×

Nic Asia
Dabur
Prabhu Bank

अमेरिकामा जलिरहेको कारबाट यसरी जोगाइयो व्यक्तिलाई (भिडियो)

काठमाडाैं | माघ २०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

अमेरिकाको लास भेगासमा अघिल्लो शुक्रवार एउटा कार सडकको बीचमा रहेको ताडको रुखमा ठोकिएको थियो । 

yONNEX
IME BANK INNEWS

त्यही बेलामा जस्टिन माउसर र उनकी पत्नी बाटोमा हिँडिरहेका थिए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

ठोकिएको कारबाट कोही पनि बाहिर ननिस्केको उनीहरूले विचार गरे । 

लास भेगास बुलेभार्डमा बीएमडब्ल्यू कारबाट धूवाँ निस्केको देखेपछि माउसरले कार चालकलाई बाहिर निकाल्न कोशिश गरेका थिए । 


Advertisment
Lokantar App
Saurya island

लास भेगास मेट्रोपोलिटन पुलिस डिपार्टमेन्टले जारी गरेको भिडियोमा देखिएअनुसार, माउसर र अन्यले कारको ढोका खोलेर चालकलाई बाहिर निकाल्न प्रयास गरे । 

‘सडकपारि मानिसहरू कारमा अझै पनि आगो लागेको छ भनिरहेका थिए,’ माउसरले भने, ‘तर आगो धेरै फैलिन पाएको छैन भन्ने देखेपछि मैले बचाउनका लागि कोशिश गरें ।’

Vianet communication

माउसर र लास भेगास प्रहरीका एक अधिकृतले बेहोश भएका चालकलाई सीटबाट बाहिर निकालेका थिए । कारमा हुरुरु आगो लाग्नुअघि उनीहरूले चालकलाई बाहिर निकाल्न सफलता पाएका थिए । 

घटनामा माउसरलाई कुनै चोट लागेन भने प्रहरी अधिकृतलाई धूवाँ निलेकोमा अस्पताल लगिएको थियो । 
 

hAMROPATRO BELOW NEWS
JYOTI
Maruti inside
TATA Below
चैत १४, २०७९

भारतको आम आदमी पार्टीले ‘मोदी हटाओ, देश बचाओ’ नारा सहितको पोस्टर ११ वटा भाषामा सार्वजनिक गरेको छ ।  यी पोस्टरहरू देशभरि बिहीवार टाँसिनेछ ।  पाँच दिनअघि पार्टीले दिल्लीको जन्तर ...

चैत १४, २०७९

चन्द्रमामा नयाँ र नवीकरणीय पानीको स्रोत भेटिएको र पछि त्यहाँ बस्ती बसाउन सहज हुने चिनियाँ वैज्ञानिकहरूले बताएका छन् ।  सन् २०२० मा चीनले चन्द्रमाबाट ल्याएको माटोमा साना शीशाका दाना थिए र तिनमा पानी थि...

चैत १३, २०७९

अफगानिस्तानको विदेश मन्त्रालयतर्फ जाने सुरक्षा चौकी नजिकै सोमबार भएको आत्मघाती आक्रमणमा कम्तीमा छ जना सर्वसाधारणको मृत्यु हुनाका साथै तीन तालिबानी सुरक्षा बलका कर्मचारीहरू सहित अन्य धेरै थुप्रै घाइते भएका छन् ।&n...

चैत १४, २०७९

तिब्बती धर्मगुरु दलाई लामाले अमेरिकामा जन्मेका मंगोलियन मूलका आठ वर्षे बालकलाई दशौं खाल्खा जेत्सुन धम्पा रिन्पोछेको मान्यता दिएका छन् ।  त्यो पद तिब्बती बौद्ध धर्ममा दलाई लामा र पन्चेन लामापछि तेस्रो सबभन्द...

चैत १४, २०७९

तिब्बतले नडगमगाइकन राष्ट्रिय सुरक्षाको जगेर्ना गर्ने, पृथक्तावादविरुद्धको लडाइँ चर्काउने अनि सामाजिक सुशासनको क्षमतालाई आधुनिक बनाउने त्यहाँका एक वरिष्ठ अधिकारीले बताएका छन् ।  सिन्ह्वा समाचार संस्थामा छाप...

चैत १४, २०७९

प्रजातिको जङ्गली सङ्ख्यालाई बढाउने उद्देश्यले कृत्रिम नस्लका  करिब २३  हजार चिनियाँ स्टर्जनहरूलाई मङ्गलबार याङ्त्जे नदीमा छाडिएको छ ।  चिनियाँ वन्यजन्तु संरक्षण संघ र अन्य अनुसन्धान संस्थाहरूले मध्य ची...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x