×

NMB BANK
NIC ASIA

सामाजिक सञ्जाललाई मनोरञ्जनको साधनको रूपमा लिने गरिन्छ । टिकटकमा पछिल्लो समय अश्लील भिडियो बनाएर पोष्ट गर्ने प्रबृत्ति बढिरहेको छ । टिकटकलाई मनोरञ्जनका रुपमा प्रयोग गर्ने धेरै छन् । 

Muktinath Bank

तर इटहरी उपमहानगरपालिकाको नगर प्रमुख (मेयर) हेमकर्ण पौडेलले टिकटकलाई सूचनाको स्रोत बनाएका छन् । उनी लाइभ बसेर सूचना लिनेगरेका छन् । एक महिनादेखि लगातार उनी लाइभमा बसेका छन् । दैनिक १ घण्टा लाइभमा बस्दा आएका सकारात्मक र नकारात्मक सूचनालाई टिपोट गरेर अध्ययन गरेर कार्यान्वयन गर्ने गरेको मेयर पौडेलले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनताका गुनासा सुझाव सुन्नका लागि पनि टिकटक प्रयोग गरेको मेयर पौडेलले बताए । ‘उपमहानगरभित्रका सबै कुरा मलाई जानकारी नहुन पनि सक्छ,’ उनले भने ‘नगरभित्रका सूचना लिनका लागि टिकटक लाइभ बस्ने गर्छु ।’ 


Advertisment
Nabil box
Kumari

आएका नकारात्मक कमेन्ट डिलिट नगरी त्यसलाई टिपोट गरेर बुझ्नेगरेको उनले बताए । युवाहरूबाट सजिलै टिकटकबाट सूचना आउनेगरेकाले समस्या समाधानमा सहज भएको उनको भनाइ छ ।  

Vianet communication
Laxmi Bank

‘अहिले निकै राम्रो गरेको छ । म दिनभरि व्यस्त भएका कारणले कार्यालयमा आउँदा पनि धेरैले भेट्न सक्नु हुँदैन । धेरैले गुनासा तथा सुझाव लिएर आउनुभएको होला । तिनै सुझावलाई समेट्न लाइभ बसेको हुँ’ उनले भने । 

आफ्नो जानकारीमा नभएका सामान्य कुरा पनि टिकट माध्यमबाट नगरवासीले सूचना दिनेगरेको उनले सुनाए । लामखुट्टेले दुख दिएको भनेर लाइभमा धेरै नगरवासीले भनेकाले रोकथामका लागि औषधि छर्कने तयारी भएको मेयर पौडेलले सुनाए । 

आएका नकारात्मक कमेन्ट डिलिट नगरी त्यसलाई टिपोट गरेर बुझ्नेगरेको उनले बताए । युवाहरूबाट सजिलै टिकटकबाट सूचना आउनेगरेकाले समस्या समाधानमा सहज भएको उनको भनाइ छ ।  

विकास निर्माणको काममा पनि ठूलो मद्दत पुगेको उनले बताए । ‘हामी नगरसभा गरिरहेका छौं,’ उनले भने ‘धेरै साथीले टिकटकबाट विकास निर्माणलगायत अन्य क्षेत्रको विकासका लागि बजेट माग्नुभएको छ । तिनै सूचनालाई आधार मानेर बजेट निर्माण गरिरहेका छौ ।’ उनले नगर सभाबाट पास भएपछि मात्रै ती योजना सार्वजनिक गरिने बताए । चैत ३ गते बस्ने नगरसभाले योजना पास गर्ने उनले बताए । 

‘समस्याहरू रेकर्ड राख्ने गरेको छु । आएका सूचनालाई टिपेर सम्बन्धित शाखाका कर्मचारीलाई बोलाएर बुझन पठाउने गरेको छु । बाटोघाटोको कुरा आउँछ प्राविधिकलाई पठाएर तुरुन्तै बुझन लगाएर योजना बनाउने गरेको छु’ उनले भने ।

धेरैले टिकटिकमा बसेको भनेर गाली गरेको समेत उनले सुनाए । आफ्नै पार्टीका नेताले उपमहानगरको मेयर टिकटकमा लाइभ बस्नु हुँदैन भनेर सुझाव दिने गरेको मेयर पौडेलले सुनाए । सामाजिक सञ्जालको दुरुपयोग बढिरहेका बेला सूचनाको स्रोत बनाएर आफूले सन्देश दिन खोजेको उनले जनाएका छन् । युवा बालबालिका महिलाका सम्बन्धमा सूचना बढी आउनेगरेको मेयर पौडेलको भनाइ छ । 

करार कर्मचारीलाई सञ्चय कोष 

प्रशासनिक खर्च घटाउन उपमहानगरपालिकाले कर्मचारीले पाउँदैआएको मासिक खाजा भत्ता र  तेल पाउने सुविधा भोलिदेखि कटौती गर्दैछ । उपमहानगरपालिकाले कर्मचारीलाई मासिक ५ हजार रुपैयाँ खाजाबापत दिँदैआएको थियो ।

फागुन २६  गते बसेको १२८ औँ कार्यपालिका बैठकले खाजा भत्ता र तेलको सुविधा चैत १ गते देखि कटौती गर्ने निर्णय गरिसकेको उनले बताए । उपमहानगरपालिकामा ४७० जना कर्मचारी छन् । ती कर्मचारीका लागि खाजा भत्तामा वार्षिक करिब २ करोड ८२ लाख  हाराहारी खर्च हुँदैआएको थियो । 

तेल कटौती हुँदा वार्षिक एक करोड सात लाख रुपैयाँ हाराहारी रकम जोगिने मेयर पौडेलले बताए  । मोटरसाइकल नै नभएका कर्मचारीलाई पनि तेल दिनेगरेको पाइएपछि तेल रोकेको उनले सुनाए । 

इटहरी उपमहानगरपालिकाले कर्मचारीलाई ऐन बनाएर दिँदैआएको सञ्चय कोष खारेज गर्ने प्रक्रिया शुरु गरिएको नगरप्रमुखको भनाइ छ । ‘७५३ स्थानीय तहमै कहीँ नभएको काम इटहरीले गरेको रहेछ । अघिल्ला महानगरका पदाधीकारीले करार कर्मचारी ऐन ल्याएर सञ्चय कोष र उपदान दिने व्यबस्था गरेका रहेछन् ।’ यसबाट उपमहानगरलाई आर्थिक भार पर्दैआएको थियो । 

चालु खर्चको बजेट नै काटेर त्यता लगाउनेगरेको पाएपछि ऐन संशोधन गरेर सञ्चय कोष हटाउन लागिएको उनले बताए । तीन सयभन्दा बढी करारमा कर्मचारी कार्यरत रहेको मेयर पौडेलले बताए । धेरै कर्मचारी एकै पटक निस्केमा उपमहानगर आर्थिक रुपले अप्ठ्यारोमा पर्ने भएकाले पनि त्यसवाट बचाउन  सञ्चय कोष र उपदान हटाउन लागिएको मेयर पौडेलको भनाइ छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x