×

NMB BANK
NIC ASIA

नेपालको कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी विचार बोलवाला हुँदै गयो- गिरिराजमणि पोखरेल

चैत ८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले पार्टीभित्र प्रशिक्षक उत्पादनका लागि प्रशिक्षण कार्यक्रम चलाइरहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

माओवादी केन्द्रको केन्द्रीय स्कुल विभागको आयोजनामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा मंगलवार(हिजो)देखि ‘केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम’ चलिरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस कार्यक्रममार्फत जिल्ला जिल्लामा पार्टीको प्रशिक्षक उत्पादन गर्न लागिएको जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

प्रशिक्षण कार्यक्रममा प्रत्येक जिल्लाबाट १ जना, प्रत्येक प्रदेशबाट २-२ जना, जनवर्गीय संगठनका केन्द्रीय अध्यक्षहरू र केन्द्रीय स्कुल विभागका सदस्यको उपस्थिति छ । ११ गतेसम्म चल्ने प्रशिक्षणमा माओवादी केन्द्रका शीर्ष नेता तथा विषयविज्ञहरूले प्रशिक्षण दिने पार्टीका उपमहासचिव गिरिराजमणि पोखरेलले जानकारी दिए। 

Vianet communication
Laxmi Bank

स्कुल विभागले तय गरेअनुरूप पाठ्यक्रममा आधारित भएर २६ वटा कक्षा प्रशिक्षार्थीलाई दिइने उनले बताए। 

उपमहासचिव तथा केन्द्रीय स्कुल विभागका संयोजक पोखरेलले पार्टीको विचारधारात्मक स्तर निकै कमजोर हुँदै गएकोले यस किसिमको प्रशिक्षण आवश्यक परेको बताए। उनले प्रशिक्षणबाट आलोचनात्मक चेत भएको मान्छे उत्पादन गर्ने, कार्यकर्तालाई जनसमुदायसँग गाँसिएको सेवक बनाउन खोजिएको बताए।  

उनले भने, ‘हामीले महशुस गरेको कुराचाहिँ हाम्रो विचारधारात्मक स्तर निकै कमजोर भएर गएको छ । हिजो एउटा समयमा हामी स्कुलिङको कामलाई, विचारधाराको कामलाई धेरै ठूलो महत्व दिन्थ्यौँ । अहिले १५ वर्ष भएछ हाम्रो पार्टी स्कुल नचलेको । आज नेपालको कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी विचार बोलवाला हुँदै गएका छन् । विर्सजनवादी विचारहरु देखापर्दै गएका छन् । हामीले विचारधारात्मक कामहरुलाई हामीले छोड्यौँ । अब हामी मध्यमस्तरीय पढाइ हुँदै अगाडि जान खोजिराखेका छौँ ।'

प्रशिक्षकहरु उत्पादन गर्ने यो कार्यक्रम भएको उनले बताए। भने, 'विचार रिचार्ज गरिराख्नुपर्छ अनि मात्र मान्छे सशक्त हुन्छ । आफूलाई मजबुत बनाउँदछ । हामीले आलोचनात्मक चेत भएको मान्छे पनि बनाउन खोजेका हौँ । जनसमुदायसँग गाँसिएको सेवक पनि बनाउन खोजेका हौँ ।’

नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य कुमार पौडेलले पार्टी नेता, कार्यकर्ताहरुलाई वैचारिक रुपमा अध्ययन गराउन प्रशिक्षणको जरुरी परेको बताए। उनले पार्टीको सिद्धान्त, नीति, कार्यक्रम, मार्क्सवाद, लेनिनवाद र माओवादका आधारभूत सिद्धान्तहरू जनता र कार्यकर्ताहरुमा एकरूपताका साथ लैजान प्रशिक्षण चाहिने उल्लेख गरे। 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x