×

NMB BANK
NIC ASIA

‘एक्सबेट’मार्फत ४१ करोडको कारोबार, नेपाली खाता र सिमको चरम दुरुपयोग

चैत ८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्लो समयमा अनलाइन बेटिङ एप्स ‘वान एक्स बेट’बाट करोडौं रुपैयाँको कारोबार हुने गरेको खुलासा भाएको छ ।

Muktinath Bank

नेपालमा अहिले क्रिकेटलगायतका विभिन्न खेलहरूको आकर्षण बढिरहेको समयमा अनलाइन बेटिङहरू बढ्न थालेका छन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधबार अपराध अनुसन्धान कार्यालयले करिब ४१ करोड कारोबार भएका खाता, डिजिटल वालेटसहित ६ जनालाई पक्राउ गरेको हो । 


Advertisment
Nabil box
Kumari

अपराध अनुसन्धान कार्यालयले जुम्लाका चन्दननाथ नगरपालिका– ६ खलङ्गाका २३ वर्षीय दिलिपसिंह कठायत,  गैरीगाउँका २३ वर्षीय भुपालराज न्यौपाने, ललिवाडाका १९ वर्षीय जयनराज भण्डारी, सर्लाही बलरा नगरपालिका–५ का २८ वर्षीय बरुणकुमार सिंह, काठमाडौं महानगरपालिका–३२ का ३२ वर्षीय बासुदेव पाण्डे र काभ्रे मादनकुडारी गाउँपालिका–१ की २६ वर्षीय  शिवानी तामाङलाई पक्राउ गरेको हो।

Vianet communication
Laxmi Bank

प्रहरीले उनीहरूको साथबाट ३४६ थान सिमकार्ड समेत बरामद गरेको प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जनकारी दिए ।

उनका अनुसार दिलीपले विगत १ वर्षदेखि, भुपालले विगत ९ महिनादेखि, नयनराजले ६ महिनादेखि, वरुणले ६ महिनादेखि, शिवानीले ८ महिनादेखि र बासुदेवले १ वर्षदेखि 'वान एक्स वेट'को एजेन्ट भएर काम गर्दै आएको अनुसन्धानमा देखिएको छ ।

उनीहरूले विभिन्न डिजिटल वालेट र बैंक खाता खोलेर कारोबार गर्दै आएका थिए ।

दिलीप, भूपाल र नयनराजले आफ्नै नाममा रहेको ८ वटा र आफ्नो बहिनीको नामको २ वटा, इन्फिवेव नामको नक्कली कम्पनीको खडा गरेर २ वटा कर्पोरेट  १२ वटा खाता सञ्चालन गरी बेटिङ कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ ।

१२ वटा खातामध्ये कारोबार विवरण  ९ वटा खातामार्फत हालसम्म ७ करोड ७७ लाख ८७ हजार ३२८  बराबरको बेटिङ कारोबार गरेको देखिएको र बाँकी ३ वटा खाताको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यस्तै बरुणले आफ्नै नाममा ४ वटा र विभिन्न कम्पनीको नाममा खोलिएको अन्य ४ वटा गरी जम्मा ८ वटा बैंक खाता खोली बेटिङ कारोबार गर्ने गरेको खुलेको छ। १ वटा खातामा ८२ लाख ३२ हजार ७७० बराबरको कारोबार देखिएको र अन्य ७ वटा खाताको विवरण आउन बाँकी रहेको कार्यालयले जनाएको छ ।

शिवानी तामाङको ३ वटा खातामार्फत बेटिङ कारोबार हुने गरेकोमा २ वटा खाताबाट ४७ लाख ९३ हजार १० बराबरको रकम कारोबार भएको देखिएको छ ।

यस्तै अन्य विभिन्न व्यक्तिहरूको ३५ वटा खातामा १२ करोड २५ लाख ३५ हजार बराबरको कारोबार भएको देखिएको एसपी राठौरले जानकारी दिए । 

उनका अनुसार सबैको खाताबाट ४१ करोड १५ लाख ८९ हजार बराबरको कारोवार भएको देखिएको छ ।

दिलीपको डेरा कोठाबाट  वालेट खोल्ने प्रयोजनका लागि एनसेलको सिम  ६३ थान, एनटीसीको सिम १९ थान र स्मार्टको सिम १ वटा गरी जम्मा ८३ थान सिमकार्ड फेला परेको छ ।

भूपालको साथबाट एनसेलको ९१ थान, एनटीसीको ४७ थान गरी जम्मा १३८ थान फेला परेको छ ।

नयनराज भण्डारीको साथबाट एनसेलको ११६ थान, एनसेलको थान ६ सहित जम्मा १२३ थान र बरुण कुमार सिंहको साथबाट एनसेलको सिमकार्ड थान २ गरी जम्मा ३४६ थान सिमकार्डसमेत बरामद गरेको प्रवक्ता राठौरले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x