×

NMB BANK
NIC ASIA

अमेरिकी युद्धपोत विना अनुमति दक्षिण चीन सागरमा आएको भन्दै चीनले जनायो आपत्ति

चैत ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

संसारका दुई महाशक्ति मुलुक अमेरिका र चीनबीचको तनाव थप बढेको छ । 

Muktinath Bank

अमेरिकी युद्धपोतले अनुमति नलिइकन दक्षिण चीन सागरमा चिनियाँ क्षेत्रभित्र प्रवेश गरेको आरोप चीनको सेनाले लगाएको छ । उक्त युद्धपोतमा अनेक किसिमका क्षेप्यास्त्रहरू थिए । अमेरिकाले घुसपैठको कोशिश गरेको चीनको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्यारासेल टापु समूह नजिक अवैध रूपमा पसेको अमेरिकी डिस्ट्रोयर युद्धपोत देखेपछि त्यसलाई फर्किनका लागि भनेको चिनियाँ सेनाले बयान जारी गरेर जानकारी दिएको छ । व्यस्त जलमार्गको शान्ति र स्थिरता कमजोर बनाउँदै चीनको जलक्षेत्रमा युद्धपोतको घुसपैठ भएको चीनको आरोप छ । 


Advertisment
Nabil box
Kumari

चिनियाँ सेनाको सदर्न थिएटर कमान्डका प्रवक्ता थ्यान जुन्लीले बताए, ‘थिएटर फोर्स प्रत्येक क्षण उच्च सतर्क स्थितिमा रहन्छ र दक्षिण चीन सागरमा राष्ट्रिय सम्प्रभुता तथा सुरक्षा र स्थिरताको जगेर्नाका लागि सबै आवश्यक उपाय अपनाउँछ ।’

Vianet communication
Laxmi Bank

चीनले सम्पूर्ण दक्षिण चीन सागर आफ्नो भएको बताउँदै अन्य मुलुकहरूको दाबीलाई खारेज गर्ने गरेको छ । अमेरिकाले जलआवागमन स्वतन्त्रताका नाममा आफ्ना युद्धपोत तथा अनय जहाजहरू बारम्बार दक्षिण चीन सागर पठाउने गरेको छ । यसले गर्दा महाशक्तिहरूबीच तनाव चर्किरहेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x