×

NMB BANK
NIC ASIA

नागरिकता दुरुपयोग

प्रतिव्यक्ति ५ लाख लिएर ५ सय तिब्बेतियनलाई नागरिकता दिएको खुलासा

चैत ८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

तिब्बेतियन नागरिकलाई नागरिकता बनाइदिने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

Muktinath Bank

अपराध अनुसन्धान कार्यालयले काडमाडौँको बबरमहलबाट बुधबार ५ जनालाई पक्राउ गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पक्राउ पर्नेमा झापा कचनाकवल गाउँपालिका–३ का ४७ वर्षीय कृष्णबहादुर कटुवाल, काठमाडौं–११ बबरमहलका ७० वर्षीय न्युल्केश श्रेष्ठ, मोरङ सुन्दरहरैचा नगरपालिका–३ का ४९ वर्षीय हीरालाल शिवाकोटी, तनहुँ शुक्लागण्डकी नगरपालिका–८ का २५ वर्षीय लोब्साङ ठिन्ले र ललितपुर गोदावरी नगरपालिका–७ का ३० वर्षीय विजय लामा छन् ।


Advertisment
Nabil box
Kumari

पक्राउ परेका कृष्ण बहादुर कटवालले १० वर्षदेखि लाइसेन्स र दर्ताविना नै लेखापढी गर्ने कार्य गर्दै आएका थिए ।

Vianet communication
Laxmi Bank

पक्राउ परेका अर्का व्यक्ति हीरालाल शिवाकोटी समेतको सहयोगमा विभिन्न व्यक्तिहरूको नक्कली नागरिकता, विभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्रहरू, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, बसाइसराइँ, विवाह दर्ता, सम्बन्धविच्छेदजस्ता वडा कार्यालयको सिफारिसलगायत महत्वपूर्ण कागजात, छाप तथा दस्तखत किर्ते गर्दै आएको देखिएको छ ।

कटवालले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट गैरनेपाली (विशेष गरी तिब्बेतियन शरणार्थीहरू) को सक्कलै नेपाली नागरिकता बनाउने क्रममा विभिन्न व्यक्तिहरूलाई नक्कली बाबुको रूपमा उपस्थित गराई सनाखत गराउने गरेको खुलेको हो ।

पक्राउ परेका नेपाली नागरिक न्युल्केश श्रेष्ठलाई पक्राउ परेका कृष्ण कटवाल समेतले मिङछुङ शेर्पा नामको नक्कली नेपाली नागरिकता बनाई प्रतिपटक १० हजार दिई भाडामा नक्कली बाबुको रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उपस्थित गराई सनाखत गर्ने गराउने गरेको देखिएको प्रहरीले जनाएको छ ।

न्युल्केश श्रेष्ठले हालसम्म गैरनेपाली तिब्बतियन व्यक्तिहरू सोनाम छोडेन, टासी शेर्पा, यशोदा शेर्पा, नाम्से शेर्पालगायत सक्कलै नागरिकता बनाउन नक्कली बाबु बनि सहयोग गरेको खुलेको हो । 

पक्राउ परेका कृष्ण कटवालले त्यसरी किर्ते कागजात तयार गरी गैरनेपाली सक्कली नेपाली नागरिकता दिलाउन प्रतिव्यक्ति ३ देखि ५ लाखसम्म रकम लिने गरेको खुलेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका लोब्साङ ठिन्ले तिब्बेतियन शरणार्थी क्याम्पमा बस्दै आएका र उनले २०७९ फागुन ३० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लोब्साङ ठिन्ले गुरुङको नामबाट स्थायी ठेगाना कामनपा-१७ राखी नाप्रपनं २७-०१-७९-१५९०१ को नेपाली नागरिकता लिएको देखिएको छ ।

यस्तै नागरिकता लिएका अन्य २५-३० जनाको सक्कलै नागरिकता प्राप्त भएकाले त्यसमा पनि अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

पक्राउ परेका अर्का व्यक्ति विजय लामा ९ वर्षदेखि जिल्ला प्रशासन कार्यालयको क्यान्टिनमा काम गर्दै आएका र जिल्ला प्रशासन कार्यालय काठमाडौँंभित्र मिलाउनुपर्ने सबै कामको जिम्मा लिने गरेको देखिएको छ।

लामाले भित्र मिलाउनुपर्छ भनी पक्राउ परेका कृष्ण बहादुर कटवालसँग प्रतिनागरिकता १ लाख ५० हजारसम्म लिई नागरिकता लिने कार्यमा सहजीकरण गरेको खुल्न आएको हो । 

पक्राउ परेका कटवालले मात्रै ५-६ वर्षको अवधिमा झण्डै ५०० भन्दा व्यक्तिलाई यस्तै प्रक्रियाबाट नागरिकता दिलाएको र यस्तो कार्यमा कटवालजस्तै अन्य ४-५ जना व्यक्ति पनि सक्रिय रहेको भन्ने प्रहरीको अनुसन्धानमा देखिएको प्रवक्ता एसपी सोमेन्द्रसिंह राठैरले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x