×

NMB BANK
NIC ASIA

प्रदेश नामकरण

माओवादीले पहिचानको मुद्दा छाड्दा ६३ महिनापछि प्रदेशले पायो नाम

फागुन १७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर । ६३ महिनापछि प्रदेश १ ले आफ्नो नाम पाएको छ । नामै राख्न नसकेर एक कार्यकाल गुजारेको प्रदेश १ ले अन्तत: बुधबार कोशी प्रदेश नाम पाएको हो । 

Muktinath Bank

केही समयदेखि निरन्तर दलहरूबीच भएको गोप्य छलफलपछि आज संसदमा नामकरणको विषयले प्रवेश पाएको थियो । भौगोलिक पहिचान तथा जातीय पहिचानमा विवाद हुँदा पहिलो प्रदेशसभा अनिर्णीत भएको थियो । तर दोस्रो कार्यकालको सुरुवातमै प्रदेशले भौगोलिक पहिचानको आधारमा नाम पाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशमा विकसित भएका हिन्दू र बौद्ध धर्मको दर्शनका साथै किराँत सभ्यता, मिथिला सभ्यता, लिम्बुवान संस्कृति, विराट क्षेत्रको इतिहास, कोच संस्कार र संस्कृति समेतलाई समेट्ने गरी  कोशी नदी र यसका शाखा नदीहरुमै ऐतिहासिक, धार्मिक तथा जातजाति, भाषा, सभ्यता र संस्कृतिको विकास भएकोले  प्रदेशको नाम कोशी  राख्न उपयुक्त ठानिएको एमालेका सांसदहरु बताउँछन् । साथै  हिमालदेखि पहाड र तराईको भूभागमा कोशी नदी प्रवाहको क्षेत्रभित्रै सम्पूर्ण अवस्थासमेत जोडिएको हुनाले यस नाम उपयुक्त भएको  एमालेका प्रमुख सचेतक रेवतीरवण भण्डारीले बताए । 


Advertisment
Nabil box
Kumari

 उसो त माओवादी केन्द्रलेसमेत पहिचानको मुद्दा छाडेपछि प्रदेशले नामकरण सहज भएको हो । यसअघि माओवादी भूगोल तथा जातीय पहिचानसहितको नाम राख्नुपर्ने अडानमा थियो । तर यसपटक भने उसले पहिला नै जातीय पहिचानका आधारमा नभइ भुगोलका आधारमा सहमति जनाएको हो । 

Vianet communication
Laxmi Bank

जनताले जातीय पक्ष धरलाई मन नपराएकाले  भुगोलका आधारमा सहमति गरेको माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले बताए । प्रदेशको नाम कोशी हुनुपर्ने नेकपा एमालेको प्रस्तावमा माओवादीले पनि समर्थन गरेको छ । यसैगरी नेपाली कांग्रेस र राप्रपाका सांसदले समेत समर्थन जनाएका छन् । 

५ जना सांसद  भने बहुपहिचानको पक्षमा उभिए ।  नेकपा एकीकृत समाजवादी र जसपा बहुपहिचानको पक्षमा उभिएका हुन् । 

चुनावमा जाँदा बुहपहिचानको कुरा गरेर जितेर आएपनि जनतालाई धोका दिने खेल प्रदेश सांसदहरुले गरेको निवर्तमान मुख्यमन्त्री समेत रहेका राजेन्द्र राईले बताए । कोशी नाम अंचल हुँदा समेत भएकाले संघीयता आएपछि पनि त्यही नाम राख्दा कुनै परिवर्तन नदेखिएको उनको भनाइ छ । 

अघिल्लो संसदमा प्रदेशको नामकरणको विषयमा टुंगो लगाउन दलहरूबीच पटक पटक छलफल भए पनि निष्कर्ष निस्कन सकेको थिएन।  प्रदेशको नामकरणको टुंगो लगाउन प्रदेशसभाको दुई तिहाई मत आवश्यक पर्छ। प्रदेश १ मा ९३ जनाको संसद छ । जसमध्ये नामकरणको टुंगो लगाउन ६२ जना सांसद चाहिन्छ । तर प्रदेशसभामा ८२ सांसदले कोशीको पक्षमा मत हाल्दा ४ सांसदमात्रै विपक्षमा भए । विपक्षमै रहेका एक सांसद भने बैठकमा छिर्न नपाउँदा मत हाल्नबाट बञ्चित भएको बताइएको छ ।

प्रदेश १ प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन् । कोशीको प्रस्ताव बैठकमा एमालेका रामबहादुर मगरले गरेका थिए भने समर्थन एमालेकै  विदुरकुमार लिङ्थेप र निरनकुमार राईले गरेका थिए । जसमा कांग्रेस, माओवादी र राप्रपाले पनि साथ दिएसँगै प्रस्ताव दुई तिहाई भन्दा बढी मतले पारित हुन पुग्यो । 

यता नेकपा एस र जसपाको तर्फबाट ‘किरात–लिम्बुवान–सगरमाथा’ प्रदेश नामाकरण गर्नुपर्ने भन्दै अर्काे प्रस्ताव दर्ता भएको थियो । नेकपा (एकीकृत समाजवादी)का सांसद तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रस्ताव र जसपाकी सांसद तथा मन्त्री निर्मला लिम्बूको समर्थनमा उक्त प्रस्ताव दर्ता भएको थियो । तर सो प्रस्ताव अस्वीकृत हुन पुग्यो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x