ हजार दुई सय छ मा निर्माणको ठेक्का लिएको गाउँपालिकाका इञ्जीनियर केशव श्रेष्ठले बताए । 

भवन निर्माणका लागि गाउँपालिकाले विसं २०७८ असार १४ गते ठेकेदारसँग सम्झौता गरेको थियो । सम्झौतामा दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने उल्लेख छ । तर सम्झौता अवधि सकिन पाँच महिनामात्र बाँकी रहँदा भवन निर्माणको सुरुआतसमेत हुनसकेको छैन । तत्कालीन वन तथा वातारणमन्त्री शक्तिबहादुर बस्नेतले अस्पतालको भवनको शिलान्यास गरेका थिए । रासस

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत १३, २०७९

नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत कावासोती क्षेत्रमा कालोपत्रे गरिँदै । गत साउन महिनाभित्रै सक्ने गरी चार वर्षअगाडि बिस्तार थालिएको उक्त सडकको काम बल्ल २७ प्रतिशत सकिएको छ । तस्बिरः विष्णुप्रसाद गौडेल/रासस

चैत १३, २०७९

नेपाल प्रहरीले मानव बेचबिखनमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौँका विभिन्न बार, क्लब, क्याफे, दोहोरी साँझमा काम गर्ने नौजना युवतीलाई भारतको नयाँदिल्लीस्थित विभि...

चैत १३, २०७९

बुर्किना फासोको सरकारले सोमबार फ्रान्सेली टेलिभिजन च्यानलहरूले अल-कायदा इन द इस्लामिक मगरेब (एक्यूआईएम) का एक नेतासँग गरेको अन्तर्वार्तापछि फ्रान्स २४ को प्रसारण निलम्बन गर्न आदेश दिएको छ। सरकारका प्रवक्ता जीन-इम...

चैत १३, २०७९

नेपाल बार एसोसिएसनले राज्यको प्रमुख अङ्गका रुपमा रहेको न्यायपालिकाको नेतृत्वको मर्यादाक्रममा ल्याइएको फेरबदल शक्ति पृथकीकरणको सिद्धान्त, संविधानको मर्म र प्रचलन विपरीत रहेको ठहर छ । बारका महासचिव अन्जिता खनाल...

चैत १३, २०७९

जिल्लामा तोरीको उत्पादन बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र चितवनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा तोरी खेती गर्ने जमिनका क्षेत्रफलमा वृद्धि भएसँगै उत्प...

चैत १३, २०७९

नेपालमा प्रतिलाखमा एक सय ५१ जना आमाको मृत्यु हुने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले संयुक्तरूपमा नेपालमा पहिलो पटक राष्ट्रिय जनगणनासँगै ...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x