जेठ २६, २०८०
तराईका धेरैजसो भूभागहरुमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी मापन गरिएको छ । बाँके, चितवन, पर्सा, बारा, सर्लाही लगायतका जिल्लाहरुमा ४२ डिग्री सेल्सियस भन्दा बढी मापन भएको जल तथा मौसम पूर्...
चैत ९, २०७९
मौसम पूर्वानुमान महाशाखाले बिहीवार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
मेघगर्जन, चट्याङ र हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । पहाडी भूभागमा आंशिक रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जनाइएको छ ।
बिहीवार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र देशका बाँकी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बिहीवार राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक, हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शुक्रवार दिउँसो लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका साथै पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बाँकी पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक, हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शुक्रवार राति गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका साथै पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बाँकी पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शनिवार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । कोशी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक, हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शनिवार राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी तथा सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक, हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
तराईका धेरैजसो भूभागहरुमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी मापन गरिएको छ । बाँके, चितवन, पर्सा, बारा, सर्लाही लगायतका जिल्लाहरुमा ४२ डिग्री सेल्सियस भन्दा बढी मापन भएको जल तथा मौसम पूर्...
नक्कली शरणार्थी प्रकरणका प्रतिवादी टोपबहादुर रायमाझीको पक्षमा दुई वरिष्ठ अधिवक्ताले बहस गरेका छन् । एमालेका नेता तथा सांसदसमेत रहेका रायमाझीको पक्षमा शुक्रवार पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता सुश...
नक्कली शरणार्थी प्रकरणका हाई-प्रोफाइल प्रतिवादी टोपबहादुर रायमाझीको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ताहरूले अर्का प्रतिवादी एवं भुटानी शरणार्थी नेता टेकनाथ रिजालको 'माइन्ड कन्ट्रोल' गरिएको आरोप लगाएका छन् ...
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज(शनिवार) कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानमा हल्का पानी पर्न सक्ने महाशाखाले जनाएको छ । ...
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली शरणार्थी प्रकरणमा बलियो प्रमाण र अभियोजन तयार भएको बताएका छन् । बलियो प्रमाण–अभियोजनसहितको मुद्दा अदालतमा बहसका क्रममा रहेकाले दोषी उम्कन नसक्ने उनको विश्व...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेजको प्रस्तावलगायत विष...
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...