कात्तिक २४, २०८०
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
फागुन १९, २०७९
मुलुकको अर्थतन्त्र पछिल्लो समय बिरामी अवस्थामा छ । एक वर्षभन्दा लामो समयदेखि कमजोर हुँदै गएको अर्थतन्त्रको सूचक नकारात्मक हुन नदिन केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत चलाएका ‘टुल्स’ले केही हदसम्म धानिरहेको मात्र हो । अर्थतन्त्र कमजोर हुँदै जाँदा बजार सुस्त बनेको छ । व्यापार ठप्प छ । औपचारिक च्यानलमा पैसा छैन । अर्थतन्त्र औपचारिकभन्दा अनौपचारिकतर्फ गइरहेको छ ।
बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) कम हुँदै जाँदा यसले समग्र बजारलाई असर पारिरहेको छ । सरकारको ढुकुटीमा सञ्चित रकम कम हुँदै गएको र दैनिक राजस्व संकलन पनि निकै कमजोर रहेको अवस्थामा सरकारलाई कर्मचारी पाल्न नै मुस्किल पर्ने हो कि भन्ने चिन्ताले सताउन थालेको छ । अर्थतन्त्रका सूचक कमजोर हुन नदिन खर्च कटौती गर्नेदेखि नीतिगत सुधार गर्नेसम्मका काम गर्नुपरिरहेको छ ।
अर्थ मन्त्रालयले अर्थतन्त्र सुधारका लागि नेतृत्व लिनुपर्छ । राजनीतिक अस्थिरताका कारण सोमवारदेखि प्रमुख मन्त्रालयसहित अर्थ मन्त्रालयसमेत नेतृत्वविहीन छ ।
अहिले अर्थमन्त्री नभएर दैनिक राजस्व प्रशासन हाँक्न समस्या हुँदा त्यसको असर अर्को महिना राजस्व संकलनमा पर्ने मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
अर्थ मन्त्रालयअन्तर्गत महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको बिहीवारसम्मको तथ्यांकअनुसार चालू चालू आर्थिक वर्षमा जम्मा ५ खर्ब ४७ अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । सरकारले आव २०७९/०८० को साढे ८ महिनामा संकलन गरेको राजस्व लक्ष्यको जम्मा ३९ प्रतिशत मात्रै हो । बाँकी साढे ४ महिनामा ६० प्रतिशत राजस्व संकलन गर्ने चुनौती छ ।
राजस्व संकलनमा सुधार नल्याउने हो भने सरकारी कर्मचारीलाई तलब खुवाउन समेत मुस्किल पर्ने चिन्ता मन्त्रालयकै अधिकारीहरू बताउँछन् । मन्त्रालयले कर्मचारी पाल्न आन्तरिक ऋण उठाउनुपरेको बताइरहेको हुँदा अहिले दीर्घकालीन नीति लिएर अर्थतन्त्र सुधार गर्नुपर्ने अवस्था रहेको प्रस्टै छ ।
वित्तीय अपराध नियन्त्रणका लागि सरकारले समयमै कानून बनाउन नसक्दा र भएका कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा संकट नजिकिएको छ । सोही कारण फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) अन्तर्गतको एसिया प्रशान्त समूह (एपीजी) ले नेपाललाई ‘ग्रे लिस्ट’ अर्थात् नकारात्मक सूचीमा राख्ने सम्भावना बढेको छ ।
एपीजीले नेपाललाई ग्रे लिस्टमा राखेको अवस्थामा विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफ), एसियाली विकास बैंक (एडीबी)सहितका दातृ निकायले गर्ने ऋण तथा आर्थिक सहायता रोकिने खतरा छ । ती निकायले दिने अनुदान र सहायता बन्द हुँदा अर्थतन्त्रमा थप चाप पर्ने निश्चित छ । अझै अवस्था सुधार नहुने हो भने मुलुक कालोसूचीमै पर्ने र विश्वव्यापीरूपमा आर्थिक नाकाबन्दीमा पर्ने खतरा छ ।
कालोसूचीमा परेको देशको अन्तर्राष्ट्रिय बैंकिङ कारोबारमा नियन्त्रण र प्रतीतपत्र कारोबार गर्न थप असहज हुनेछ । विदेशी लगानी निरुत्साहित हुनेछ भने देशको वित्तीय साखप्रति विश्वास रहनेछैन । यस्तो नकारात्मक सूचीमा परेको देशलाई अन्तर्राष्ट्रिय निकायले नपत्याउनेसहितको समस्या हुन सक्छ ।
'डायनामिक' अर्थमन्त्रीको खोजी
अहिलेको अवस्था एकातर्फ देश वित्तीय अपराध नियन्त्रण गर्न आवश्यक कानून बनाएर अगाडि जानुपर्ने हुन्छ भने अर्कातर्फ ६० प्रतिशतसम्मको अनुमान रहेको अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउनुपर्ने चुनौती छ । अहिलेको अवस्थमा एकातिर अर्थतन्त्र कमजोर भएर निजी क्षेत्रको मनोबल गिरेको छ भने अर्कातर्फ आन्तरिक र बाह्य कारण देखाएर गरिएको नियन्त्रणको असर परिरहेको छ ।
अर्थतन्त्र सुधारका लागि चिन्ता लिनुपर्ने बेला अर्थमन्त्रालय नेतृत्वविहीन भएको र सरकार मौन बसेको गुनासो पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले गरे ।
सरकारलाई यो गर र त्यो नगर भनेर भनिरहनु भन्दा मुलुकको दीर्घकालीन हितका लागि आफैं सोचेर काम गर्नुपर्ने उनको बुझाइ छ ।
उत्पादनशील क्षेत्रमा लगानी बढाएर मुलुकलाई आत्मनिर्भरतातर्फ उन्मुख नगरेसम्म अहिले देखिएका समस्याको दीर्घकालीन समाधान हुनेछैन ।
यसका लागि सरकारले दीर्घकालीन नीति लिने, आधुनिक प्रणाली अवलम्बन गर्दै आयात कम गरेर निर्यात नै बढाउने काम गर्नुपर्ने उनको सुझाव छ ।
‘यो अर्थ मन्त्रालयको मात्रै जिम्मेवारी नभएर यससँग जोडिने अरू निकाय पनि त्यतिकै जिम्मेवार हुनुपर्छ । हाम्रोमा त अर्थमन्त्री बजेट ल्याउन मात्रै आउने र आफ्नो क्षेत्रमा बजेट पारेर चुनाव जित्छु भन्ने संकुचित सोचाइमा मात्र केन्द्रित हुने गरेको अवस्था छ,’ पाण्डेले भने ‘अर्थमन्त्रीले त प्रत्येक दिन नयाँ गर्ने, अन्य निकाय र मन्त्रालयसँग जोडिएका विषयमा बारम्बार अपडेड लिइरहने काम गर्नुपर्छ । अरू मन्त्रालयले कानून बनाउँदा आर्थिक दायित्व पर्ने वा नपर्ने भन्ने विषयसहितको राय अर्थबाटै लिनुपर्छ । यसका लागि निर्णय क्षमता भएको र योग्य व्यक्ति नै आवश्यक हुन्छ ।’
आर्थिक कारोबार हुने हरेक निकायमा योग्य व्यक्ति चाहिने उनले बताए ।
‘अर्थसँग जोडिने तर गृहसँग सम्बन्धित विषयमा पनि त निर्णय गर्नसक्ने व्यक्ति आवश्यक हुन्छ । जो पायो त्यहीलाई टिपेर ल्याउने र पालो पुर्याउने गरी मन्त्री बनाउनु कुनै पनि हालतमा देशको हितमा हुँदैन,’ पाण्डेले भने ।
अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्दराज पोखरेल अहिलेको अवस्थामा जोखिम मोल्न सक्ने, बोल्ड र डायनामिक व्यक्ति अर्थमन्त्री बन्नु आवश्यक रहेको बताउँछन् । लोकरिझ्याइँको पछि नलाग्ने, व्यापक फजुल खर्च भइरहेका बेलामा त्यसलाई नियन्त्रण गर्न सक्ने, बजेट घाटाको अवस्थामा आवश्यक बजेटरी सहायता ल्याउन सक्ने व्यक्ति अबको अर्थमन्त्री बन्नुपर्ने उनले बताए ।
‘निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्न सक्ने, जनताले पत्याएको, युवा पुस्ताको भरोसा भएको र सिर्जनशील नेता अबको अर्थमन्त्री हुनुपर्छ, जसले अहिले देखिएको समस्या समाधान गरेर अर्थतन्त्र सुधारमा बलियो प्रयास गर्न सकोस्’, पोखरेलले भने ।
पूर्व अर्थसचिव केशव आचार्य पनि कर्मचारीलाई विश्वास गर्ने र आफैं बजेट बनाउन नबस्ने अर्थमन्त्री चाहिने बताउँछन् । दीर्घकालीन नीति बनाउने, कूटनीति बुझ्ने, कर्मचारीलाई स्पष्ट निर्देशन दिने, प्रशासनको कुरा सुन्ने र नेतृत्व दिन सक्ने नेतालाई अर्थमन्त्रालयले खोजिरहेको उनको भनाइ छ ।
आचार्यका अनुसार बजेट बनाउने काम ७० प्रतिशत अर्थमन्त्रालयको र बाँकी नेपाल राष्ट्र बैंक, योजना आयोगसहितको हो । अर्थ मन्त्रालयलाई समृद्ध बनाउन गर्न सकिने काममा निर्णय क्षमता भएको र जानेबुझेको व्यक्ति अर्थमन्त्रीको रूपमा आवश्यक भएको उनको तर्क छ ।
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...