×

NMB BANK
NIC ASIA

राष्ट्रपतिलाई भोट हाल्न मन्त्रालय खाली गरेर ४ दिन पहिल्यै काठमाडौं हिँडे मन्त्रीहरू

फागुन २२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रपतिको चुनाव आउनुभन्दा ४ दिन पहिल्यै १ नम्बर प्रदेशका मन्त्रालयहरू मन्त्रीविहीन बनेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

आ–आफ्ना दल र गठबन्धनका उम्मेदवार जिताउनका लागि मन्त्रीहरू मन्त्रालयको काम नै छाडेर संघीय राजधानी काठमाडौं गएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपति निर्वाचन फागुन २५ गते हुँदैछ । मुख्यमन्त्री हिक्मत कार्की, सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी, खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री तिलकुमार मेयाङ्वो पाटीको प्रशिक्षणका लागि काठमाडौं गएका छन् । उनीहरू एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताउनका लागि काठमाडौं गएका हुन् । एमालेबाट निर्वाचित भएका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा राष्ट्रियसभा सदस्यको भेला सोमवार काठमाडौंमा भएको छ ।


Advertisment
Nabil box
Kumari

पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्य सुसुरालीमा होली मनाउन काठमाडौं गएका छन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का कान्छा ज्वाइँ हुन् । उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला पनि काठमाडौं पुगेका छन् । उनी राप्रपाका हुन् ।

Vianet communication
Laxmi Bank

प्रदेशका २ मन्त्री भने प्रदेशकै भूगोलमा छन् । भौतिक पूर्वाधारमन्त्री दुर्गाप्रसाद चापागाईं आगलागी पीडितलाई राहत वितरण गर्न तेह्रथुम गएका छन् ।

केही दिनअघि तेह्रथुमको आठराई–६ चुहानडाँडास्थित हात्तिखर्कमा आगलागी भएको थियो । आगलागी भएको मन्त्री चापागाईंको निर्वाचन क्षेत्र पनि हो ।

स्वास्थ्य मन्त्री निर्मला लिम्बु ताप्लेजुङमा छिन् । ताप्लेजुङ उनको गृहजिल्ला हो ।

केन्द्रीय सत्ता गठबन्धनका सांसदलाई राष्ट्रपति चुनावबारे प्रदेशमै प्रशिक्षण दिइएको थियो । राष्ट्रपति निर्वाचनमा पूर्व सभामुखद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । पौडेललाई निर्वाचित गराउनका लागि नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी गरी ८ दलको समर्थन छ । नेम्वाङलाई नेकपा एमालेले अघि सारेको छ । 

८ दलीय गठबन्धनले कोशी प्रदेशका प्रदेशसभा सांसदलाई एकै ठाउँमा राखेर प्रशिक्षण दिएको थियो । कोशी प्रदेशका प्रदेशसभा सदस्यको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य महेश रेग्मी लगायतका नेताले राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेललाई भोट हाल्न आग्रह गरेका थिए । 

एमालेले सातै प्रदेशका प्रदेश सांसदलाई काठमाडौं बोलाएर प्रशिक्षण दिएको छ । 

मन्त्रालयकै काम समेत काठमाडौंमा भएकाले २ दिनअघि काठमाडौं आएको मन्त्री भक्ति सिटौलाले बताए । उनले प्रदेशमा हुने काम मन्त्री अभावकै कारण नरोकिने बताए । 

संघीयताका कुरा गर्ने अनि भेला तथा छलफल पनि संघीय राजधानीमै गरिनुले संघीयतालाई दलहरूले कसरी बुझिरहेका छन् भन्ने पुष्टि गर्ने निवर्तमान मुख्यमन्त्री राजेन्द्र राईले बताए । ८ दलीय गठबन्धनमा रहेका प्रदेशसभा सदस्यहरू पनि हतार गरेर काठमाडौंमा गएका छन् । 

कोशी प्रदेशको प्रदेश सभामा नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १२, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन् भने एमालेका ४० र राप्रपाका ६ सांसद छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x