×

Nic Asia
Dabur
Prabhu Bank

किन स्थगित भयो माओवादी स्थायी कमिटी बैठक ?

काठमाडाैं | माघ २०, २०७९

NTC
Argakhanchi Cement
फाइल तस्वीर
Premier Steels
TVS INSIDE

गृह मन्त्रालयको विषयले सत्ता गठबन्धनमा खटपटको स्थिति उत्पन्न भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

yONNEX
IME BANK INNEWS

गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी राष्ट्रिय स्वतन्त्र पार्टीले दिइरहेका बेला माओवादीभित्र यो मन्त्रालय आफैंले राख्नेबारे बहस भइरहेको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

गृह मन्त्रालय पाउनुपर्ने भन्दै बिहीबार रास्वपाले दुई दिनको अल्टिमेटम दिएको छ ।

तर सरकारको नेतृत्वकर्ता दल माओवादीले गृहको विषय थप पेचिलो बन्दै गएपछि बैठक नै स्थगित गरेको हो । शुक्रबार दिउँसो ३ बजेलाई तय बैठक शनिबार दिउँसोलाई सारिएको हो । यस अघि पनि स्थायी कमिटी बसिरहेकोमा गृह मन्त्रालयको विवादले गर्दा पदाधिकारी बैठक बस्दै आएको थियो । 


Advertisment
Lokantar App
Saurya island

‘कसरी अगाडि बढ्ने भन्नेमा सबैसित कुरा हुँदैछ । तर अहिले नै कता जान्छ भनेर भन्न सकिँदैन’ माओवादी नेता देवेन्द्र पौडेलले लोकान्तरसँग भने, ‘उनीहरूले  गृह जसरी पाउनुपर्छ भन्ने तर नियम कानुन नहेर्ने देखियो । प्रधानमन्त्री सबैसँग सल्लाह गरेर कानु पनि हेरेर अघि बढौं भन्नेमा हुनुन्छ । केही पनि विषय नटुंगिएकोले पनि माओवादीको बैठक नै भोलिसम्मका लागि सारिएको हो ।’ 

माओवादीका स्थायी समितिका अधिकांश सदस्य नागरिकता  र पासपोर्ट विवादमा मुछिएका रविलाई गृहमन्त्री बनाए आफूहरूको पनि आलोचना बढ्ने भन्दै प्रधानमन्त्रीमाथि दबाब बढाइरहेका छन् । शक्ति सन्तुलनमा आफूहरू कमजोर रहेको भन्दै गृह माओवादीले नै राख्नुपर्ने दबाब उनीहरूको छ । 

Vianet communication

प्रधानमन्त्रीले पनि रविको नागरिकताबारे अदालतको फैसलाको पूर्णपाठ नआएको भन्दै तत्काल गृह मन्त्रालय नदिने अडान लिंदै आएका छन् । तर रास्वपाले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको आग्रहमा आफूहरू दुई दिन रोकिने भन्दै गृह मन्त्रालय दिनैपर्ने अडान राखेको छ । 

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक राखेर सत्ता गठबन्धनको भावना अनुसार अगाडि बढ्नुपर्ने दबाब बढाउने पक्षमा रास्वपा छ । 

एमाले अध्यक्ष ओली पनि रविलाई गृह मन्त्रालय दिएर जानुपर्ने पक्षमा छन् ।
 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ८, २०७९

त्रिभुवन विश्वविद्यालयका केही क्याम्पसमा रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन शुरु भएको छ । त्रिविले तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि निर्वाचन प्रक्रिया क्याम्पसले शुरु गरेका छ...

चैत ८, २०७९

आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन र सरकारमा सहभागिता लगायतका विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको बैठक आज बिहीवार बस्दैछ । बैठकमा वैशाख १० गते हुने उपनिर्वाचन...

चैत ८, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी अयोग्य लडाकूलाई रकम दिने भन्ने निर्णय नभएको नेपाली कांग्रेसका नेता रमेश लेखकले बताएका छन्।  बुधबार साँझ बसेको सत्ता गठबन्धनको बैठकपछि नेता लेखकले...

चैत ९, २०७९

गाउँपालिका महासंघ सुदूरपश्चिमको दोस्रो अधिवेशनबाट लोकेन्द्रबहादुर शाहीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित डोटीको केआईसिंह गाउँपालिकाका अध्यक्ष शाही अध्यक्षमा निर्वाचि...

चैत ९, २०७९

नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश संसदीय दलको  बैठक बिहीबार दिउँसो बस्दैछ । पछिल्लो समयमा फेरिएको राजनीतिक समीकरणका  विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । लुम्बिनी प्रदेशमा माओवादी केन्...

चैत ९, २०७९

नेकपा एमालेका महासचिव शंकर पोखरेलले १० दलीय  गठबन्धनलाई खण्डित गर्ने रणनीतिमा एमाले नलाग्ने बताएका छन् । प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपा माओवादी केन्द्रलाई लक्ष...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x