×

NMB BANK
NIC ASIA

सत्ताको जोडघटाउ

कोशीको पेचिलो सत्ता राजनीति : 'रिस्क' मोल्नुपर्ने चुनौती देखाएर बार्गेनिङ बढाउँदै माओवादी

चैत २, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कोशी प्रदेशमा सत्ताका लागि नेकपा (माओवादी केन्द्र)ले खोंचे थाप्न थालेको छ । 

Muktinath Bank

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघमा विश्वासको मत लिएपछि प्रदेश सरकार फेरबदल हुने चर्चा चलिरहेका बेला माओवादीले बार्गेनिङ बढाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री ‘प्रचण्ड’ले यही चैत ६ गते विश्वासको मत लिँदैछन् ।


Advertisment
Nabil box
Kumari

आफ्नो नेतृत्वमा सरकार बन्ने पक्का भएपछि मात्र हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको तयारी छ ।

Vianet communication
Laxmi Bank

‘अहिले हाम्रो सरकार बन्ने आधार छैन,’ नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले भने, ‘आधार तय भएपछि मात्रै समर्थन फिर्ता लिन्छौं ।’ 

यसअघि पनि केन्द्रले मुख्यमन्त्रीमा एमालेलाई पूरै कार्यकाल छाडेको भन्दै माओवादीका प्रदेशस्तरीय नेताहरूले असन्तुष्टि जनाएका थिए ।

हिक्मत कार्की पुस २५ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । त्यही दिन नै उनले माओवादीसहित तत्कालीन सत्ता गठबन्धनलाई समेटेर मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका थिए । 

तर, माओवादीले आधा कार्यकाल मुख्यमन्त्री पाउनुपर्ने भन्दै घुर्की देखाएपछि हिक्मतले जसपा राप्रपा र आफ्नै पार्टी एमालेका एक–एक जनालाई मन्त्री बनाएका थिए । 

एमालेबाट तिलकुमार मेयाङ्वो, राप्रपाका भक्तिप्रसाद सिटौला र जसपाकी एक्ली सांसद निर्मला लिम्बू मन्त्री बनेका थिए । त्यतिबेला माओवादीले निर्मलालाई रोक्ने प्रयास गरेको थियो । उनलाई मुख्यमन्त्री कार्यालयको गाडीमा लगेर शपथ ग्रहण गराइएको थियो । 

त्यतिबेला एमालेले असहयोग गरेको खण्डमा प्रधानमन्त्री ‘प्रचण्ड’ आफैं अप्ठ्यारोमा पर्ने भएपछि प्रदेशका नेताको कुरा उनले सुनेनन् । त्यसपछि माओवादी पनि सरकारमा गएको थियो । 

कोशी प्रदेशमा ९३ जना प्रदेशसभा सदस्यमध्ये नयाँ सत्ता गठबन्धन दलहरू कांग्रेसका २९, माओवादीका १३, नेकपा (एस)का ४ र जसपा १ सांसद छन् । केन्द्रको गठबन्धनका आधारमा एमालेका ४० र राप्रपाका ६ जना सांसद सत्तापक्षमा प्रतिबद्ध देखिने अवस्था छ ।

बहुमतका लागि ४७ सांसद चाहिन्छ । माओवादीले छाड्दा केन्द्रमा पनि सत्ता गठबन्धनमा आबद्ध भएको जसपाले साथ दिइरहने ग्यारेन्टी छैन ।

यस्तो अवस्थामा सभामुखबाहेक सत्ता र विपक्षमा ४६/४६ सांसद हुने अवस्था हुन्छ । त्यस्तो अवस्थामा सभामुखको मत निर्णायक हुन्छ । सभामुख माओवादी केन्द्रका बाबुराम गौतम छन् ।

माओवादीले यही सम्भावनालाई देखाएर बार्गेनिङ गरिरहेको छ ।

‘नयाँ सरकार बनाउनका लागि धेरै रिस्क हामीले मोल्नुपर्ने देखिन्छ । सभामुख हाम्रो पार्टीको हुनुहुन्छ । रिस्क मोलेपछि हामीले सरकारको नेतृत्व गर्न पाउनुपर्छ भन्ने हो । हामीले मुख्यमन्त्री नपाउने हो भने किन रिस्क मोल्ने ?’ संसदीय दलका नेता आङ्वोले भने । 

नयाँ सत्ता समीकरणको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले भने केन्द्रको निर्णय मान्ने बताएको छ । ‘केन्द्रले जे निर्णय गर्छ, त्यो निर्णय हामी मान्न तयार छौं,’ नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले भने, ‘अब पर्ख र हेरको अवस्थामा छौं ।’

कांग्रेस नेता शेखर कोइराला मन्त्री बने प्रदेशमा कांग्रेसले नेतृत्व पाउने सम्भावना कम रहेको कांग्रेसकै नेताहरू बताउँछन् ।

‘शेखर दाइ मन्त्री बन्नुभएन भने कांग्रेसले प्रदेशको नेतृत्व पाउँछ । तर, उहाँ मन्त्री बन्नुभयो भने बार्गेनिङ गर्ने बाटो हुँदैन र नेतृत्व पाउने सम्भावना कम हुन्छ,’ कांग्रेसका एक नेताले भने ।

राप्रपा फकाउँदै गठबन्धन र एमाले 

प्रदेश सरकारको समीकरणमा राप्रपा महत्त्वपूर्ण मानिएको छ ।

संघमा सरकारबाट बाहिरिए पनि कोशी प्रदेशमा भने राप्रपा एमालेसँगै छ । तर पनि दुवै पक्षले राप्रपासँग संवादलाई जारी राखेका छन् । 

‘केन्द्रमा सत्ता गठबन्धनकै नेताहरूले गफ गर्छौं भन्नुभएको छ,’ सत्ता गठबन्धनका एक नेताले आफ्नो नाम नलेख्ने शर्तमा भने, ‘प्रदेशमा पनि गफ भइरहेको छ  ।’ 

राप्रपाले एमालेको साथ छाडेमा कोशी प्रदेशमा एकीकृत समाजवादी तथा माओवादीमध्ये एकको नेतृत्वमा सरकार बन्ने सम्भावना रहेको नेताहरूको दाबी छ । राप्रपाका प्रदेश सांसदहरूले कांग्रेसको नेतृत्वमा सरकारमा सहभागी नहुने संकेत गरेको नेताहरूले बताए । 

राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला कांग्रेस छाडेर राप्रपा गएका थिए । कांग्रेस संसदीय दलका नेता थापा र सिटौलाको सबन्ध राम्रो नरहेको नेताहरू बताउँछन् ।

एमाले भने राप्रपालाई आफ्नो साथबाट टाढा जान नदिने रणनीतिमा छ ।

९३ सदस्यीय प्रदेशसभा रहेको कोशीमा हाल सरकारमा एमालेका ४०, माओवादीको सभामुखसहित १३, राप्रपाको ६ र जसपाको १ सांसद छन् ।

६० सांसदको समर्थनमा कार्की मुख्यमन्त्री भएका थिए । माओवादी र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा सरकार अल्पमतमा पर्नेछ ।

सरकार बनाउनका लागि ४७ सांसद चाहिन्छ । तर, विश्वासको मत लिने बेलामा भने नयाँ बनेको सरकारलाई पनि संकट आइलाग्न सक्छ । सभामुखसहित हुँदा बहुमत (४७ सांसद) पुग्छन्, तर निर्णायक हुने अवस्थामा बाहेक सभामुखले विश्वासको मत दिन पाउँदैनन् ।

संविधानको धारा १८६ मा ‘मत बराबर भएमा’ मात्रै सभामुखले मत दिन पाउने उल्लेख  छ । एमाले र राप्रपा मिल्दा ४६ सांसद पुग्छ । उनीहरूलाई पनि एक सीट अपुग हुने देखिन्छ । 

केन्द्रकै अनुसार गठबन्धन बने पनि एक मात्र सांसदको अनुपस्थिति वा फ्लोर क्रशले सरकारलाई धरापमा पार्ने देखिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x