×

NMB BANK
NIC ASIA

पाथीभरामा तीर्थयात्रीको आगमन बढ्यो

फागुन २७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनको उपस्थिति बढ्न थालेको छ ।

Muktinath Bank

मौसम केही न्यानो हुँदै गएको र पाथीभरा क्षेत्रमा हिउँ परेपछि पर्यटकको आगमन बढ्दै गएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बर्सेनि वसन्त ऋतुको आगमनसँगै भक्तजनको समेत बढ्छ । यो वर्ष हिउँ कम परे पनि मन्दिरको दर्शनका लागि दैनिक ७०० बढी तीर्थयात्री ओहोरदोहोर गरिरहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

शनिवार र मंगलवारका दिनमा भने २ हजार बढी भक्तजन पुग्न थालेको समितिको भनाइ छ । गत मंगलवार २ हजार २८३ जना भक्तजन पाथीभरा दर्शनका लागि आएको समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए । यहाँ आउने संख्या दैनिक बढिरहेको उनको भनाइ छ ।

Vianet communication
Laxmi Bank

बाह्रै महिना तीर्थयात्री आउने पाथीभरामा विशेषगरी बडादशैं र वसन्त ऋतुका समयमा भक्तजनको चाप बढ्ने गरेको छ ।

बडादशैंपछि चैतेदशैं (रामनवमी)का समयमा धेरै तीर्थयात्री यहाँ आउँछन् । यहाँ भारत र अन्य देशबाट पनि भक्तजनहरू आउने गरेका छन् । पाथीभराको दर्शनसँगै कञ्चनजंघा सहितका हिमशृंखलाको अवलोकन, विभिन्न प्रजातिका गुराँसको सुन्दरतामा रमाउनुका साथै हिउँ खेल्नका लागि यहाँ आउने पर्यटक बढेको पाथीभरा क्षेत्रमा पर्ने फेदीका होटल व्यवसायी ईन्द्रनारायण भट्टराईले बताए । यो समयमा काफ्लेपाटी, फेदी लगायतका होटल समेत खचाखच हुन थालेका छन् ।

तीर्थयात्रीको आगमन बढेसँगै पाथीभरा मन्दिर जाने पदमार्गमा र मन्दिरकै परिसरमा हेल्थ डेक्स स्थापना गर्ने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको अगुवाइमा शुक्रवार बसेको सरोकारवाला सहितको बैठकले हेल्थ डेक्स स्थापन गर्ने योजना बनाएको हो ।

पाथीभरा क्षेत्रका होटलमा तीर्थयात्रीलाई खाना, खाजा र बस्नका लागि सहजरूपले सुविधा प्रदान गर्न होटल व्यवसायीसँग छलफल समेत भएको छ । ताजा र स्वच्छ खाना खुवाउने, चलनचल्तीको भन्दा बढी मूल्य लिन नपाउने निर्णय भएको छ ।

सहज यातायातका लागि निजी तथा भाडाका सवारीसाधनलाई काफ्लेपाटीसम्म सहजरूपले आवतजावत गर्न दिने, सवारी चालकलाई अनिवार्य ट्राफिक नियमको पालना गर्न लगाउने समेत निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

काफ्लेपाटीमा तीर्थयात्रीको चाप बढेको समयमा बाहिरबाट खाली गाडी झिकाउँदा प्रतिव्यक्ति ४५० लाग्ने र चलनचल्तीको ४०० रुपैयाँसम्म दिन सकिने गरी यातायात व्यवसायीसँग समझदारी भएको छ ।
 
यात्रुलाई पर्न सक्ने विविध कठिनाइ र समस्या सम्बोधनका लागि फुङलिङस्थित काउण्टर, सुकेटार र मन्दिर परिसरमा गरी ३ ठाउँमा सहायताकक्ष राखिने भएको छ । प्रायःजसो तीर्थयात्री बढी आउने समयमा यातायातको असुविधा हुने गरेको लगायतका गुनासा आउने गरेका छन् । 

तीर्थयात्रीको गुनासो, उनीहरूका सल्लाह सुझाव, सरोकारवालाले देखेका समस्यालाई मध्यनजर गरेर उद्योग वाणिज्य संघ, रेडक्रस, होटल व्यवसायी, यातायात व्यवसायी, सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि र अन्य सरोकारवाला सहितको बैठक बसेर छलफल भएको प्रमुख जिल्ला अधिकारी चेम्जोङले बताए ।
 
ट्राफिक व्यवस्थापन र थप सुरक्षाका लागि आवश्यक तयारी भइरहेको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए । ३ हजार ७९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिर पुग्न इटहरीबाट तमोर करिडोर र झापाको बिर्तामोडबाट मेची राजमार्ग हुँदै जान सकिन्छ ।
 
मेची राजमार्ग अन्तर्गतको बाटो सुकेटारसम्म पक्की छ भने त्यो भन्दा माथि काफ्लेपाटीसम्म कच्ची बाटो छ । वर्षात्को समयमा कच्ची बाटोमा सामान्यतया समस्या हुने भए पनि हिउँदका समयमा भने सहजै ओहोरदोहोर गर्न सकिन्छ । पाथीभरामा हेलिकोप्टरमार्फत मन्दिरमै पुगिन्छ ।

पछिल्लो समय उच्चपदस्थ व्यक्तिलगायत केहीले हेलिकोप्टर चार्टर्ड गरेर मन्दिरको दर्शनमा आउने गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x