कात्तिक २०, २०८०
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
चैत ५, २०७९
सरकारले राहदानी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने तयारी गरेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले रविविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णयसहित टिप्पणी उठाएर उच्च सरकारी वकिलको कार्यालयमा पठाएको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पुगिसकेको छ ।
महान्यायाधिवक्ताले निर्णय गरेमा रविविरुद्ध मुद्दा चल्ने छैन ।
उच्च सरकारी वकिलको कार्यालय पाटनका प्रवक्ता सुवासकुमार भट्टराईले चैत १ गते नै निर्णय गरेर अन्तिम निर्णयका लागि महान्यायाधिवक्ताको कार्यालयमा फाइल पठाइएको जानकारी दिए ।
महान्यायाधिवक्ता दीनमणि पोखरेलले भने उक्त निर्णयको फाइल आफूकहाँ नआइपुगेको बताए ।
'तलबाट ५/७ वटा प्रक्रिया पूरा गरेर मात्र मकहाँ आइपुग्छ,' पोखरेलले भने, 'आजको मितिसम्म यस सम्बन्धमा निर्णय भएको छैन ।'
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रवक्ता लक्ष्मण उपाध्यायले तथ्य र कारणसहित खुलाएर मुद्दा नचल्ने निर्णय गरिएको बताए ।
'तथ्य, प्रमाण तथा मिसिलको आधारमा सरकारी वकिल कार्यालयले फागुन ३० गते उक्त निर्णय गरी उच्च सरकारी वकिल कार्यालयमा पठाइएको हो,' उपाध्यायले लोकान्तरसँग भने, 'त्यसका लागि आधार, कारणसहित खुलाएर हामीले निर्णय गरेका हौं ।'
के कति कारणले मुद्दा नचल्ने हो, तथ्य के हो, ऊ विदेशी नागरिक थियो वा त्यो बेला गैरआवासीय नेपाली थियो वा निष्क्रिय नागरिकता भएको नेपाली थियो, सबै आधार र कारण खुलाएर उच्चमा पठाइएको उनले बताए ।
अमेरिकी नागरिकता लिएपछि नेपाली नागरिकता स्वत: रद्द भएका बेला रविले निष्क्रिय नागरिकता प्रयोग गरी नेपाली पासपोर्ट लिएका थिए ।
गलत विवरण पेश गरी नेपाली पासपोर्ट लिन कानूनत: वर्जित छ ।
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...