×

NMB BANK
NIC ASIA

पत्नीसँग अवैध सम्बन्ध रहेको आशंकामा १४ वर्षीय बालकको हत्या, पतिपत्नी दुवै पक्राउ

फागुन १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मोरङको सुनवर्षी नगरपालिका–१ का १४ वर्षीय बालक विशाल माझीको हत्या गरेको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ ।

Muktinath Bank

पक्राउ पर्नेमा ३५ वर्षीय वीरेन्द्र पासवान र उनकी ३४ वर्षीया पत्नी डिल्ली पासवान छन् । पत्नी डिल्लीसँग विशालले अवैध सम्बन्ध राखेको भन्दै वीरेन्द्रले चक्कु प्रहार गरी १ हप्ताअघि हत्या गरेको खुलेको मोरङ प्रहरीले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फागुन ११ गते साँझ ८ बजे विशालको हत्या भएको प्रहरीले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

माझीको हत्या गरेर घरनजिकको पोखरीको डिलमा खाडल खनेर शव गाडेको अवस्थामा मोरङ प्रहरीले बुधवार भेट्टाएको थियो । हत्या गरेको ६ दिनपछि प्रहरीले शव फागुन १७ गते फेला पारेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले बताए ।
 
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट वीरेन्द्रकी पत्नी डिल्लीसँग अवैध सम्बन्ध रहेको आशंकामा विशालको हत्या गरिएको खुलेको छ । मृतक माझी र डिल्लीको घर नजिकै छ । वीरेन्द्र कल गाढ्ने र बनाउने काम गर्ने मिस्त्री हुन् ।

Vianet communication
Laxmi Bank

पत्नीसँग अवैध सम्बन्ध रहेको आशंकामा वीरेन्द्रले हत्याको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

फागुन ११ साँझ वीरेन्द्रले घरमा बोलाएर घरबाट ५०० मिटर पर पोखरीको डिलमा लगेर चक्कु प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको अनुसन्धान खटिएका प्रहरी अधिकृतहरू बताउँछन् । 

वीरेन्द्र र उनकी पत्नी डिल्लीले हत्या गरेको ३ दिनपछि मात्र विशाल हराएको सूचना प्रहरीकहाँ पुगेको थियो । छोरा हराएको भन्दै बुवा डिल्लीबहादुर माझी ईलाका प्रहरी कार्यालय रंगेलीमा पुगेका थिए ।

विशाल ८ कक्षामा अध्ययनरत विद्यार्थी हुन् । प्रहरीले पासवानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि घटना स्वीकार गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई रंगेली प्रहरीले बुधवार मोरङ अदालतमा कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरेर अनुसन्धान शुरू गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कार्कीले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x