जेठ १६, २०८०
रुसको राजधानी मस्कोमा मंगलवार बिहान गरिएको ड्रोन आक्रमणमा विभिन्न भवनहरूमा क्षति पुगेको छ । उक्त आक्रमण युक्रेनले गराएको आरोप रुसको रक्षा मन्त्रालयले लगाएको छ । कुल आठवटा ड्रोनबाट आक्रमण गरिएक...
माघ २०, २०७९
भारतको अयोध्यामा नेपालबाट लगिएको शालिग्राम शिलाको बिहीवार धुमधाम पूजा गरिएको छ ।
शिलालाई रामसेवकपुरममा कडा सुरक्षा व्यवस्थाका साथ राखिएको छ ।
यसैबीच शिलाको विषयमा विवाद पनि शुरू भएको छ । तपस्वी छाउनीका पीठाधीश्वर महन्त परमहंस दासले शालिग्राममा भगवान् प्रतिष्ठित भएकाले त्यसमा हतौडा चलाउन सही नभएको उनको भनाइ छ । शिलामा हतौडा चलाइएमा आफूले अन्नजल त्याग्ने उनको भनाइ छ ।
उता अयोध्या हिन्दू महासभाका राष्ट्रिय प्रवक्ता अधिवक्ता मनीष पाण्डेले नेपालको गण्डक नदीबाट निकालिएको विशालकाय शालिग्राम पत्थरबाट भगवान् रामको मूर्ति बनाइएमा महाविनाश हुने निश्चित रहेको बताएका छन् । मन्दिरमा सुनको मूर्ति प्रतिष्ठित गर्नुपर्ने उनको भनाइ छ ।
महासभाले आक्रोश प्रकट गर्दै गण्डक नदीबाट निकालिएको शालिग्राम पत्थर फर्काउनुपर्ने बताएको छ ।
शिलाहरूलाई नेपालबाट अयोध्या लगेका राम मन्दिर ट्रस्टका प्रमुख सदस्य कामेश्वर चौपालले यी शिला शालिग्राम नै भएको बताए । यसबाट भगवानको मूर्ति बन्ने निश्चित रहेको उनको भनाइ छ । तर मूर्ति कहाँ स्थापित गर्ने र गर्भगृहको मूर्ति पनि यसै शिलाबाट बन्ने हो कि भन्ने विषयमा राम मन्दिर ट्रस्टले अन्तिम फैसला गर्ने उनले बताए ।
शिलालाई अयोध्या ल्याउनुअघि नेपाल सरकारले वैज्ञानिक परीक्षण गराएको पनि उनले जानकारी दिए ।
रुसको राजधानी मस्कोमा मंगलवार बिहान गरिएको ड्रोन आक्रमणमा विभिन्न भवनहरूमा क्षति पुगेको छ । उक्त आक्रमण युक्रेनले गराएको आरोप रुसको रक्षा मन्त्रालयले लगाएको छ । कुल आठवटा ड्रोनबाट आक्रमण गरिएक...
अफ्रिकी देश सुडानमा गृहयुद्ध लम्बिएपछि त्यसको अवसर देखिन थालेको छ । गृहयुद्धका कारण हालसम्म कम्तीमा पनि ५० बालबालिकाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अनाथालयमा रहेका बालबालिकाको मृत्यु भ...
जापानका प्रधानमन्त्री फुमिओ किशिदाले आफ्ना जेठा छोरालाई कार्यकारी सचिवबाट बर्खास्त गरेका छन् । शोतारो किशिदाले पोहोर साल प्रधानमन्त्री निवासमा पारिवारिक जमघटमा अनुचित तस्वीरहरू खिचाएपछि व्यापक जनविरोध ...
जापान सरकारले मंगलवार ५ वर्षे कार्ययोजना लागू गरेको छ । गर्मीका कारण विगत ५ वर्षमा वार्षिक औसत १ हजार २९५ जनाको निधन हुने गरेकामा सन् २०३० सम्ममा त्यस्ता मृत्युको संख्या आधा घटाउने लक्ष्य राखिएको छ । ...
गुजरातको राजुलास्थित पटवा गाउँमा बुधवार ४ जना युवाहरू समुद्रमा नुहाउन गएका थिए । त्यसक्रममा उनीहरू गहिरो पानीमा गए । घटनापछि स्थानीयले भारतीय जनता पार्टी (भाजपा) विधायक हीरा सोलंकीलाई खबर गरे । लगत्तै ...
चीनले द्रुत गतिमा अघि बढाइरहेको अन्तरिक्ष कार्यक्रम अन्तर्गत सन् २०३० अगावै चन्द्रमामा अन्तरिक्षयात्रीहरू उतार्ने योजना सार्वजनिक गरेको छ । चिनियाँ अधिकारीहरूले सोमवार गरेको घोषणा अमेरिकासँगको प्रतिस्पर्धा ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...