जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा जसपाको भूमिका निर्णायक हुने बताएका छन् ।
अहिले आफूहरू सत्ता गठबन्धनमै रहे पनि राष्ट्रपतिको निर्वाचनसम्ममा परिस्थिति फेरिन सक्ने उनको संकेत छ ।
पावर शेयरिङमा एकल समुदायको मात्र बाहुल्यता रहेको हुनाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा आफूहरूले पनि सम्मानजनक हिस्सेदारी खोजेको उनले बताए।
जसपाको माग सत्ता पक्षबाट सम्बोधन नभएकाले हालसम्म संघीय सरकारमा सहभागी नभएको उनले बताए ।
राष्ट्रपतिको उम्मेदवार राष्ट्रिय सहमतिको आधारमा उठाउनुपर्छ भन्ने कुरामा आफूहरू सहमत रहेको भन्दै उनले मधेशको साझा इस्युमा जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी हुनसक्ने समेत बताए ।
प्रस्तुत छ, प्रतिनिधिसभा सदस्य समेत रहेका यादवसँग लोकान्तरकर्मी अजय अनुरागीले गरेको अन्तर्वार्ता भिडियोमा :