×

Nic Asia
Prabhu Bank

तोयनाथ पात्रोसँगको सहकार्यपछि 'नेपाली पात्रो' पञ्चाङ्ग अझै शुद्ध र स्पष्ट

चैत ९, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

१४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीबीच लोकप्रिय नेपालको पहिलो कम्युनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्गमार्फत सेवा गर्दै आएको नेपालको पहिलो आधिकारिक पञ्चाङ्गबीच सहकार्यको सम्झौता भएको छ ।

yONNEX
Frooti
Appy

तोयनाथ पञ्चाङ्ग १३५ वर्षदेखि नेपालमा निरन्तर प्रकाशित हुँदै आएको सर्वाधिक विश्वासिलो पञ्चाङ्ग तथा सजिलो क्यालेण्डर हो ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

प्रविधिको विकाससँगै एण्ड्रोइड तथा आइफोन जस्ता स्मार्टफोनमा नेपाली प्रयोगकर्ताहरुले खोज्ने प्रमाणित पञ्चाङ्ग साइत, लग्न, चाडबाड तथा तिथी मितीको विश्वस्नीय छापा संस्करण तोयनाथ पञ्चाङ्ग र नेपालीद्वारा नेपालीकै लागि तयार पारिएको मोबाइल एप्लिकेशन ‘नेपाली पात्रो’बीच सहकार्य भएको हो । 


Advertisment
Lokantar App
Saurya island

'झण्डै डेढ शताब्दीदेखि निरन्तर वैदिक सनातन पञ्चाङ्गबारे ज्ञान र जानकारी समेटी नेपाली समाजलाई हाम्रो जरोकिलोको महत्व बुझाउन सफल तोयनाथ पञ्चाङ्गसँग विश्वभर छरिएर रहेका नेपाली सनातन पुस्तालाई ‘नेपाली पात्रो’ मार्फत् जोडने सौभाग्य प्राप्त भएकोमा उत्साहित छु,' नेपाली पात्रोका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार देवकोटाले बताए। 

JYOTI
Vianet communication

पुरानो पुस्ताको सटिक पञ्चाङ्ग गणितसँग आधुनिक पुस्ता जोडिन पाउनु आफैमा अद्भूत अनुभव भएको देवकोटाले बताए। 'शताब्दीअघि वहाँहरूसँग उपलब्ध साधन, स्रोत तथा अध्ययनबाट हरेक दिनको सूर्योदय र सूर्यास्त होस या यो दिन यति गते, यति बजेबाट सूर्य अथवा चन्द्र ग्रहण यो स्थानबाट देखिनेछ भन्ने पूर्वानुमानको सटिक नतिजा निकाल्ने हाम्रो आफ्नै मौलिक वैदिक सनातन विज्ञान कति अद्भूत छ भन्ने पुष्टि पनि गर्छ । यो सहकार्यले हाम्रो प्रयोगकर्तालाई क्यालेण्डरमा उपलब्ध शुद्ध र आधिकारिक जानकारीले लाभ दिनेछ,' उनले भने। ​

तोयनाथ पञ्चाङ्गका सम्पादक सूर्यनाथ पन्तले यस सहकार्यलाई नयाँ र पुरानो पुस्ताबीचको ज्ञान आदान-प्रदानको बहाना मिलेको बताए।

'हाम्रो वैदिक सनातन ज्ञान असामान्य छ । हामी हरेक दिन प्रकृति, जीवजन्तु, किरा-फट्यांग्रा, भूगोल, चन्द्र-सूर्य र अन्य ग्रहहरूले हामीलाई प्रदान गर्ने अनेक योगदानका कारण यो अमूल्य जीवन बाँचिरहेका छौं । हाम्रो आफ्नै मौलिक सिद्धान्त छ जसले हामीलाई हाम्रो प्राचीन इतिहाससँग जोडिरहेको हुन्छ । र यो वैदिक सनातन पञ्चाङ्ग पनि तिनै सिद्धान्तहरुमध्येको एउटा सिद्धान्त हो जसको जगमा बसेर गुरु तोयनाथले १३५ वर्ष अघि यसलाई ‘तोयनाथ पञ्चाङ्ग’को रुपमा समाजसँग जोड्नुभयो,' पन्तले भने, ' त्यो कालखण्ड देखि अहिलेसम्म नेपाली जनमानसले यस ‘तोयनाथ पञ्चाङ्गलाई’ विश्वास र माया गर्दै आउनुभएको छ । त्यही विश्वास र मायाको निरन्तरतास्वरूप युगअनुसार हामीले वर्तमान पुस्तामा क्यालेण्डर र पञ्चाङ्गको डिजिटल स्रोतका लागि सर्वाधिक लोकप्रिय मोबाइल एप ‘नेपाली पात्रो’संग आधिकारिक डिजिटल पात्रोको रुपमा सहकार्य गरेका हौं।'

नव वर्ष २०८० सालको क्यालेण्डरसहितको तोयनाथ पञ्चाङ समेटिएको अपडेट ल्याउन अहिले नेपाली पात्रोको प्राविधिक टोलीले कार्य गरिरहेको जानकारी दिएको छ।

चैतभित्र तोयनाथ पञ्चाङ्ग समेटिएको नेपाली पात्रोको अपडेट सार्वजनिक गर्ने तयारी रहेको जनाइएको छ। 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १७, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ५ देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उनीहरूलाई ती ५ देशका लागि गैरआवासीय राजदूत पदमा न...

जेठ १७, २०८०

दुई दिनदेखि बढेको अत्यधिक गर्मीका कारण सुनसरीका तीन स्थानीय तहका विद्यालयमा बिदा दिइएको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको सबै स्थानीय तहमा अत्यधिक गर्मी बढेका कारण जिल्लाका तीन स्थानीय तहको विद्यालयमा ब...

जेठ १७, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितमध्ये आज (बुधवार) चार जना प्रतिवादीको बयान लिइएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादी गोविन्द चौधरी, नेपाल सरकारका निलम्बित सचिव ...

जेठ १७, २०८०

विराटनगरका विद्यालय दुई दिन बन्द रहने भएका छन् । अत्यधिक गर्मीका कारण महानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठन लगायतका गतिविधि ...

जेठ १७, २०८०

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय हित विपरीतका गतिविधिमा कुनै सम्झौता नहुने बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनले आज (बुधवार) बुझाएको ज्ञापनपत्र बुझ्दै उनले सरकारले राष्ट्रिय...

जेठ १७, २०८०

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दिल्लीस्थित नेपाली दूतावास पुगेका छन् । प्रधानमन्त्रीको सम्मान तथा स्वागतमा राजदूत शंकर शर्माले आयोजना गरेको रात्रिभोजमा सरिक हुन उनी नेपाली दूतावास...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

जेठ १४, २०८०

सामान्यतया  रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार  भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...

ad
x