चैत १४, २०७९
आफ्ना समस्या सरकारलाई सुनाउन मिटरब्याज पीडित महोत्तरीको बर्दिवासदेखि ११ दिन पैदल हिँडेर काठमाडौँ आए । उनीहरूले मङ्गलबार टङ्गालमा धर्ना दिएपछि छलफलका लागि सरकारले चार सदस्यीय वार्ता टोली गठन ग-यो । ध...
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा रहेको त्रिवेणीधाम र चितवनको माडी नगरपालिकामा रहेको वाल्मीकि आश्रम जोड्ने झोलुङ्गेपुलको निर्माण सम्पन्न भए पनि त्रिवेणीधाम हुँदै वाल्मीकि आश्रम जाने पर्यटकहरुले भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता अझै पनि हटेको छैन ।
त्रिवेणीधाम र वाल्मीकि आश्रम जोड्नका लागि दुई वर्षमा निर्माण सक्नेगरी २०७० सालको असार ३० गते सम्झौता गरिए पनि नौ वर्षपछि यसै वर्ष झोलुङ्गेपुलको निर्माण सम्पन्न भएको हो ।
पुल बने पनि चितवनतर्फको निकुञ्जको जङ्गलमा करिब एक हजार सात सय मिटर लामो ट्र्याक खुल्न नसक्दा वाल्मीकि आश्रम पुग्न अझै पनि भारतको बाटो प्रयोग गनु पर्ने बाध्यता रहेको विनयी त्रिवेणी–६ का वडाध्यक्ष नुरेन्द्र शाहले बताए।
उनका अनुसार चितवन राष्ट्रिय निकुञ्जले पुलको चितवनतर्फको अग्रभागमा नै बार लगाएपछि वाल्मीकि आश्रम जान त्रिवेणीधाम आएका पर्यटकहरु पुलसम्म पुगेर ‘सेल्फी खिचेर’ र ‘टिकटक’ बनाएर फर्कने गरेका छन् ।
आश्रम पुग्ने जो कोहीले पूर्वपश्चिम राजमार्गको बर्दघाट बजारबाट २८ किलोमिटर दक्षिणमा रहेको त्रिवेणीमा नारायणी नदीमाथि बनेको गण्डक बाँध कटेर भारत विहार राज्यको वाल्मीकि नगर हुँदै वाल्मीकि टाइगर रिजर्भको जङ्गल पार गरेर वाल्मीकि आश्रम पुग्नुपर्ने बाध्यता अझै रहेको अध्यक्ष शाहले बताए।
पुल निर्माण सम्पन्न भए पनि चितवन राष्ट्रिय निकुञ्जमा ट्र्याक खुल्न बाँकी रहेकाले पुल सञ्चालनमा ल्याउन नसकिएको सस्पेन्सन बृज डिभिजन कार्यालयका इन्जिनियर गोपाल थापा बताउँछन् ।
पुलबाट वाल्मीकि आश्रम करिब एक हजार सात सय मिटर ट्र्याक खोल्ने काम सम्पन्न हुँदा साथ पुल सञ्चालमा आउने इन्जिनियर थापा बताउनुहुन्छ ।
'हाम्रो दायित्वमा रहेको पुलको मुखबाट पाँच सय मिटर ट्र्याकको काम पनि निकुञ्जको अनुमतिका कारण रोकिएको छ, अनुमति आउना साथ काम हुन्छ', उनले भने।
उनका अनुसार पुलको त्रिवेणीधामतर्फको मुखमा चेक पोस्ट भवनसमेत बनाउने तयारी भएको छ ।
आवश्यक प्रक्रिया पुर्याएर आए ट्र्याक खोल्ने अनुमति दिने चितवन राष्ट्रिय नकुञ्जका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए।
'निकुञ्जको सुरक्षाको कुरा पनि छ, निर्माण कम्पनीले चेक पोस्ट बनाउन बाँकी नै छ, पूर्वाधार प्रक्रिया पुर्याएर आए अनुमति नदिने भन्ने कुरा नै हुँदैन', उनले भने।
चितवन राष्ट्रिय निकुञ्जभित्र ट्र्याक खोल्न आवश्यक पहल भइरहेको जनाउँदै निकुञ्जसँग समन्वय गरेर दुई र तीन महिनाभित्रै गाउँपालिकाको पहलमा ट्र्याक खुल्ने विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए।
भारतको बाटो प्रयोग गरेर आश्रम पुग्ने नेपाली तीर्थयात्रीलाई भारतीय सीमा सुरक्षा बलले निकै कडाइ गर्ने गरेका छन् ।
बाटोमा पर्ने वाल्मीकि टाइगर रिजर्भ वनपोस्टमा टिकट नै काट्नुपर्ने र भारतीय सुरक्षा पोस्टमा ठाउँठाउँमा सोधपुछ हुने हुँदा नेपाली तीर्थयात्रीलाई सहजै आश्रममा पुग्न कठिन हुने गरेको छ।
आफ्ना समस्या सरकारलाई सुनाउन मिटरब्याज पीडित महोत्तरीको बर्दिवासदेखि ११ दिन पैदल हिँडेर काठमाडौँ आए । उनीहरूले मङ्गलबार टङ्गालमा धर्ना दिएपछि छलफलका लागि सरकारले चार सदस्यीय वार्ता टोली गठन ग-यो । ध...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ७५ हजार रुपैयाँ घुस रकमसहित २ जनालाई पक्राउ गरेको छ। काठमाडौंको नापी कार्यालय मनमैजुमा सेवाग्राहीबाट लेखापढी व्यवसायीमार्फत घुस रकम लिइरहेको अवस्थामा नापी सर्वेक्ष...
उच्च अदालत पाटनले रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर), नेपाल कमर्श क्याम्पस र पाटन संयुक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन अन्तरिम आदेश जारी गरेको छ । आज उच्च अदालत पाटनका न्यायाधीश जगदीश...
१० दलीय गठबन्धनको बैठक निर्णयविहीन भएको छ । मंगलवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठक निष्कर्षविना नै सकिएको हो । मन्त्रिपरिषद् विस्तारको निर्णय गर्न बसेको बैठक दलह...
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण गण्डकी र कोशी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाल...
नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले हिमाल सफाइ अभियानमा जनस्तरबाट सहभागी हुनुपर्ने बताएका छन् । मंगलबार जङ्गी अड्डामा ‘सफा हिमाल अभियान–२०२३’को झन्डोत्तोलन गर्दै सेनापति शर्माल...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...