×

NMB BANK
NIC ASIA

विराटनगर भन्सार कार्यालयमा राजस्व संकलनको अवस्था दयनीय, राजस्व छली बढ्दै

चैत ४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर भन्सार कार्यालयमा राजस्व संकलनको  अवस्था दयनीय देखिएको छ ।

Muktinath Bank

आर्थिक वर्ष सकिन अब ४ महिना मात्रै बाँकी छ । फागुन महिनासम्मको राजस्व संकलन वार्षिक लक्ष्यको ३७ दशमलव २१ प्रतिशत अर्थात् २२ अर्ब ३४ करोड ८ लाख मात्रै राजस्व संकलन गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम दाहालका अनुसार फागुन महिनासम्मको लक्ष्यमा असूली ५७ दशमवल ३८ प्रतिशत रहेको छ । विराटनगर भन्सारको वार्षिक लक्ष्य ६० अर्ब ३ करोड ५२ लाख २४ हजार रुपैयाँ राखिएको थियो । नयाँ आर्थिक वर्ष आउन अब १२४ दिन मात्रै बाँकी छ । कार्यालयले अब लक्ष्यअनुसार उठाउनका लागि दैनिक ३० करोड रुपैयाँ बढी राजस्व उठाउनुपर्ने हुन्छ । बाँकी १२४ दिनमा ३७ अर्ब ६९ करोड ४४ लाख रुपैयाँ राजस्व असूली गरे मात्रै भन्सार कार्यालयले लक्ष्य भेट्टाउँछ ।


Advertisment
Nabil box
Kumari

विराटनगर भन्सार कार्यालयले विगत ४ वर्षदेखि लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन । कोभिड महामारीको समयमा कूल लक्ष्यको ५८ दशमलव ४२ प्रतिशत राजस्व असूली गरेको थियो तर चालू आवमा भने आर्थिक वर्षको नजिक आइपुग्दा पनि  ५८ प्रतिशत पनि उठाउन सकेको छैन ।

Vianet communication
Laxmi Bank

आर्थिक वर्ष २०७६/०७७ मा विराटनगर भन्सार कार्यालयले ४९ अर्ब ६४ करोड ६० लाख ४६ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो तर लक्ष्यको ५८ दशमलव ४२ प्रतिशत संकलन गरेको थियो ।

२०७७/०७८ मा ४६ अर्ब १४ करोड ९८ लाख ८९ हजार रुपैयाँ लक्ष्य राखेकोमा ४० अर्ब ८१ करोड ९० लाख १३ हजार असूली गरेको थियो । लक्ष्यको ८८ दशमलव ४५ प्रतिशत असूली गरिएको थियो । आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्य ४९ अर्ब ६५ करोड ९५ लाख ४ हजार रुपैयाँ राखिएको थियो भने असूली ४० अर्ब ४२ करोड ७७ लाख ७९ हजार गरेको थियो । ८१ दशमलव ४१ प्रतिशत असूली गरेको कार्यालयले चालू आवमा भने कम राजस्व संकलन गरेको छ । राजस्व संकलन लक्ष्य पूरा हुने सम्भावना न्युन रहेको कर्मचारीहरू बताउँछन् । 

nullविराटनगर भन्सार कार्यालय पाँचौं नम्बरमा पुगेको कर्मचारीहरू बताउँछन् । जोगवनी नाकाबाट नै बालबालिका प्रयोग गरेर सामग्री ओसारपसार गर्न लगाउनाले पनि राजस्वमा असर गरेको कर्मचारी बताउँछन् । ‘एकपटक ल्याएको ५० रुपैयाँ दिँदा रहेछन्, बालबालिकाले भारततिरबाट ल्याएर नाका कटाइदिन्छन् । चाउचाउ, कोक, कपडा, पास्ता, चकलेट जस्ता वस्तु भन्सारबाट आउनै छोडिसक्यो । कोक नेपालभन्दा भारतमा १०० रुपैयाँ फरक पर्दोरहेछ,’ ती कर्मचारीले भने, ‘दैनिक लाखौं रुपैयाँ उठ्ने सामग्री जोगवनी नाकाबाट तस्करी हुन्छ । सुनसरीतिरका नाकाबाट मैदा कन्टेनरमै आउँछ, त्यहाँ कुनै वास्ता गरिँदैन । यसरी दैनिक ३ ट्रकजति सामग्री बालबालिकाको माध्यमबाट ओसारपसार हुने गरेको छ । गृहमन्त्री रवि लामिछाने हुदाँ सुधार भएको थियो तर अहिले गृहमन्त्री पनि नभएकाले झन् भन्सार छली हुने क्रम बढेको देखिन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x