चैत १३, २०७९
नेपाल बार एसोसिएसनले राज्यको प्रमुख अङ्गका रुपमा रहेको न्यायपालिकाको नेतृत्वको मर्यादाक्रममा ल्याइएको फेरबदल शक्ति पृथकीकरणको सिद्धान्त, संविधानको मर्म र प्रचलन विपरीत रहेको ठहर छ । बारका महासचिव अन्जिता खनाल...
मुलुकको हवाई क्षेत्र सुरक्षित र भरपर्दो तुल्याउन सबै संयन्त्र सक्रिय ढङ्गले लागिपरेकाले यो क्षेत्रप्रति विश्वस्त रहन विज्ञ सरोकारवालाले बताएका छन् ।
वायुसेवा सञ्चालक सङ्घले ‘हवाई क्षेत्रमा देखिएका समसामयिक विषय’ मा आयोजना गरेको अन्र्तक्रियाका वक्ताले हवाई क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन सबैखाले प्रयत्न गरिएको उल्लेख गरे ।
सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपालको हवाई क्षेत्र सुरक्षित रहेको भन्दै केही भवितव्यका रूपमा हुने दुर्घटनालाई लिएर समग्र हवाई सेवा असुरक्षित रहेको सन्देश प्रवाह नगर्न अनुरोध गरे ।
क्याप्टेन थापाले नेपालको हवाई क्षेत्र देशको अर्थतन्त्रको धरोहर रहेको र पर्यटन विकास समेतमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । उनले विश्वकै सुरक्षित यातायातको रूपमा लिइने हवाई यातायातलाई सुरक्षित र मजबुद तुल्याउन सबै संयन्त्रले सक्रियतापूर्वक काम गरिरहेको विश्वास व्यक्त गरे ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका उडान सञ्चालन विभागका निर्देशक श्यामकिशोर साहले हवाई यातायातलाई सुरक्षित र विश्वसनीय तुल्याउन संस्थागत क्षमता अभिवृद्धि र पाइलटलाई आवश्यक तालिमको जरुरी रहेको उल्लेख गरे ।
हवाई इन्जिनियरिङ क्षेत्रका जानकार मेघेन्द्रकुमार श्रेष्ठले सुरक्षित हवाई उडानका लागि अनेकन प्रयास गर्दा पनि दुर्घटना दर बढ्नु आश्चर्यको विषय भएको बताए । उनले कुनै पनि जहाज पुरानो भएर वा अन्य प्राविधिक खराबीले मात्रै दुर्घटनाको जोखिम नरहेको भन्दै संस्थागत संरचनादेखि हरेक विषय हवाई सुरक्षासँग सरोकार राख्ने धारणा राखे ।
क्याप्टेन विनोद पुरीले हवाई दुर्घटनामा कुनै एउटा पक्षलाई मात्र दोष दिएर नहुने भन्दै यो प्रक्रियामा सबै प्रणालीको कतै न कतै भूमिका रहने बताउए । उनले हवाई सुरक्षालाई बलियो र भरपर्दो बनाउन यो क्षेत्रमा संलग्न सबै सरोकारवाला उत्तिकै जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
नेपाल बार एसोसिएसनले राज्यको प्रमुख अङ्गका रुपमा रहेको न्यायपालिकाको नेतृत्वको मर्यादाक्रममा ल्याइएको फेरबदल शक्ति पृथकीकरणको सिद्धान्त, संविधानको मर्म र प्रचलन विपरीत रहेको ठहर छ । बारका महासचिव अन्जिता खनाल...
जनमत पार्टीका अध्यक्ष सीके राउतले मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकार समक्ष आग्रह गरेका छन् । अध्यक्ष राउतले आज मिटरब्याज पीडितसँग भेट गरी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै माग पूरा गर्न सरकारसँग आग्रह गरेका हु...
नेपाल प्रहरीले मानव बेचबिखनमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौँका विभिन्न बार, क्लब, क्याफे, दोहोरी साँझमा काम गर्ने नौजना युवतीलाई भारतको नयाँदिल्लीस्थित विभि...
जिल्लामा तोरीको उत्पादन बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र चितवनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा तोरी खेती गर्ने जमिनका क्षेत्रफलमा वृद्धि भएसँगै उत्प...
बुर्किना फासोको सरकारले सोमबार फ्रान्सेली टेलिभिजन च्यानलहरूले अल-कायदा इन द इस्लामिक मगरेब (एक्यूआईएम) का एक नेतासँग गरेको अन्तर्वार्तापछि फ्रान्स २४ को प्रसारण निलम्बन गर्न आदेश दिएको छ। सरकारका प्रवक्ता जीन-इम...
पूर्वी नवलपरासीको विनयीत्रिवेणि गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा बम फेला परेका नौवटा बमलाई आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरास...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...