चैत १४, २०७९
प्रजातिको जङ्गली सङ्ख्यालाई बढाउने उद्देश्यले कृत्रिम नस्लका करिब २३ हजार चिनियाँ स्टर्जनहरूलाई मङ्गलबार याङ्त्जे नदीमा छाडिएको छ । चिनियाँ वन्यजन्तु संरक्षण संघ र अन्य अनुसन्धान संस्थाहरूले मध्य ची...
निकै उचाइबाट जासूसी गर्न मिल्ने एक चिनियाँ बलून अमेरिकी आकाशमा केही दिनयता उडिरहेको पाइएपछि त्यसको ट्य्राकिङ गर्न थालिएको अमेरिकी रक्षा अधिकारीहरूले बताएका छन् ।
रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता ब्रिगेडियर जनरल प्याट्रिक राइडरले उक्त बलून उत्तर अमेरिकामा आइपुगेपछि कैयौं दिनदेखि त्यसमा निगरानी गरिरहेको जानकारी दिए । बलून यात्रुवाहक विमानहरूको उडानभन्दा निकै माथि उडिरहेको र त्यसले जमीनमा रहेका मानिसलाई कुनै सैन्य वा भौतिक जोखि नतेर्स्याएको उनको भनाइ छ ।
उक्त बलूनलाई गोली हानेर खसाउनका लागि राष्ट्रपति जो बाइडनलाई सैन्य अधिकारीहरूले सल्लाह दिएनन् किनकि त्यसबाट झरेको फोहरले जमीनमा रहेका मानिसलाई सुरक्षा जोखिम हुन सक्छ ।
‘निकै उचाइको यो जासूसी बलून चीनकै हो भन्नेमा हामी विश्वस्त छौं,’ अमेरिकाका एक वरिष्ठ रक्षा अधिकारीले सीएनएनलाई बताए । ‘विगतमा पनि यस्ता किसिमका गतिविधि हुने गरेका थिए,’ उनले थपे ।
बलून उडिरहेको दिशाले यसलाई अनेकौं संवेदनशील स्थलमा गएको देखाएपनि यसबाट सूचना संकलनको जोखिम नरहेको ती अधिकारीको भनाइ छ । सूचना संकलनको दृष्टिकोणबाट यो बलूनको अतिरिक्त मूल्य एकदमै सीमित रहेको उनको कथन छ ।
तैपनि संवेदनशील सूचनाको संकलन कुनै विदेशीले गरेकोमा त्यसका विरुद्ध अमेरिकाले कदम चाल्ने गरेको ती अधिकारी बताउँछन् । बलूनलाई निगरानीमा राखिरहने उनको भनाइ छ ।
प्रजातिको जङ्गली सङ्ख्यालाई बढाउने उद्देश्यले कृत्रिम नस्लका करिब २३ हजार चिनियाँ स्टर्जनहरूलाई मङ्गलबार याङ्त्जे नदीमा छाडिएको छ । चिनियाँ वन्यजन्तु संरक्षण संघ र अन्य अनुसन्धान संस्थाहरूले मध्य ची...
अमेरिकाको क्रिस्चियन स्कूलमा अन्धाधुन्ध फायरिङ हुँदा ३ बालबालिकासहित ७ जनाको मृत्यु भएको छ । घटनामा कैयौ व्यक्ति गम्भीर घाइते भएका छन् । घटनामा २८ वर्षीया युवतीको संलग्नता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जना...
तिब्बती धर्मगुरु दलाई लामाले अमेरिकामा जन्मेका मंगोलियन मूलका आठ वर्षे बालकलाई दशौं खाल्खा जेत्सुन धम्पा रिन्पोछेको मान्यता दिएका छन् । त्यो पद तिब्बती बौद्ध धर्ममा दलाई लामा र पन्चेन लामापछि तेस्रो सबभन्द...
भारतको आम आदमी पार्टीले ‘मोदी हटाओ, देश बचाओ’ नारा सहितको पोस्टर ११ वटा भाषामा सार्वजनिक गरेको छ । यी पोस्टरहरू देशभरि बिहीवार टाँसिनेछ । पाँच दिनअघि पार्टीले दिल्लीको जन्तर ...
भारतको उत्तर प्रदेशको बान्दामा काका–भतिजीबीच ‘लभ’ परेपछि आक्रोशित आफन्तले गोली प्रहार गरेको घटना सार्वजनिक भएको छ । भतिजी गरगहना र नगद रुपैयाँ लिएर काकासँग भागेकी थिइन् । त्यसपछि आफन्तले...
तिब्बतले नडगमगाइकन राष्ट्रिय सुरक्षाको जगेर्ना गर्ने, पृथक्तावादविरुद्धको लडाइँ चर्काउने अनि सामाजिक सुशासनको क्षमतालाई आधुनिक बनाउने त्यहाँका एक वरिष्ठ अधिकारीले बताएका छन् । सिन्ह्वा समाचार संस्थामा छाप...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...